अर्थोपार्जनको लागि आकर्षक गन्तब्य स्थल मानिएको कोरियाली भूमिमा नवप्रवेशी थकाली बन्धूहरुको आगमनले तिब्रता पाए पनि सोहि अनुपातमा यहां कार्यरत थकाली बन्धूहरु स्वदेश फर्कने क्रममा पनि बृद्दि भई रहेको छ । यसै बर्ष मात्रै आफू खुशी तथा धरपकडमा गरि करिव ५ जना थकाली बन्धूहरुको स्वदेश फिर्ता भई सकेको छ । एकातिर कोरियाली अर्थतन्त्रमा दिनानुदिन आईरहेको ह्रास र अर्को तिर यहांको सरकारले अबैध बिदेशी मजदूरहरुको धरपकडलाई तिब्रता दिएकै कारण कोरियामा कार्यरत थकाली बन्धूहरु स्वदेश फर्कने क्रम बढेको हो । यसरी क्रमै संगको स्वदेश प्रस्थानले दक्षिण कोरियामा कार्यरत थकाली बन्धूहरुको संख्यामा ह्रास हुदै जाने त होईन चिन्ताको बिषय बनेको छ ।
यसै क्रममा बिगत १७ बर्ष देखि यहां कार्यरत रहि आउनु भएका बाग्लुङ बुर्तिबाङ निवासी हर्क सेरचन गत हप्ता आफूखुशी स्वदेश फिर्ता हुनु भएको छ । उहां थसेस संस्थापक सदस्य तथा बर्तमान बरिष्ठ सल्लाहकार सदस्य हुनु हुन्थ्यो । उहांको स्वदेशमा उत्तरोत्तर प्रगतिको कामना ।
0 개의 덧글:
Post a Comment