यहाँहरुलाई थकाली सेवा समितिको ब्लगमा हार्दिक स्वागत छ । धन्यबाद !

Sunday, March 14, 2010

Read more...

यसपालिको तोरन्ल्ह

Thursday, March 4, 2010

आज थकाली जातिको महान् पर्व तोरन्ल्ह । हरेक थकालीहरुको घरघरमा भित्रिसकेको छ । मानौ पूरै तोरन्ल्हमय भएको छ थकाली समाज यतिखेर । हुनत दुई दिन अगाडी बाटै चढाईपढाईको कार्य थालनी भई सकेके छ । तर आजको दिनलाई मुख्यतया प्रमुख मानिन्छ । जापानमा रहेका थकालीहरु पनि नेपालका चर्चित पप कलाकार निमा रुम्बाको टोलीलाई बोलाएर तहल्का मच्चाउंदै तोरन्ल्ह मनाउने भनेर समाचार फुकिसकेको छ । अन्य देशमा रहेका थकाली बन्धूहरुको पनि तोरन्ल्ह मनाउने बारे गांइगुंई सुनिदै छन । तर कोरियामा भने सुनसान बन्यो यसपालिको तोरन्ल्ह । अर्थात थसेसले कुनैपनि कार्यक्रमहरुको आयोजना गरेन ।
थसेस कोरियाको स्थापना भए पश्चात आफ्नो महान् पर्व तोरन्ल्हमा कमसेकम कोरियामा रहेका थकाली बन्धूहरुलाई एकै थलोमा उपस्थित बनाई लगातार रुपमा तोरन्ल्ह मनाउंदै आईरहेको थियो । गतसालको तोरन्ल्हमा त कोरियामा रहेका सम्पुर्ण संघसंस्थाका प्रतिनिधिहरुलाई निमन्त्रणा गरेरै मनाएको थियो । कोरियामा कहिल्यै नभएको यस बर्ष कोरियामा रहेका थुप्रै थकाली बन्धूहरुलाई यहांको अध्यागमणले धरपकडमा पारि दुखद अबस्थामा स्वदेश फर्कायो । कतिपय थकाली बन्धूहरुले कामको सिलसिलामा हातका औंलाहरु गुमाए यसै बर्ष । त्यसकारण औपचारिक रुपमा बहिष्कृत यसपालीको तोरन्ल्हले कोरियाली भूमिमा रहेका थकाली बन्धूहरुलाई रौनक बिहिन बनाई दिएता पनि आफ्नो महान् पर्व तोरन्ल्हको सुखद् अबसरमा थकाली सेवा समिति दक्षिण कोरिया हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछ ।

Read more...

थसेस जापानको १९ औ साधारण सभा सम्पन्न, शरद कुमार गौचनको नेतृत्वमा कार्य समिति चयन

Wednesday, March 3, 2010

उक्त प्रतिनिधी सभाद्धारा थसेस जापानको नया कार्यसमितिको लागि शरद कुमार गौचनको अध्यक्षतामा २९ सदस्यिय कार्यकारिणी सदस्य गठन गरेको छ । निर्बाचन समितिका संयोजक शरद शेरचनले घोषणा गर्नुभएको अन्य सदस्यहरुमा उपाध्यक्षहरु बुद्धी शेरचन, गोपाल भट्टचन, शशि गौचन, महा-सचिबमा अनिल भट्टचन, सचिबमा गोबिन्द तुलाचन र हेमन्त शेरचन, कोषाध्यक्षमा बुद्धी गौचन सह-कोषाध्यक्षहरुमा लोकेश गौचन, दिपक गौचन र प्रवत्तामा राजु शेरचनलाई सर्बसम्मतिबाट निर्वाचित गरेको छ ।त्यसैगरि सदस्यहरुमा क्रमश : सादगि तुलाचन, सन्तोषि गौचन, सुजा गौचन, रचना शेरचन, सञ्जिब गौचन, अशोक शेरचन, दिलिप गौचन, सुरज शेरचन, श्याम गौचन, हिक्मत गौचन, दिनेश शेरचन, उदय गौचन, बिवेक भट्टचन, बसन्त गौचन, लेनिन भट्टचन, राजेश गौचन, बिमल तुलाचन, राजु गौचन र सल्लाहाकारहरुमा क्रमश: ध्रुब भट्टचन, शरद शेरचन र महेश शेरचनलाई चयन गरिएको छ भने समितिको संरक्षकमा डा.योगेन तुलाचन नै यथावत रहनु भएको छ ।
स्मरण रहोस, यस नया कार्यसमितिले आउदो मार्च महिनाको २१ तारिखमा हुन गईरहेको १९औं शुभकामना सांझको दिनदेखी बिधिवत रुपले आफ्नो सम्पुर्ण कार्यभार संम्हाल्नेकुरा तय गरेको कुरा पनि यसै साधारण सभाले निर्णय गरेको छ । बाकि कार्यसमितिको पद पुर्ति र समाजलाई क्रियाशीलका साथ नया ढंगबाट अघी बढाउनको लागि बिभिन्न क्षेत्रका थकाली बिज्ञहरुलाई समाबेश गरि पारदर्शी रुपमा अन्य पदको समेत चयन गरिदै पुर्णरुप दिईने बताईएको छ ।
जापानको बदलिदो परिस्थिति संगै सरल र सहज रुपले समाजलाई अघि बढाउन र केहि बंल्झिएका बाधाहरु फुकाउनलाई बिधान संसोधन समितिका संयोजक र सदस्य क्रमश: शरद शेरचन र शरद कुमार गौचन द्धारा प्रस्तावित बिधान मस्यौदालाई सर्बसहमतिबाट अनुमोदन गरि लगत्तै लागु गरिने गरि उत्त सभा द्धारा पारित गरिएको थियो ।
निर्बाचित लगत्तै नवनिर्बाचित अध्यक्ष शरद कुमार गौचनले आफ्नो मन्त्यब्यको क्रममा थसेस जापानको जापानमा आफ्नो छुट्टै किसिमको अस्तित्व, पहिचान र ईतिहास बोकेको समाज भएको र यस गरिमामय समाजको जिम्मेवारि पद सम्हाल्ने जिम्मा दिनु भएकोमा सबै सदस्यहरुलाई धन्यबाद ज्ञापन गर्नु भएको थियो ।
त्यसैगरि निबर्तमान अध्यक्ष ध्रुब भट्टचनले बितेका तिता,मिठा र समाजको बागडोर संम्हाल्दाका अबिस्मरणीय क्षणहरुको स्मरण गराउदै नया समितिलाई बढाई ज्ञापन गर्नु भएको थियो ।
टोक्यो क्षेत्रका थकालीहरुको उल्लेखनिय उपस्थितीमा पहिलो चरणको कार्यक्रम बिधान संम्सोधन, नया कार्यसमितिको घोषणा महासचिब अनिल भट्टचन र दोस्रो चरणको कार्यक्रम १९ औं शुभकामना सांझ सम्बन्धिका प्रगति बिवरण र निर्णयहरु सहकोषाध्यक्ष दिपक गौचनले संचालन गर्नु भएको थियो । ध्रुब भट्टचनको सभापतित्वता सम्पन्न उत्त कार्यक्रमको स्वागत भाषण राजु शेरचन ले गर्नु भएको थियो ।
आयोजकको प्रयासद्धारा थकालीहरुको उत्कृष्ठ घरेलु खाना फापरको ढिंडो, लोकल कुखुराको झोल र ङयोस्यल (पाङ्नो र टिमुरको छोप मिसाएको अचार) ले सत्कार गरिएको र उत्त परिकार संग आमन्त्रित पाहुनाहरु रमाउदै २,३ पटक थपीथपि हातैले मुछेर खाएको दृष्य पनि निकै रोचकपुर्ण थियो । ढिंडोको लागि फापरको पिठो, एनआरएनका केन्द्रिय सदस्य अरुण कुमार श्रेष्ठले उपलब्ध गराउनु भएकोमा थसेस जापान उहालाई हार्दिक कृतज्ञता प्रकट गर्दर्छौ बंत्यव्यमा भनिएको छ । (थसेस जापान)

Read more...

यसरी निम्तिएको रे दुबई संकट

Monday, December 7, 2009

दुबईका शासक सेख विन रसिद अल मक्तोउम कविता लेख्छन्, घोडचढीमा रमाउँछन् अनि बेलायती महारानी एलिजावेथजस्तो जीवनशैली जिउँछन् । दूरदर्शिताविनाको योजना तथा विलासी जीवन नै दुबई संकटको कारण देखिएको छ । उनको यही कमजोरीका कारण विश्व व्यापारको केन्द्रबिन्दु बन्न सफल दुबई सहरको भविष्य संकटमा परेको विश्लेषकहरूको अनुमान छ ।
विलासी जीवन जिउने मनोकांक्षासहित उनले मरुभूमिमा विकासको बीउ रोपे । तर, भविष्यको पूर्वानुमान एवं अदूरदर्शी निर्णयका कारण समुद्रमाथि बनेको सहर डगमगाउन थालेको छ । पाश्चात्य जीवनशैली र मुस्लिम परम्पराको मिश्रणमा विकासको नयाँ मोडल तयार गरी विकासको अनुपम नमुना प्रस्तुत गर्न सफल सेखको ठूलो कमजोरी ऋण व्यवस्थापन रह्यो । मरुभूमि सहरलाई विश्व व्यापारको केन्द्र बनाउन उनले पाएजतिको ऋण बटुले, तर पछि तिर्नुपर्छ भन्ने कुरा सोच्न भ्याएनन् । एक दशकदेखि थुपिँ्रदै गएको ऋण अहिले आएर विस्फोट भयो ।
विकासका लागि उनले लिएको रणनीति थियो- बारमा गएर बियर पिऊ, समुद्र किनारमा विकनी लगाऊ, डिस्कोमा जाऊ जे गर पैसा कमाऊ, विदेशीलाई अकषिर्त गर । उनले योजना ठूलो बनाए तर केका आधारमा भन्दा-ऋणको आधारमा । उनीसँग यसबाहेक अर्काे विकल्प नै थिएन, अरब क्षेत्रको ठूलो सम्पत्तिको रूपमा तेल रहे पनि दुबईमा तेलको उल्लेख्य भण्डारण छैन । केही वर्षअघिसम्म कुल आयमा मुख्य हिस्सा ओगट्ने तेल व्यापारले अहिले जम्मा ६ प्रतिशत योगदान गर्छ ।
६० वर्षे सेख आपनो राज्यलाई न्युयोर्क वा लन्डनको बराबरीमा ल्याउन चाहन्थे । विकसित सहरका रूपमा चिनिएका अमेरिकी र बेलायतको समकक्षी हुन सहज त पक्कै थिएन् । महत्त्वाकांक्षाी सेख आफ्नो सपना पूरा गर्न कठोरताका साथ लागे । समुद्रमाझमा सहर खडा गर्ने, पाश्चात्य शैलीका होटल, डिस्को र बार सबैमा ठूलो लगानी गरे । लगानीका लागि आवश्यक ऋण विकसित देशका बैंकबाट नै लिए । विदेशी बैंकहरूले पनि खाडी मुलुकको तेल खानीमाथि र्‍याल चुहाउँदै भनेजति ऋण दिए । उनीहरूलाई के थाहा विश्वव्यापी वित्तीय संकट आउला र त्यसले आधुनिक विकासको नुमना बनेको दुबईको सम्पन्नता डगमगाउला ! उनीहरूको नजर तेल बेचेर धनी भएका मुस्लिमहरूको सम्पत्तिमा थियो । विभिन्न सेवा प्रदान गर्ने वाहनामा उनीहरू त्यो सम्पत्ति प्राप्त गर्न चाहन्थे । यता सेख आफ्नो योजनाअनुसार अन्तर्राष्ट्रिय स्कुल, बहुर्राष्ट्रिय कम्पनी, आरामदायी होटल आदिका क्षेत्रमा उल्लेख्य लगानी गर्दै गए । उनको लक्ष्य दुबईलाई विश्वकै सम्पन्न एवं प्रमुख पर्टकीय गन्तव्यका रूपमा स्थापित गर्नुथियो । उनैको प्रयास स्वरूप दुबई विश्वको २० औं तथा अरब क्ष्ाेत्रको दोस्रो महँगो सहरका रूपमा स्थापित भएको थियो ।
पश्चिमा शैलीको सहर निर्माणमा अभ्यस्त भए पनि सेख आफ्नो परम्पराबाट विचलित भएनन् । उनले आफ्नो मुस्लिम संस्कृति अहिले पनि त्यागेका छैनन् । उनलाई ऊँट पाल्न मन लाग्छ भने घोडा उनको पि्रय हो । दुबईका चौडा सडकमा मर्सिडिजमा सयर गर्छन् सेख । एक शासकको हिसाबले उनी आपना जनताको सुझाव तथा गुनासा पनि सुन्छन् । अर्काे रमाइलो पक्ष- उनी कार्यालय तथा घर जहाँ भए पनि फेसबुकमा दैनिकी अपडेट गर्न र टुविटरमा तन्नेरीहरूलाई ट्विट गर्न समय निकाल्छन् ।
सपनाका यी जादुगर अहिले पक्कै बिउँझिए होलान् । उनको सपनाको सहरको भविष्य संकटमा परेको छ । दुबईको ऋण ८० अर्ब अमेरिकी डलर पुगिसकेको छ । जसमा सरकारी स्वामित्वको पूर्वाधार विकास तथा अन्य क्षेत्रमा लगानी गर्ने कम्पनी दुबई वल्र्डको मात्रै ५९ अर्ब जति छ । यही ऋणको डिसेम्बर किस्ता ६ महिना पर सार्ने निर्णय गर्दा विश्व वित्तीय क्षेत्र डगमगाएको छ ।
सम्पन्न सहर बनाउने योजनामा लागेका सेख अहिले युएईको अर्काे राज्य अबुधाबीबाट सहयोग पाउने आशामा छन् । उनको आशा अनुरूप नै खनिज तेल सम्पन्न अबुधाबी र युएई सरकारले दुबईलाई सहयोग गरिरहेको छ । तर, अझै पनि उनी दुबई बल्र्डको ऋण समस्याका बारेमा केही बोलिरहेका छैनन्, न त समस्या समाधानका लागि अघि सरेका छन् । उल्टै कम्पनीले जारी गरेको बोन्डको ग्यारेन्टी दुबई सरकार नबस्ने भन्दै थप अन्योल सिर्जना गरिदिएका छन् ।
सञ्चारमाध्यमबाट परै रहन चाहने सेखलाई दुई महिना अघि बढ्दो ऋणका बारेमा सोधिएका थियो । तर, उनले आत्मविश्वासका साथ भने, 'म यहाँहरूलाई आश्वस्त पार्छु, दुबई राम्रो अवस्थामा छ । हामी चिन्तित छैनौँ ।' नेाभेम्बरको पहिलो साता अन्तर्राष्ट्रिय सेयरधनीहरूसँगको छलफलमा सेख निकै कडा रूपमा प्रस्तुत भए । ऋण समस्याका सम्बन्धमा सोध्ने संवाददाताहरूलाई चुप लाग्न आदेश दिनसमेत उनी पछि परेनन् । बारम्बार ऋणका बारेमा सोध्दा पनि यसतर्फ ध्यान नदिनु नै संकटको कारण बन्यो ।
नयां पत्रिका बाट साभार

Read more...

किन ढिलाई हुंदैछ अपांग संघलाई सहयोग बितरण ?

Saturday, November 28, 2009

कोरियाली भूमिमा रहेका अपाङग प्रवासी नेपालीहरुको सहयोगार्थ गत छुसकमा थसेस दक्षिण कोरियाले आयोजना गरेको थासाङ सांस्कृतिक कार्यक्रमको सम्पूर्ण हिसाबको बिबरणले पुर्णता नपाउंदा नेपाल अपाङग संघ दक्षिण कोरियालाई आर्थिक सहयोग बितरण गर्न ढिलाई भईरहेको जनाईएको छ । कार्यक्रममा टिकट जिम्मेवार ब्यक्तीहरुबाट टिकटको अर्धकट्टी र रकम संकलन हुनमा ढिलाई भईरहेकोले अझै सम्म पनि नबुझाउनु भएका ब्यक्तिहरुमा छिटो बुझाई सहयोग गरि दिनुहुन अनुरोध गरिएको छ । हाल कोरियामा भईरहेको तिब्र धरपकडको कारण समितिको नियमित बैठक समेत बस्न नसकिरहेको परिप्रेक्षमा बांकी अर्धकट्टी र रकम संकलन भएमा छिट्टै कार्य समितिको बैठक बसी आम्दानी र खर्चको सम्पुर्ण बिबरण सार्वजनिक गर्ने कुरा थसेस अध्यक्ष श्री भक्त सेरचनले बताउनु भएको छ । साथै उक्त बैठकबाटै अपाङग संघलाई प्रदान गरिने सहयोग रकमको निश्चित गरिने जानाकारीमा आएको छ ।

Read more...

होशियार ! स्थानिय प्रहरीले समेत पक्रदै छ

Wednesday, November 11, 2009

btulachan,seoul Korea
म स्वयं कोरिया भित्रिएको १८ बर्ष पूरा भयो । यहां आएर डेट ओभर भई सकेका म जस्ता लाखौ जना बिदेशीहरुलाई खोजि खोजि भिषाको बन्दोबस्त मिलाई दियो यहांको सरकारले । त्यो पनि एक पल्ट होईन ३-३ पल्ट । शुरुमा ९२ साल तिर यहां आएर यतै बसेकाहरुलाई कम्पनी मालिकको रोहबरमा छ छ महिनाको भिषा करिब २ बर्ष सम्म लगातार दियो । ९४ सालबाट प्रशिक्षण भिषा प्रणाली शुरु गरेपछि सबै बिदेशीहरुलाई स्वदेश फर्कन उर्दी जारी गर्यो । पचास प्रतिशत बिदेशीहरु स्वदेश फर्के । जस्तो पर्छ तर्छ भन्ने बिचार लिएका बिदेशीहरु यतै बसेर बाजी मारे । २००२ को वल्ड कप ताका पुन: एक बर्षको भिषा थाप्न प्लेन टिकट किनेर आउन भन्यो , करिव ३ लाख अबैध भनिएका बिदेशीहरुले आफूलाई पायक पर्ने अध्यागमण बिभाग मार्फत लहरै भिषा थापे । घर फर्कने फर्के । नफर्कने टिकटको आधा रकम फर्काएर फेरी यतै बसे । उप्रान्त कोरियामा ईपिएस मार्फत बिदेशी कामदार ल्याएर कजाउने नियमलाई संसदबाटै पारित गरे पछि बिदेशीहरुलाई २००३ सालको नोभेम्बर १५ को अन्तिम म्याद दियो । साथै सरकारले बिभिन्न संचार माध्यमहरुबाट हदै सम्मको कडा गरि स्वदेश फर्काउने समाचारहरु लगाता फुक्यो । अटेर बिदेशीहरु बेस्सरी अत्तालिए । प्राय सबै जना ३,४ महिना कामै छोडेर गुप्तवास समेत बसे । पक्रन चाहि बेस्सरी पक्रयो । तैपनि यतै बसेकाहरुले नै जिते ।
म पनि यतै बसेकोमा परेपनि कहिल्यै धरपकड सम्बन्धि साधारण घटनामा समेत परिन । अध्यागमण र कानुन मन्त्रालयको मातहतमा मात्र धरपकड हुने हुनाले खासै आत्तिनु पर्ने अबस्था देखिन । पोहोर साल पनि अक्टुबर देखि डिसेम्बर सम्म हदै कडा र स्थानिय प्रहरीले समेत पक्रने हल्ला चल्यो । तर प्रहरी संग दैनिक जसो भेट हुन्थ्यो । कहिले काही सोधपुछ गरे पनि बिदेशी हुं भनेपछि छोडी हाल्थ्यो । हल्ला, हल्लामै सिमित हुन्थ्यो । आफूले केहि गल्ती नगर्दा सम्म खासै समस्या थिएन । तर हाल कोरियाली सरकारको कडाईले कति सम्म सिमा नाघ्दै छ भन्ने प्रमाण हिजो मेरो घटनाको प्रकृतिले देखाई दियो ।
घटना बिबरण :-
हिजो दिंउसो म दिउसोको खाना पश्चात रेश टाईममा कम्पनी देखि नजिकै रहेको बैकमा बिशेष कामले जांदै थिए । करिब ५० मिटर परैबाट बैकको छेवैमा स्थानिय कोरियनहरुलाई चेकिङ गर्दै गरेको प्रहरीलाई देखें । फर्किउं कि जस्तो नभएको पनि होईन , म बिदेशीलाई किन पो सोध्ला र भन्ने सोचाईले सदाझैं म लुरुलुरु अगाडी बढें । प्रहरीले १० मिटर परैबाट मलाई देखे पछि बोलायो । बिगतमा झैं म बिदेशी हुं भनेता पनि कार्ड माग्यो । जब की अहिले सम्म कहिल्यै कार्ड मागेको थिएन , कार्ड मागे पछि मेरो त होश हवासै उड्यो । र भने, ओहो ! कार्ड त कम्पनी मै छोडेछु त ! अनि उ बोल्यो - तपाई ओभर स्टे त होईन ? मैले भने होईन होईन बकैडा भिषावाला हुं । प्रहरीले भन्यो- कार्ड देखाए पो भिषावाला साथमा कार्डै छैन केको भिषा वाला ! जाउं अफिशमा, ओई ! गाडीमा कोचार यसलाई भन्दै अर्को पुलिसलाई भने पछि म रातो पिरो भएं । मैले बिन्ती गरें कम्पनीमा जाउं नत ! उस्ले सोध्यो , कम्पनी नजिकै हो ? मैले भने अलि टाढा छ । कम्पनी मालिकको फोन नम्बर र मालिकको नाम भन्न भनेपछि कम्पनीको अफिशको फोन नम्बर र मालिकको नाम दिएं । तुरुन्त फोन लगायो धन्न मालिकले नै फोन उठाएछ क्यारे यताबाट प्रहरी बोल्यो - यहां .... नाम गरेको नेपाली चेकिङमा परेकोले यस्ले त्यो कम्पनीमा काम गर्छ? उता बाट मालिकले सायद गर्छ नै भन्यो होला । फेरी सोध्यो- यस्ले कार्ड कम्पनीमा छोडेछु भन्दै छ सांचो हो ? उताबाट के भन्यो थाहा भएन तर प्रहरीले फोनमा अब उप्रान्त सधै कार्ड लिएर मात्र हिंदन भन्नु होला अहिलेलाई पठाई दिन्छु भने पछि मलाई भन्यो - जानुहोस । थप के समेत भन्यो भने अहिले कोरियामा ओभर स्टे बिदेशीलाई पक्रने आदेश भएकोले अब उप्रान्त कार्ड लिएर मात्र हिंदनु होला । पुलिशले भन्दै गर्दा मैले मन मनै भने -- हुंदै नभएको कार्ड .......त्रो देखाउनु..... । अन्तमा हस् चाहि भने ।
साथीहरुहो ! कोरियाको स्थिति हदै खराव छ । यदि केहि कमाउन अबोप्रान्त कोरिया बस्नै परे हदै सम्मको सजकता अपनाउनु पर्ने देखिन्छ ।

Read more...
Free counter and web stats
eXTReMe Tracker

  © Blogger template Noblarum by Ourblogtemplates.com 2009

Back to TOP