यहाँहरुलाई थकाली सेवा समितिको ब्लगमा हार्दिक स्वागत छ । धन्यबाद !

यसरी निम्तिएको रे दुबई संकट

Monday, December 7, 2009

दुबईका शासक सेख विन रसिद अल मक्तोउम कविता लेख्छन्, घोडचढीमा रमाउँछन् अनि बेलायती महारानी एलिजावेथजस्तो जीवनशैली जिउँछन् । दूरदर्शिताविनाको योजना तथा विलासी जीवन नै दुबई संकटको कारण देखिएको छ । उनको यही कमजोरीका कारण विश्व व्यापारको केन्द्रबिन्दु बन्न सफल दुबई सहरको भविष्य संकटमा परेको विश्लेषकहरूको अनुमान छ ।
विलासी जीवन जिउने मनोकांक्षासहित उनले मरुभूमिमा विकासको बीउ रोपे । तर, भविष्यको पूर्वानुमान एवं अदूरदर्शी निर्णयका कारण समुद्रमाथि बनेको सहर डगमगाउन थालेको छ । पाश्चात्य जीवनशैली र मुस्लिम परम्पराको मिश्रणमा विकासको नयाँ मोडल तयार गरी विकासको अनुपम नमुना प्रस्तुत गर्न सफल सेखको ठूलो कमजोरी ऋण व्यवस्थापन रह्यो । मरुभूमि सहरलाई विश्व व्यापारको केन्द्र बनाउन उनले पाएजतिको ऋण बटुले, तर पछि तिर्नुपर्छ भन्ने कुरा सोच्न भ्याएनन् । एक दशकदेखि थुपिँ्रदै गएको ऋण अहिले आएर विस्फोट भयो ।
विकासका लागि उनले लिएको रणनीति थियो- बारमा गएर बियर पिऊ, समुद्र किनारमा विकनी लगाऊ, डिस्कोमा जाऊ जे गर पैसा कमाऊ, विदेशीलाई अकषिर्त गर । उनले योजना ठूलो बनाए तर केका आधारमा भन्दा-ऋणको आधारमा । उनीसँग यसबाहेक अर्काे विकल्प नै थिएन, अरब क्षेत्रको ठूलो सम्पत्तिको रूपमा तेल रहे पनि दुबईमा तेलको उल्लेख्य भण्डारण छैन । केही वर्षअघिसम्म कुल आयमा मुख्य हिस्सा ओगट्ने तेल व्यापारले अहिले जम्मा ६ प्रतिशत योगदान गर्छ ।
६० वर्षे सेख आपनो राज्यलाई न्युयोर्क वा लन्डनको बराबरीमा ल्याउन चाहन्थे । विकसित सहरका रूपमा चिनिएका अमेरिकी र बेलायतको समकक्षी हुन सहज त पक्कै थिएन् । महत्त्वाकांक्षाी सेख आफ्नो सपना पूरा गर्न कठोरताका साथ लागे । समुद्रमाझमा सहर खडा गर्ने, पाश्चात्य शैलीका होटल, डिस्को र बार सबैमा ठूलो लगानी गरे । लगानीका लागि आवश्यक ऋण विकसित देशका बैंकबाट नै लिए । विदेशी बैंकहरूले पनि खाडी मुलुकको तेल खानीमाथि र्‍याल चुहाउँदै भनेजति ऋण दिए । उनीहरूलाई के थाहा विश्वव्यापी वित्तीय संकट आउला र त्यसले आधुनिक विकासको नुमना बनेको दुबईको सम्पन्नता डगमगाउला ! उनीहरूको नजर तेल बेचेर धनी भएका मुस्लिमहरूको सम्पत्तिमा थियो । विभिन्न सेवा प्रदान गर्ने वाहनामा उनीहरू त्यो सम्पत्ति प्राप्त गर्न चाहन्थे । यता सेख आफ्नो योजनाअनुसार अन्तर्राष्ट्रिय स्कुल, बहुर्राष्ट्रिय कम्पनी, आरामदायी होटल आदिका क्षेत्रमा उल्लेख्य लगानी गर्दै गए । उनको लक्ष्य दुबईलाई विश्वकै सम्पन्न एवं प्रमुख पर्टकीय गन्तव्यका रूपमा स्थापित गर्नुथियो । उनैको प्रयास स्वरूप दुबई विश्वको २० औं तथा अरब क्ष्ाेत्रको दोस्रो महँगो सहरका रूपमा स्थापित भएको थियो ।
पश्चिमा शैलीको सहर निर्माणमा अभ्यस्त भए पनि सेख आफ्नो परम्पराबाट विचलित भएनन् । उनले आफ्नो मुस्लिम संस्कृति अहिले पनि त्यागेका छैनन् । उनलाई ऊँट पाल्न मन लाग्छ भने घोडा उनको पि्रय हो । दुबईका चौडा सडकमा मर्सिडिजमा सयर गर्छन् सेख । एक शासकको हिसाबले उनी आपना जनताको सुझाव तथा गुनासा पनि सुन्छन् । अर्काे रमाइलो पक्ष- उनी कार्यालय तथा घर जहाँ भए पनि फेसबुकमा दैनिकी अपडेट गर्न र टुविटरमा तन्नेरीहरूलाई ट्विट गर्न समय निकाल्छन् ।
सपनाका यी जादुगर अहिले पक्कै बिउँझिए होलान् । उनको सपनाको सहरको भविष्य संकटमा परेको छ । दुबईको ऋण ८० अर्ब अमेरिकी डलर पुगिसकेको छ । जसमा सरकारी स्वामित्वको पूर्वाधार विकास तथा अन्य क्षेत्रमा लगानी गर्ने कम्पनी दुबई वल्र्डको मात्रै ५९ अर्ब जति छ । यही ऋणको डिसेम्बर किस्ता ६ महिना पर सार्ने निर्णय गर्दा विश्व वित्तीय क्षेत्र डगमगाएको छ ।
सम्पन्न सहर बनाउने योजनामा लागेका सेख अहिले युएईको अर्काे राज्य अबुधाबीबाट सहयोग पाउने आशामा छन् । उनको आशा अनुरूप नै खनिज तेल सम्पन्न अबुधाबी र युएई सरकारले दुबईलाई सहयोग गरिरहेको छ । तर, अझै पनि उनी दुबई बल्र्डको ऋण समस्याका बारेमा केही बोलिरहेका छैनन्, न त समस्या समाधानका लागि अघि सरेका छन् । उल्टै कम्पनीले जारी गरेको बोन्डको ग्यारेन्टी दुबई सरकार नबस्ने भन्दै थप अन्योल सिर्जना गरिदिएका छन् ।
सञ्चारमाध्यमबाट परै रहन चाहने सेखलाई दुई महिना अघि बढ्दो ऋणका बारेमा सोधिएका थियो । तर, उनले आत्मविश्वासका साथ भने, 'म यहाँहरूलाई आश्वस्त पार्छु, दुबई राम्रो अवस्थामा छ । हामी चिन्तित छैनौँ ।' नेाभेम्बरको पहिलो साता अन्तर्राष्ट्रिय सेयरधनीहरूसँगको छलफलमा सेख निकै कडा रूपमा प्रस्तुत भए । ऋण समस्याका सम्बन्धमा सोध्ने संवाददाताहरूलाई चुप लाग्न आदेश दिनसमेत उनी पछि परेनन् । बारम्बार ऋणका बारेमा सोध्दा पनि यसतर्फ ध्यान नदिनु नै संकटको कारण बन्यो ।
नयां पत्रिका बाट साभार

Read more...
Free counter and web stats
eXTReMe Tracker

  © Blogger template Noblarum by Ourblogtemplates.com 2009

Back to TOP