यहाँहरुलाई थकाली सेवा समितिको ब्लगमा हार्दिक स्वागत छ । धन्यबाद !

के निर्णय भयो आज थसेस बैठकमा ?

Sunday, December 7, 2008

आज डिसेम्बर ७ तारिख आईतबार । थसेस दक्षिण कोरियाको नियमित बैठक बसेको छ आज । बैठक पूर्ब निर्धारित समय भन्दा करिब २ घण्ट ढिलो गरि सुरु भयो । सुचनामा उल्यखित स्थान प्रभु ईन्टर्नेशनल अफिसमा भएको थसेस दक्षिण कोरियाको नियमित बैठकमा कार्य समितिका सदस्यहरु मध्य ८० प्रतिशतको उपस्थिति रह्यो । बैठकमा केहि महत्वपुर्ण निर्णयहरु पनि भएका छन । बैठकमा भएका सबै निर्णयहरु थसेस ब्लगमा गोपनियताको कारण राख्न नसकिएता पनि धरपकडमा परेका सह सचिव बिकास तुलाचनको हवाई टिकट सहयोगार्थ केहि रकम उपलब्ध गराउनुको अलावा कोरियाको दोश्रो महान पर्व सलनालमा गर्न सक्ने सम्भाबित कार्यक्रम लगायत अन्य बिषयहरु माथि आंशिक छलफल भएका छन । गत छुसकमा कोशी बाढी पिडित सहयोगार्थ सेलरोटी बिक्री बितरणमा मुनाफा भएको रकमलाई कोरिया स्थित नेपाली दुतावास मार्फत बितरण गर्ने गरि अघिल्लो बैठकको निर्णय अनुसार परराष्त्र मन्त्री कोरिया भ्रमणमा रहेको बेला थसेस पदाधिकारीहरु नेपाली दुतावासको कार्यलयमा पुगे पनि कोशी बाढी पिडित तदर्थ समिति दक्षिण कोरियाको अनुरोधमा प्रत्यक्ष बितरण गर्न नसकि रहेको र हाल करिब २ महिना सम्म पनि तदर्थ समिति करिब निश्क्रिय झै देखिएको ले उक्त मुनाफा रकमलाई कोरिया स्थित नेपाली दुतावास मार्फत नै नेपाल पुर्याउने महत्वपुर्ण निर्णय समेत भएको छ ।

0 개의 덧글:

Post a Comment

Free counter and web stats
eXTReMe Tracker

  © Blogger template Noblarum by Ourblogtemplates.com 2009

Back to TOP