यहाँहरुलाई थकाली सेवा समितिको ब्लगमा हार्दिक स्वागत छ । धन्यबाद !

प्रचलित थकाली खानाको स्वाद

Saturday, December 15, 2007

पोखराको सुन्दरता एकातिर छदैछ अर्कोतिर यहाँको थरी थरीका परिकारको स्वादको विविधता झन बेग्लै छ । त्यसमा पनि हरेक लागि पहिलो रोजाई हुने गर्छ लठ्ठ पार्ने थकाली परिकार । विदेशीहरु झन ज्रि्रो फड्कारेर थकाली परिकारमा मग्न हुन्छन् ।
सुटिङको बखत थकाली परिकारको स्वाद चाखेपछि चलचित्र निर्दैशक नरेश पौडेललाई पोखरा आएपछि अरु परिकार तर्फफिटिक्कै ध्यान जादैन । थकाली परिकारमै उनको लत बसेको छ । थकाली स्वादले मननै बहलाएको छ, पौडेलले स्वादबाट मख्खिदै भन्दै थिए-'थकाली स्वादले त मोहनी नै लगायो ।' किन यसरी थकाली परिकारले धेरैलाई आकषिर्त गरेको छ त - थकाली परिकारमा धेरै विविद्यता पाईन्छ । थकाली परिकार पहिल्यै पकाएर राखिदैन । अडर आएपछि मात्र पकाइन्छ त्यही भएर पनि ताजगी र स्वादिलो हुन्छ थकाली परिकार । केवल स्थानिय स्तरमा मात्र नरही स्वदेशी देखि विदेशी हरेकलाई स्वादिष्ट परिकार बनेको छ । स्वाद लिएपछि हरेकले एक पटक भनिहाल्छन्-'वाह पोखरेली स्वाद ।
अन्य खाना सेट भन्दा थकाली थालीमा भिन्नता पाईन्छ । बाक्लो भाडो र सानो आगोमा ढिलो गरी पकाइएको थकाली खानाको स्वाद ज्रि्रोमै झुन्डिन्छ । अरु सामान्य खानाहरु ठुलो आगोमा क्षणभरमै पकाईन्छ तर थकाली खाना बाक्लो भाडोमा विस्तारै सानो आगो लगाएर पकाइने भएकोले समय बढी लाग्छ । बढी समय लगाएर बनाएको स्वाद नै मिठो हुन्छ, दुई दशक देखि थकाली खानाको स्वाद चखाइरहेकी मोनालिसा होटलकी संचालिका उषा शेरचन भन्छिन्- 'शुद्ध र सफासुग्घरमा पनि हामी उतिकै ध्यान दिन्छौ ।' थकालीहरुले सफा सुग्घर संगै स्वादमा पनि मिठास दिने भएकाले तन्नेरी देखि पाका सम्मलाई थकाली खानाले लोभ्याईरहेको छ । जेठोबुढोको चामाल संगै दालमा मुस्ताङको दाल, कालो बोडी, घ्यु सिमी कात्तिके बोडीको प्रयोग हुन्छ । मुस्ताङकै बारीमा फलेको स्वादिष्ट दाल र बोडीको दाल खानामा खाएपछि तलतल नै मेटिदैन ।
दाल फलामाको भाडोमा मज्जाले डाडुले घोटेर बनाइने भएकोले अरु दालको तुलनामा जिम्बुले झानेको मुस्ताङे दाल कालो र स्वादिलो हुन्छ । मुस्ताङकै आसपासमा फलेका सागसब्जी, दाल र अन्य घरेलु सामानहरुनै थकाली परिकारमा प्रयोग हुन्छन् । तरकारीमा मुस्ताङमा फलेको आलु, फाफरको साग, सिमी, बोडीहरु हन्छन् । तिम्ज्यु -मुस्ताङे साग) ले झनै थकाली खानामा स्वाद फेरिदिन्छ । यो साग मुस्ताङमा आलु खेत भित्र रोपिन्छ । अरु साग ताजै टिपेर खाने गरिएपनि यो साग उखेलेर सुकाएर मात्र खाने गरिन्छ । हजारौ साग उखेलेर सुकाएपछि बल्ल तीन चारवटा पोका मात्र बन्छ । नसुकाई खाइयो भने कोक्याएर खानै सकिदैन । टिमुर , छोप र मुस्ताङे जिरा -क्होइने संगै नुन खुसानी र अमिलो हालेपछि ट्वाक्क हुन्छ । त्यस्तै मुस्ताङे जिरा, टिमुर, लसुन र हल्का अमिलो घोलेर बनाइएको थाकखोलाको साग, फापरको साग पनि कम्ति रसिलो हुदैन ।
शुद्ध सफा र लठ्ठ पार्ने थकाली स्वादको गुण नै हो । खानामा मिसावट नहुनु, र ताजगी दिने हुनाले पनि थकाली परिकार हरेको पहिलो रोजाइ हुन गरेको छ । थकाली खाना एकै प्रकारको हुदैन । भिन्न-भिन्न रंग मिलाएर तयार पारिन्छ । चिल्लो पिरोको सन्तुलन पनि मिलेको हुन्छ । अरु खाना जस्तो कम परिकार हुदैन थकाली खानामा । साधारण खानामा पनि १० भन्दा बढी भेराइटीहरु हुन्छन् । पोखरामा भित्रिने पर्यटकहरुमा सवैभन्दा बढी जापानीहरुले मन पराउछन् थकाली परिकार । जापानीहरु यहाँ आएपछि थकाली स्वाद नफेरी कोही र्फकदैनन् । अहिलेका पुस्ताले थकाली परिकार बनाउन जान्दैनन । तर स्वाद लिन भने उनिहरु कत्ति चुक्दैनन् । थकाली खानाका लागि विदेशी पर्यटक हुरुक्कै हुन्छन्, १० वर्षदेखि थकाली परिकार पकाउदै आएका शम्भु बस्नेत भन्छन्-'थकाली खाना अरु खानाको तुलनामा विविधता र स्वादिलो पनि उतिकै हुन्छ ।' भिन्न स्वादका लागि सवैले थकाली खाना नै खोज्छन् । त्यसो त २ सय देखि २ सय ५० सम्ममा थाल भरी नअटाउने व्यञ्जनका साथ पेटभरी थकाली खाना पाईन्छ ।
थकाली खानाका लागि यहाँ मोनालिसा होटल लोकप्रिय छ । थकाली परिकार यो होटलको विशेषता हो । पर्ुव प्रधानमन्त्री शेरबहादुर देउवा देखि बलिउडकी मनिषा कोइराला, कलिउडका राजेश हमाल, भुवन केसी लगायत हरेक क्षेत्रका व्यक्तिहरु मोनालिसा होटलको थकाली खाना चाखिसकेका छन, होटलका संचालक विमल शेरचन सुनाउछन् । त्यसो त पोखरा झरेपछि कुन खाना खाने भनेर कोही दुविधामा पदैनन् । सवैको मुखबाट फ्याट्टै आईहाल्छ-'स्वादिलो थकाली परिकार । 'सफा सुग्घर र थकाली महिलाहरुले पकाएको खाना उतिकै रसिलो हुन्छ । कहिल्यै नरिसाउने र पाहुनाको सत्कार गर्न पनि उनिहरु सिपालु हुन्छन् । त्यही भएर पनि थकाली परिकार सवैको रोजाइ भएको हो, समुदायका तन्नेरी अरबिन तुलाचन बताउछन् ।
फाफरको ढिडो
थकाली परिकारमा फाफरको ढिडो निकै लोकप्रिय मानिन्छ । फाफरको ढिडोले शरीरमा तागत प्रदान गर्ने हुनाले पनि धेरैलाई फाफरको ढिडो मन पर्ने परिकार बनेको छ । खास गरी मुस्ताङको टुकुचे, मार्फा, जोमसोम, कोवाङ्ग, जोमसोम आदी ठाउँमा उब्जीएको स्वादिलो फाफरको पिठो बाट बनेको ढिडो ज्रि्रो मै झुन्डिन्छ भन्छ्न स्वादका पारखीहरु । अन्यत्र पाइने फाफरको पिठोमा मसिना ढुङ्गा हुन्छ । तर मुस्ताङको जोमसोम देखि तल र घासे देखि माथि पाइने फाफरमा कुनै मिसावट नहुने भएकाले यसको स्वाद नै बेग्लै हुन्छ । फाफरको ढिडो मुलाको छोप, लोकल घ्यु, लोकल कुखुराको मासुको रस, स्वादीलो मुस्ताङ्गे कालो दाल र टिमुरको छोप संग खादा ज्रि्रो मै झुन्डिन्छ । त्यही भएर थकाली परिकारमा फाफरको ढिडो नचाखी धितै मदैन ।

थकाली परिकारमा खसीको टाउको को गिदी, नाक र कानले बनेको परिकारलाई थकाली भाषामा लेप्पकु भन्दछ्न । यो थकाली समुदायमा विशेष पाहुलाई टकराउने चलन छ । तर यो परिकार स्वदेशी तथा विदेशी पाहुनाले पनि उतिकै मन पराएको परिकार हो । टस्याखु -टाउकोको सुप, आलंखु -जाडो महिनामा खाने सुप पनि कम्ति रसिलो हुदैन, थकाली परिकारका पारखी ओम लामा सुनाउदै थिए । भिन्नै विशेषता एवं शुद्ध र सफा सेवाले पनि यहाँ आउने पाहुनाहरु थकाली परिकारबाट आकषिर्त हुने गरेका छन् । मुस्ताङका पर्यटकीय गाउँ जोमसोम, टुकुचे, लेते, आदी ठाउँबाट यहाँ आई स्थायी बर्साई गरेका थकालीहरुले होटल संचालन गरेका छन् । थकाली खानाका लागि यहाँको व्यस्त बजार महेन्द्रपुलको मुस्ताङ थकाली कर्नर पनि चल्तीमा छ । विशेष गरी यहाँ तन्नेरी जमातको उपस्थिति बाक्लो हुने गर्छ । मोनालिसाका र मुस्ताङ्ग थकाली कर्नर, अलवा लेकर्साईडको थकाली किचन, मुस्ताङचोक निरको होटल ड्रागन, अशोक गेष्ट हाउस, आदी पनि थकाली खानाका लागि लोकप्रिय मानिन्छन् । थकालीहरु ग्राहकहरुको चाहना बमोजिमका परिकार तयार पार्न निपर्ुण्ा मानिन्छन् । उनिहरुमा आफनो होटल तथा रेष्टुरामा खानाहरुमा थाकखोलाको मसला -कहोइने, मुस्ताङे जिरा प्रयोग गर्दछन् । जिम्बु र टिम्मुर थकाली परिकारमा नभई नहुने मसला हो । तरकारी, अचारमा प्याजको प्रयोग फिटिक्कै हुदैन । लसुन बढी चल्तीमा हुन्छ । मिसावट रहित र स्वादिष्ट थकाली परिकारको स्वाद फर्ेन युगल जोडीहरुको झुण्ड थकाली होटलहरुमा उतिकै भेटिन्छन् । प्रेमी संग गफिदै थकाली स्वादमा भुलेकी एक युवतिले थोरै लज्जाउदै भनिन्- 'थकाली स्वाद र हाम्रो प्रेम एउटै हो ।'
थकाली नास्ता

कहोकेन, कन छेम्ब र चेनकहेनयो परिकार मुस्ताङमा उब्जेको फापरको पिठोबाट तयार पारिन्छ । यसलाई नेपाली भाषामा फापरको पातलो रोटी भनिन्छ । अलिकति पानीमा फापरको पिठो हालेर बेसरी फिटिन्छ । थोरै नुन पनि मिर्साईन्छ । तावामा केही घ्यु तेल केही पनि नखाई सुख्खा पकाईन्छ । राम्रो संग तावामा पकाए पछि टिमुरको चटनी, र लसुनको छोप संग डोबेर खादा स्वादीष्ट हुन्छ । विशेष गरी यो फाफरको पातालो रोटी बेलुकाको नास्ताको रुपमा खाने गरिन्छ । यो परिकारे अहिले तन्नेरी युवापुस्ताले निकै पराएका छन् ।
कनछेम्ब

फाफरकै पिठोबाट बन्ने यो परिकारको आकार यार्जागुम्बाको जस्तो हुन्छ । स-साना आकारमा हुने परिकार तयार पार्नका लागि र्सवप्रथम ढिडो ओढाल्नुपर्छ । नुन र घ्यु राखेर ढिडो ओढालेपछि जव तयार हुन्छ त्यसपछि हातमा घ्यु दलेर यार्जागुम्बा जस्तो आकारमा हातले तयार पारिन्छ । यसरी तयार गरेर राखेपछि यो जुनसुकै बेला पनि तेल वा घ्युमा फ्राई गरेर खान सकिन्छ । यो त्यतिकै विहान बेलुका नास्ताको रुपमा खाएपनि हुन्छ । तर हिजोआज केही नुनिलो स्वादमा हुने हुनाले यसलाई वाइन र रक्सी संग स्नेक्सको रुपमा खान थालिएको छ । कनछेम्बले डाइवेटिस र उच्च रक्तचाप हुनेहरुलाई औषधीको काम समेत गर्ने थकाली होटलका संचालकहरु बताउछन्
चेनकहेन

यो पनि फाफरबाट बनेको बाक्लो रोटी हो । यो शहरबजार तिर त्यति पाईदैन । थाकखोलामा यो रोटी बढी प्रचलित छ । खेतबारीमा काम गर्ने किसानहरुले चेनकहेन बढी मात्रमा खाने गर्छन् । बाक्लो रोटी भएकाले पेट टन्न हुने भएकाले यो थाकखोलाका किसानहरुले नास्ताको रुपमा खानेगर्छन् । पोखरामा यसको प्रचलन छैन । यसको पकाउने विधी कहोकेन जस्तै हो ।

मुस्ताङे आलु र झ्वाइँखट्टे

मुस्ताङे आलु पनि थकालीको विशेष परिकार भित्र पर्छ । यो भिन्न स्वादको हुन्छ । यो आलु विना पानी घ्युमा हालेर पकाईन्छ । मदिराको सहारा लिएर मुस्ताडे आलु खानेहरुको भिड थकाली रेष्टुरामा हुने गर्छ । झ्वाईखट्टे खास गरी जाडो महिनामा सेवन गरिन्छ । सिरौलालाई घ्युमा भुटेर घरेलु रक्सीमा हालेपछि झ्वाइँ हुने भएकोले यसलाई थकालीहरुकै भाषामा झ्याईखट्ट भनिन्छ । यो पनि थकालीहरुको विशेष परिकार भित्र नै पर्छ । जोमसोम थाकखोलातिर बढी जाडो हुने हुनाले त्यस क्षेत्रमा अझ बढी यो प्रचलनमा छ, होटल संचालकहरु बताउछन् । कुनै बेला थकालीहरुले मात्र सेवन गर्ने यो स्वाद हिजोआज हरेकको रोजाईको स्वाद बनेको छ । यसमा मह अर्थात चिनी मिसाएर पनि सेवन गरिन्छ । विशेषतः यसमा उवाको रक्सी प्रयोग हुन्छ । यो रक्सी स्वादिष्ट मात्र हैन मुटु कमाउने जाडो समेत भगाउछ ।
- साभार कान्तिपुर कोसेली

Read more...
Free counter and web stats
eXTReMe Tracker

  © Blogger template Noblarum by Ourblogtemplates.com 2009

Back to TOP