यहाँहरुलाई थकाली सेवा समितिको ब्लगमा हार्दिक स्वागत छ । धन्यबाद !

The Poems

Tuesday, December 2, 2008



------ ----अभागी ---------

फूलको वासना जति नै मिठो भए पनि
त्यस्को आवास नभए के कुरा,
मायां भित्र बांढिएका आडम्बरहरु
जतिनै चुनौती पूर्ण भए पनि
जुन मायालु भित्र निष्ठूरीपना
हराभरा भई जुर्मुराए पछि के कुरा,
सामय सापेक्ष घायल भई बांच्नु पर्ने
अभागी कर्मलाई दोष कसरी दिऊं ?
यदि मेरो बांच्नुको अर्थ नै नभएपछि
बिपनीमा टाढा भएर हूुरीको झोक्का जस्तो
घरी सपनीमा आएर बिउंझाई दुख दिनेको के कुरा ।
बिकास तुलाचन
हाल काठमाण्डौ

1 개의 덧글:

santosh gauchan April 5, 2009 at 11:10 PM  

बिकास बाजे सर्बप्रथम नमस्कार नाति सन्तोषको, तपाईको कबिता एकदमै भावुकता लाग्यो। तपाईको कवितामा जे होस दम छ। ल ल बाजे कमेन्ट गरेको मात्र। खुशी लाग्यो तपाईको कविता पढ्न पाउदा। तर तपाई नेपाल पुग्नु भएको खबर सुन्दा एकदमै नरमाईलो लागेको थियो। अनिल दाईले भन्नुभयको थियो। ल बाजे जे भयपनि नातिको तर्फबाट दर्शन स्विकार्नुहुन्छ भन्ने विस्वास लिएको छु। सन्तोष बार्सेलोना

Post a Comment

Free counter and web stats
eXTReMe Tracker

  © Blogger template Noblarum by Ourblogtemplates.com 2009

Back to TOP