यहाँहरुलाई थकाली सेवा समितिको ब्लगमा हार्दिक स्वागत छ । धन्यबाद !

प्रचलित थकाली खानाको स्वाद

Saturday, December 15, 2007

पोखराको सुन्दरता एकातिर छदैछ अर्कोतिर यहाँको थरी थरीका परिकारको स्वादको विविधता झन बेग्लै छ । त्यसमा पनि हरेक लागि पहिलो रोजाई हुने गर्छ लठ्ठ पार्ने थकाली परिकार । विदेशीहरु झन ज्रि्रो फड्कारेर थकाली परिकारमा मग्न हुन्छन् ।
सुटिङको बखत थकाली परिकारको स्वाद चाखेपछि चलचित्र निर्दैशक नरेश पौडेललाई पोखरा आएपछि अरु परिकार तर्फफिटिक्कै ध्यान जादैन । थकाली परिकारमै उनको लत बसेको छ । थकाली स्वादले मननै बहलाएको छ, पौडेलले स्वादबाट मख्खिदै भन्दै थिए-'थकाली स्वादले त मोहनी नै लगायो ।' किन यसरी थकाली परिकारले धेरैलाई आकषिर्त गरेको छ त - थकाली परिकारमा धेरै विविद्यता पाईन्छ । थकाली परिकार पहिल्यै पकाएर राखिदैन । अडर आएपछि मात्र पकाइन्छ त्यही भएर पनि ताजगी र स्वादिलो हुन्छ थकाली परिकार । केवल स्थानिय स्तरमा मात्र नरही स्वदेशी देखि विदेशी हरेकलाई स्वादिष्ट परिकार बनेको छ । स्वाद लिएपछि हरेकले एक पटक भनिहाल्छन्-'वाह पोखरेली स्वाद ।
अन्य खाना सेट भन्दा थकाली थालीमा भिन्नता पाईन्छ । बाक्लो भाडो र सानो आगोमा ढिलो गरी पकाइएको थकाली खानाको स्वाद ज्रि्रोमै झुन्डिन्छ । अरु सामान्य खानाहरु ठुलो आगोमा क्षणभरमै पकाईन्छ तर थकाली खाना बाक्लो भाडोमा विस्तारै सानो आगो लगाएर पकाइने भएकोले समय बढी लाग्छ । बढी समय लगाएर बनाएको स्वाद नै मिठो हुन्छ, दुई दशक देखि थकाली खानाको स्वाद चखाइरहेकी मोनालिसा होटलकी संचालिका उषा शेरचन भन्छिन्- 'शुद्ध र सफासुग्घरमा पनि हामी उतिकै ध्यान दिन्छौ ।' थकालीहरुले सफा सुग्घर संगै स्वादमा पनि मिठास दिने भएकाले तन्नेरी देखि पाका सम्मलाई थकाली खानाले लोभ्याईरहेको छ । जेठोबुढोको चामाल संगै दालमा मुस्ताङको दाल, कालो बोडी, घ्यु सिमी कात्तिके बोडीको प्रयोग हुन्छ । मुस्ताङकै बारीमा फलेको स्वादिष्ट दाल र बोडीको दाल खानामा खाएपछि तलतल नै मेटिदैन ।
दाल फलामाको भाडोमा मज्जाले डाडुले घोटेर बनाइने भएकोले अरु दालको तुलनामा जिम्बुले झानेको मुस्ताङे दाल कालो र स्वादिलो हुन्छ । मुस्ताङकै आसपासमा फलेका सागसब्जी, दाल र अन्य घरेलु सामानहरुनै थकाली परिकारमा प्रयोग हुन्छन् । तरकारीमा मुस्ताङमा फलेको आलु, फाफरको साग, सिमी, बोडीहरु हन्छन् । तिम्ज्यु -मुस्ताङे साग) ले झनै थकाली खानामा स्वाद फेरिदिन्छ । यो साग मुस्ताङमा आलु खेत भित्र रोपिन्छ । अरु साग ताजै टिपेर खाने गरिएपनि यो साग उखेलेर सुकाएर मात्र खाने गरिन्छ । हजारौ साग उखेलेर सुकाएपछि बल्ल तीन चारवटा पोका मात्र बन्छ । नसुकाई खाइयो भने कोक्याएर खानै सकिदैन । टिमुर , छोप र मुस्ताङे जिरा -क्होइने संगै नुन खुसानी र अमिलो हालेपछि ट्वाक्क हुन्छ । त्यस्तै मुस्ताङे जिरा, टिमुर, लसुन र हल्का अमिलो घोलेर बनाइएको थाकखोलाको साग, फापरको साग पनि कम्ति रसिलो हुदैन ।
शुद्ध सफा र लठ्ठ पार्ने थकाली स्वादको गुण नै हो । खानामा मिसावट नहुनु, र ताजगी दिने हुनाले पनि थकाली परिकार हरेको पहिलो रोजाइ हुन गरेको छ । थकाली खाना एकै प्रकारको हुदैन । भिन्न-भिन्न रंग मिलाएर तयार पारिन्छ । चिल्लो पिरोको सन्तुलन पनि मिलेको हुन्छ । अरु खाना जस्तो कम परिकार हुदैन थकाली खानामा । साधारण खानामा पनि १० भन्दा बढी भेराइटीहरु हुन्छन् । पोखरामा भित्रिने पर्यटकहरुमा सवैभन्दा बढी जापानीहरुले मन पराउछन् थकाली परिकार । जापानीहरु यहाँ आएपछि थकाली स्वाद नफेरी कोही र्फकदैनन् । अहिलेका पुस्ताले थकाली परिकार बनाउन जान्दैनन । तर स्वाद लिन भने उनिहरु कत्ति चुक्दैनन् । थकाली खानाका लागि विदेशी पर्यटक हुरुक्कै हुन्छन्, १० वर्षदेखि थकाली परिकार पकाउदै आएका शम्भु बस्नेत भन्छन्-'थकाली खाना अरु खानाको तुलनामा विविधता र स्वादिलो पनि उतिकै हुन्छ ।' भिन्न स्वादका लागि सवैले थकाली खाना नै खोज्छन् । त्यसो त २ सय देखि २ सय ५० सम्ममा थाल भरी नअटाउने व्यञ्जनका साथ पेटभरी थकाली खाना पाईन्छ ।
थकाली खानाका लागि यहाँ मोनालिसा होटल लोकप्रिय छ । थकाली परिकार यो होटलको विशेषता हो । पर्ुव प्रधानमन्त्री शेरबहादुर देउवा देखि बलिउडकी मनिषा कोइराला, कलिउडका राजेश हमाल, भुवन केसी लगायत हरेक क्षेत्रका व्यक्तिहरु मोनालिसा होटलको थकाली खाना चाखिसकेका छन, होटलका संचालक विमल शेरचन सुनाउछन् । त्यसो त पोखरा झरेपछि कुन खाना खाने भनेर कोही दुविधामा पदैनन् । सवैको मुखबाट फ्याट्टै आईहाल्छ-'स्वादिलो थकाली परिकार । 'सफा सुग्घर र थकाली महिलाहरुले पकाएको खाना उतिकै रसिलो हुन्छ । कहिल्यै नरिसाउने र पाहुनाको सत्कार गर्न पनि उनिहरु सिपालु हुन्छन् । त्यही भएर पनि थकाली परिकार सवैको रोजाइ भएको हो, समुदायका तन्नेरी अरबिन तुलाचन बताउछन् ।
फाफरको ढिडो
थकाली परिकारमा फाफरको ढिडो निकै लोकप्रिय मानिन्छ । फाफरको ढिडोले शरीरमा तागत प्रदान गर्ने हुनाले पनि धेरैलाई फाफरको ढिडो मन पर्ने परिकार बनेको छ । खास गरी मुस्ताङको टुकुचे, मार्फा, जोमसोम, कोवाङ्ग, जोमसोम आदी ठाउँमा उब्जीएको स्वादिलो फाफरको पिठो बाट बनेको ढिडो ज्रि्रो मै झुन्डिन्छ भन्छ्न स्वादका पारखीहरु । अन्यत्र पाइने फाफरको पिठोमा मसिना ढुङ्गा हुन्छ । तर मुस्ताङको जोमसोम देखि तल र घासे देखि माथि पाइने फाफरमा कुनै मिसावट नहुने भएकाले यसको स्वाद नै बेग्लै हुन्छ । फाफरको ढिडो मुलाको छोप, लोकल घ्यु, लोकल कुखुराको मासुको रस, स्वादीलो मुस्ताङ्गे कालो दाल र टिमुरको छोप संग खादा ज्रि्रो मै झुन्डिन्छ । त्यही भएर थकाली परिकारमा फाफरको ढिडो नचाखी धितै मदैन ।

थकाली परिकारमा खसीको टाउको को गिदी, नाक र कानले बनेको परिकारलाई थकाली भाषामा लेप्पकु भन्दछ्न । यो थकाली समुदायमा विशेष पाहुलाई टकराउने चलन छ । तर यो परिकार स्वदेशी तथा विदेशी पाहुनाले पनि उतिकै मन पराएको परिकार हो । टस्याखु -टाउकोको सुप, आलंखु -जाडो महिनामा खाने सुप पनि कम्ति रसिलो हुदैन, थकाली परिकारका पारखी ओम लामा सुनाउदै थिए । भिन्नै विशेषता एवं शुद्ध र सफा सेवाले पनि यहाँ आउने पाहुनाहरु थकाली परिकारबाट आकषिर्त हुने गरेका छन् । मुस्ताङका पर्यटकीय गाउँ जोमसोम, टुकुचे, लेते, आदी ठाउँबाट यहाँ आई स्थायी बर्साई गरेका थकालीहरुले होटल संचालन गरेका छन् । थकाली खानाका लागि यहाँको व्यस्त बजार महेन्द्रपुलको मुस्ताङ थकाली कर्नर पनि चल्तीमा छ । विशेष गरी यहाँ तन्नेरी जमातको उपस्थिति बाक्लो हुने गर्छ । मोनालिसाका र मुस्ताङ्ग थकाली कर्नर, अलवा लेकर्साईडको थकाली किचन, मुस्ताङचोक निरको होटल ड्रागन, अशोक गेष्ट हाउस, आदी पनि थकाली खानाका लागि लोकप्रिय मानिन्छन् । थकालीहरु ग्राहकहरुको चाहना बमोजिमका परिकार तयार पार्न निपर्ुण्ा मानिन्छन् । उनिहरुमा आफनो होटल तथा रेष्टुरामा खानाहरुमा थाकखोलाको मसला -कहोइने, मुस्ताङे जिरा प्रयोग गर्दछन् । जिम्बु र टिम्मुर थकाली परिकारमा नभई नहुने मसला हो । तरकारी, अचारमा प्याजको प्रयोग फिटिक्कै हुदैन । लसुन बढी चल्तीमा हुन्छ । मिसावट रहित र स्वादिष्ट थकाली परिकारको स्वाद फर्ेन युगल जोडीहरुको झुण्ड थकाली होटलहरुमा उतिकै भेटिन्छन् । प्रेमी संग गफिदै थकाली स्वादमा भुलेकी एक युवतिले थोरै लज्जाउदै भनिन्- 'थकाली स्वाद र हाम्रो प्रेम एउटै हो ।'
थकाली नास्ता

कहोकेन, कन छेम्ब र चेनकहेनयो परिकार मुस्ताङमा उब्जेको फापरको पिठोबाट तयार पारिन्छ । यसलाई नेपाली भाषामा फापरको पातलो रोटी भनिन्छ । अलिकति पानीमा फापरको पिठो हालेर बेसरी फिटिन्छ । थोरै नुन पनि मिर्साईन्छ । तावामा केही घ्यु तेल केही पनि नखाई सुख्खा पकाईन्छ । राम्रो संग तावामा पकाए पछि टिमुरको चटनी, र लसुनको छोप संग डोबेर खादा स्वादीष्ट हुन्छ । विशेष गरी यो फाफरको पातालो रोटी बेलुकाको नास्ताको रुपमा खाने गरिन्छ । यो परिकारे अहिले तन्नेरी युवापुस्ताले निकै पराएका छन् ।
कनछेम्ब

फाफरकै पिठोबाट बन्ने यो परिकारको आकार यार्जागुम्बाको जस्तो हुन्छ । स-साना आकारमा हुने परिकार तयार पार्नका लागि र्सवप्रथम ढिडो ओढाल्नुपर्छ । नुन र घ्यु राखेर ढिडो ओढालेपछि जव तयार हुन्छ त्यसपछि हातमा घ्यु दलेर यार्जागुम्बा जस्तो आकारमा हातले तयार पारिन्छ । यसरी तयार गरेर राखेपछि यो जुनसुकै बेला पनि तेल वा घ्युमा फ्राई गरेर खान सकिन्छ । यो त्यतिकै विहान बेलुका नास्ताको रुपमा खाएपनि हुन्छ । तर हिजोआज केही नुनिलो स्वादमा हुने हुनाले यसलाई वाइन र रक्सी संग स्नेक्सको रुपमा खान थालिएको छ । कनछेम्बले डाइवेटिस र उच्च रक्तचाप हुनेहरुलाई औषधीको काम समेत गर्ने थकाली होटलका संचालकहरु बताउछन्
चेनकहेन

यो पनि फाफरबाट बनेको बाक्लो रोटी हो । यो शहरबजार तिर त्यति पाईदैन । थाकखोलामा यो रोटी बढी प्रचलित छ । खेतबारीमा काम गर्ने किसानहरुले चेनकहेन बढी मात्रमा खाने गर्छन् । बाक्लो रोटी भएकाले पेट टन्न हुने भएकाले यो थाकखोलाका किसानहरुले नास्ताको रुपमा खानेगर्छन् । पोखरामा यसको प्रचलन छैन । यसको पकाउने विधी कहोकेन जस्तै हो ।

मुस्ताङे आलु र झ्वाइँखट्टे

मुस्ताङे आलु पनि थकालीको विशेष परिकार भित्र पर्छ । यो भिन्न स्वादको हुन्छ । यो आलु विना पानी घ्युमा हालेर पकाईन्छ । मदिराको सहारा लिएर मुस्ताडे आलु खानेहरुको भिड थकाली रेष्टुरामा हुने गर्छ । झ्वाईखट्टे खास गरी जाडो महिनामा सेवन गरिन्छ । सिरौलालाई घ्युमा भुटेर घरेलु रक्सीमा हालेपछि झ्वाइँ हुने भएकोले यसलाई थकालीहरुकै भाषामा झ्याईखट्ट भनिन्छ । यो पनि थकालीहरुको विशेष परिकार भित्र नै पर्छ । जोमसोम थाकखोलातिर बढी जाडो हुने हुनाले त्यस क्षेत्रमा अझ बढी यो प्रचलनमा छ, होटल संचालकहरु बताउछन् । कुनै बेला थकालीहरुले मात्र सेवन गर्ने यो स्वाद हिजोआज हरेकको रोजाईको स्वाद बनेको छ । यसमा मह अर्थात चिनी मिसाएर पनि सेवन गरिन्छ । विशेषतः यसमा उवाको रक्सी प्रयोग हुन्छ । यो रक्सी स्वादिष्ट मात्र हैन मुटु कमाउने जाडो समेत भगाउछ ।
- साभार कान्तिपुर कोसेली

Read more...

हार्दिक धन्यबाद ।

Tuesday, October 16, 2007


Read more...

थसेस दक्षिण कोरिया र हाल सम्मका उपलब्धिहरु

Monday, October 1, 2007

देश बिकासको चरम गतिमा रहेको कोरियाली भूमिमा हाल नेपालीहरुको संख्या दश हजारको हाराहारीमा रहेको छ । बैदेशिक रोजगारको लागि आकर्षक राष्ट्र मानिने यस भूमिमा खासगरि मजदूरी पेशालाई अंगाल्ने प्रवासीहरुको संख्या उल्यख्य छ । त्यस बाहेक सिमित मात्रमा बिधार्थी र ब्यापार ब्यबसायीहरु रहेका छन् । यहां रहेका प्रवासीहरु प्राय: सबै आ आफ्नो संघ,संस्थाहरुमा आबद्द रहि आएका छन् । हाल यस भूमिमा ६० भन्दा बढि संघ,संस्थाहरु सकृय रुपमा समाजसेवामा लागि परेका छन् । तर एउटा रमाईलो पक्ष के छ भने यहांका हरेक संस्थाहरु बिच सुमधुर र भाईचाराको सम्बन्ध रहि आएको छ । यसै क्रममा कोरियाली भूमिमा रहेका संघ,संस्थाहरु मध्य थकाली सेवा समिति पनि एक हो । यस संस्थालेपनि प्राय: सबै संघ संस्थाहरु संग हातेमेलो गर्दै संस्थागत भूमिका निर्वाह गर्दै आएको छ । यस संस्थाको स्थापना भए पश्चातकोरियामा कार्यरत थकाली बन्धूहरुको समस्या लगाएत अन्य प्रवासी नेपालीहरुको समस्याहरुमा समेत सहयोगि भूमिका निर्वाहगर्दै आईरहेको छ । स्थापना काल देखि हाल सम्म थकाली सेवा समिति दक्षिण कोरियाले संस्थागत भूमिका निर्वाह गर्दै हाँसिलगरेको उपलब्धिहरु निम्न छन् ।
२००३ जनवरी ३१ बिरामी खर्च ।
अनोज सेरचन बिरामी भएपछि उपचार खर्च
सहयोग स्वरुप------------------------------५००,००० (पांचलाख वन)
२००३ जनवरी ३१ टिका छन्त्याल मृत्यु सहयोग ।
बाग्लुङ जिल्ला निवासी टिका छन्त्याल कम्पनीमा
भुलचुक एसिड पिउन पुगेपछि अस्पतालमा ३ महिना
बस्ने क्रममा मृत्यु भएको थियो,जस्मा थसेस बाट
आर्थिक सहयोग स्वरुप-----------१११,००० (एक लाख एघार हजार वन)
२००३ मार्च ३० थेगु ट्रेन दुर्घटनामा सहयोग ।
२००३ सालमा कोरियाको थेगु शहरमा ट्रेन
दुर्घटनामा परि थुप्रै कोरियनहरुले ज्यान गुमाए ।
जस्को सहयोगको लागि यहांका संघ संस्थाहरुबाट
पनि सहयोग प्रदान गरिएको थियो ।
जस अनुरुप थसेस कोरियाबाट
आर्थिक सहयोग स्वरुप-----------१११,००० (एक लाख एघार हजार वन)
२००३ मार्च ३० फेगईल उपहार ।
हर्क सेरचन र पूजा गौचन बिच जन्मिएको
बच्चाको जन्मोत्सवमा बधाई स्वरुप -----६१,००० (एकसठ्ठी हजार वन)
२००३ जुलाई २७ चन्दा सहयोग ।
म्याग्दी समाज समिति द्दवारा आयोजित
स्थानिय दोहोरी तथा सांस्कृतिक कार्यक्रममा
चन्दा सहयोग स्वरुप -------------------५१,००० (एकाउन्न हजार वन)
२००३ जुन १७ रबिन्द्र राजभन्डारी मृत्य सहयोग ।
आेखलढुंगा जिल्ला निवासी रबिन्द्र राजभन्डारी
मृत्य हुंदा सहयोग स्वरुप ---------------५१,००० (एकाउन्न हजार वन)
२००३ नोभेम्बर १४ प्रवासी मजदूर हड्तालमा सहयोग।
प्रवासी मजदूरहरुको हकहितको लागि सडकमा
आवाज उठाउनु हुने आदरणिय तथा समाज
सेवीहरुको सहयोगमा थसेस द कोरियाको
पूर्ण सहयोग र समर्थनको साथ आर्थिक
सहयोग स्वरुप ----------------------------१००,००० (एक लाख वन)
२००३ मार्च १६ बिदाई कार्यक्रम ।
थसेस सदस्य आई बी सेरचन स्वदेश फर्कंदा
बिदाई कार्यक्रममा उपहार --------------४२,००० (बयालिस हजार वन)
२००४ जुलाई २५ बिकास तुलाचनलाई सहयोग ।
बिकास तुलाचन बिरामी भई आर्थिक सहयोगको
लागि बिभिन्न संघ संस्था तथा प्रवासीहरुमा
थसेस कोरियाले सहयोगको लागि अनुरोध
गरेको थियो । जस अनुसार संकलित रकम
र संस्थाको तर्फबाट गरि एकमुष्ठ सहयोग ----६००,००० (छ लाख वन )
२००५ फब्रुरी ५ चन्दा सहयोग ।
मनाङ परिवार सांस्कृतिक कार्यक्रममा
चन्दा सहयोग स्वरुप ----------------- ५१,००० (एकाउन्न हजार वन)
२००५ मार्च १३ The Red shadow प्रर्दशनमा सहयोग ।
Vivid Entp. को The Red shadow प्रर्दशनमा
आर्थिक सहयोग स्वरुप --------------- ५१,००० (एकाउन्न हजार वन)
२००५ सेप्टेम्बर १० थसेसका उपाध्यक्ष अनोज सेरचन तथा श्रीमती रजनी सेरचन बाट सात महिनामा नवजात शिशु सुआ सेरचनलाई जन्म दिएपछि बच्चालाई कोरियाको अति महंगो अस्पतालको ईन्क्युवेटरमा करिब २ महिना राखिएको थियो । जस्मा थसेस कोरियाले यहां स्थित बिभिन्न संघ संस्थाहरुलाई आर्थिक सहयोगको लागि अनुरोध गरेको थियो । जस अनुसार यहांका संघ संस्था लगायत प्रवासी नेपालीहरुबाट सुआ सेरचनको नाममा केहि आर्थिक सहयोग प्राप्त भएको थियो । थसेस दक्षिण कोरियाबाट सुआ सेरचन सहयोगार्थ -----३५०,००० (तीन लाख पचास हजार वन)
२००४ मे १४ चन्दा सहयोग ।
नेको परिवार सांस्कृतिक कार्यक्रममा
चन्दा सहयोग स्वरुप -------------------५१,००० (एकाउन्न हजार वन)
२००४ सेप्टेम्बर १७ चन्दा सहयोग ।
नेपाल मगर संघ सांस्कृतिक कार्यक्रममा
चन्दा सहयोग स्वरुप -----------------५१,००० (एकाउन्न हजार वन)
२००५ सेप्टेम्बर १७ चन्दा सहयोग ।
नेपाल मगर संघ सांस्कृतिक कार्यक्रममा
चन्दा सहयोग स्वरुप -----------------५१,००० (एकाउन्न हजार वन)
२००५ सेप्टेम्बर १८ होम छन्त्याल सहयोग ।
बाग्लुङ जिल्ला निवासी होम छन्त्याल कम्पनीमा
काम गर्दा हात काटिन पुगेकोले
चन्दा सहयोग स्वरुप-------------------- ५०,००० (पचास हजार वन)
२००६ जनवरी ११ शम्सेर थकालीको मृत्युमा सहयोग ।
मुस्ताङ जिल्ला निवासी शम्सेर थकालीको अचानक
मृत्यु भएपछि आर्थिक सहयोग--- १०१,००० (एक लाख एक हजार वन)
शम्सेर थकालीको मलामी खर्च
(पूजा रेष्टुरेण्टको बिल अनुसार) --१६०,००० (एक लाख साठी हजार वन)
२००५ फब्रुरी ४ चन्दा सहयोग ।
म्याग्दी समाज समिति द्दवारा आयोजित
सांस्कृतिक कार्यक्रममा
चन्दा सहयोग स्वरुप -------------------५०,००० (पचास हजार वन)
२००६ अक्टुबर ५ चन्दा सहयोग ।
प्रदेशी युवा ल्कब स्याङजाको सांस्कृतिक
कार्यक्रममा चन्दा सहयोग स्वरुप ---------५०,००० (पचास हजार वन)
२००६ अक्टुबर ६ चन्दा सहयोग ।
नेपाल मगर संघ सांस्कृतिक कार्यक्रममा
चन्दा सहयोग स्वरुप --------------------५०,००० (पचास हजार वन)
२००५ अक्टुबर १७ चन्दा सहयोग ।
लम्जुङ परिवारको सांस्कृतिक कार्यक्रममा
चन्दा सहयोग स्वरुप --------------------५०,००० (पचास हजार वन)
२००७ फेब्रुअरी १७ चन्दा सहयोग ।
नेपाल सम्पर्क समितिको सांस्कृतिक
कार्यक्रममा चन्दा सहयोग स्वरुप -------५१,००० (एकाउन्न हजार वन)
२००७ फेब्रुअरी १८ चन्दा सहयोग ।
किंरात राई परिवारको सांस्कृतिक
कार्यक्रममा चन्दा सहयोग स्वरुप --------४५,००० (पैतालिस हजार वन)
२००७ मे ५ बिदाई कार्यक्रम ।
थसेस साधारण सदस्य श्रीमती रजनी सेरचन
स्वदेश फर्कंदा बिदाई कार्यक्रममा उपहार----- ५०,००० (पचास हजार वन)
२००६ अक्टुबर ६ साईकल यात्रीलाई सहयोग ।
नेपालबाट आएको बिश्व साइकल यात्रीलाई
चन्दा सहयोग -----------------------------५०,००० (पचास हजार वन)
२००७ सेप्टेम्बर २४ चन्दा सहयोग ।
तमूधिंको सांस्कृतिक कार्यक्रममा
चन्दा सहयोग स्वरुप --------------------५१,००० (एकाउन्न हजार वन)
२००७ सेप्टेम्बर २५ चन्दा सहयोग ।
चितवन समाजको सांस्कृतिक
कार्यक्रममा चन्दा सहयोग स्वरुप ---------५१,००० (एकाउन्न हजार वन)
२००८ जनवरी २० आइतबार , मनाङ परिवारलाइ आर्थिक सहयोग
अध्यागमण बिभागका कर्मचारीहरुबाट पोच्छन स्थित एक कम्पनीमा छापा मार्दा दौडधुप गर्ने क्रममा मनाङ जिल्लाका तुल्सी राम गुरुङ को दुई खुट्टामा चोट लाग्न गई अस्पतालमा ठूलो रकमको आवश्यक परेको र आर्थिक सहयोग गरिपाउँ भन्ने ब्यहोराको पत्र मनाङ परिवारको तर्फबाट थसेस दक्षिण कोरियालाई प्राप्त भएकोले श्री तुल्सी राम गुरुङको स्वास्थ्य लाभको कामना गर्दे
आर्थिक सहयोग -----------------------७५,००० वन ।
६ फेब्रुअरी २००८ सुदुर पश्चिम समाजको सांस्कृतिक कार्यक्रममा
आर्थिक सहयोग -------------------------------------- १२०,००० वन
१८ फेब्रुअरी २००८ स्वर्गिय रोशन शाही चन्दा सहयोग ।
म्याग्दी जिल्लाबाट कोरिया आई कार्यरत बर्ष ३४ का रोशन शाहीको अचानक निधन भए पछि उहांको
चिर शान्ती तथा शोकाकुल परिवार प्रति ईश्वरले धैर्य धारणा गर्ने शक्ती प्रदान गरुन् भन्ने कामनाको
साथ थकाली सेवा समिति दक्षिण कोरियाको तर्फबाट
आर्थिक सहयोग स्वरुप------ -----------------------------------१००,००० वन
१५ मार्च २००८ अशोक राईलाई उपहार प्रदान ।
थकाली सेवा समिति दक्षिण कोरियाका सदस्य श्री बिनोद गौचन आफू कार्यरत कम्पनीको मेशिनमा अचानक हात पर्न गई हातमा गहिरो चोट लाग्न पुगेको र लामो समय अस्पतालको उपचार पश्चात डिस्चार्ज भई हाल कम्पनीमै रहनु भएको छ । कसैको सहयोग बिना केहि गर्न नसक्ने अबस्थामा आफू संगै कार्यरत तथा रुम पार्टनर अशोक राईले ठूलो सहयोग गर्दै आएको सुन्नमा आएकोले धन्यबाद स्वरुप
उपहार प्रदान --------------------------------------------------२०,००० वन .
२० मार्च २००८ उत्तम गौचन हवाई टिकट सहयोग ।
थसेस दक्षिण कोरियाका पुर्व सदस्य उत्तम गौचन अध्यागमन बिभागको धरपकडमा पर्नु भईस्वदेश फर्कंदा टिकटको ५० प्रतिशत थसेस दक्षिण कोरियाको कोषको रकमबाट दिईने ब्यबस्था अनुरुप टिकटमा
सहयोग --------------------------------------------------------३७०,००० वन ।
२६ अप्रिल २००८ बृद्ध पर्वतारोही मिन बहादुर सेरचनलाई चन्दा सहयोग
म्याग्दी जिल्ला भुरुङ तातोपानी निवासी
श्री मिन बहादुर सेरचन सबै बन्दा बृद्ध उमेरमा सगरमाथाको आरोहण गरि
गिनिज बुकमा नाम लेखाउने महान लक्षका साथ चन्दा संकलन अभियानको शिलसिलामा
दक्षिण कोरिया आउनु भएकोले थकाली सेवा समिति दक्षिण कोरियाको तर्फबाट
युएस डलर --------------------------------------------५०० (नेरु ३१,०००)
२९ जुन २००८ रुपेश तुलाचनको लागि हवाई टिकटमा सहयोग ।
बिगत ४ बर्ष देखि कोरियामा कार्यरत रुपेश तुलाचन अध्यागमन बिभागको कर्मचारीबाट धरपकडमा
परि स्वदेश फर्किनु परेकोले थसेस दक्षिण कोरियाको निति अनुरुप हवाई टिकटको रकममा
५0% सहयोग स्वरुप ----------------------------------- ४१०,००० वन
२७ जुलाई २००८ नेपाल प्रगतिशिल मोर्चाको सांस्कृतिक कार्यक्रममा सहयोग------५०,००० वन ।
२७ जुलाई २०००८ नेपालबाट थकाली पोशाक आयात ।
आफ्नो संस्कार र संस्कृतिको जगेर्ना गर्न तथा कोरियामा थकाली संस्कारको परिचय गर्न
थप सहयोग पुगोस् भन्नाको खातिर थकाली पोशाक आयात गर्ने निर्णय भए अनुरुप
नेपालबाट थकाली पोशाक आयात गर्दा र लगेज खर्च सहित जम्मा खर्च ------७४४,००० वन
३० जुलाई २०००८ जनजाति महासंघ दक्षिण कोरियालाई सहयोग स्वरुप------ २००,००० वन।
१० अगष्ट २००८ एन आर एनको बुद्द परिचय कार्यक्रममा सहयोग स्वरुप-------५१,००० वन ।
२० अगष्ट २००८ प्रवासी नेपाली मृत्यु सहयोग ।
स्याङजा जिल्लाबाट कोरिया आई कार्यरत रहेका थापा मगरको आकष्मिक निधन
भएपछि थसेस दक्षिण कोरियाको आर्थिक सहयोग स्वरुप -----------------५०,००० वन ।
१३ सेप्टेम्बर २००८ गुल्मी सम्पर्क समितिको रेशुङगा सांस्कृतिक कार्यक्रममा सहयोग----१००,००० वन ।
१४ सेप्टेम्बर २००८ सोलु परिवारको सांस्कृतिल कार्यक्रममा सहयोग -------५०, ००० वन।
१५ सेप्टेम्बर २००८ नेवा पुच: को नेवा भोजमा सहयोग स्वरुप --------------३०,००० वन।
२५ अक्टुबर २००८ संस्थापक सदस्य श्याम सेरचन स्वदेश प्रस्थान गर्दा बिदाई कार्यक्रममा
थसेस द. कोरियाको तर्फबाट उपहार स्वरुप --------------------५०,०००वन।
१० नोभेम्बर थसेस सल्लाहकार सदस्य हर्क सेरचन स्वदेश फर्कदा उपहार स्वरुप ---२०,०००
२४ नोभेम्बर २००८ - नेपाल जनसम्पर्क समिति द कोरियाको दिप श्रेष्ठ एकल सांझमा
सहयोग स्वरुप -----५०,०००
७ डिसेम्बर २००८ धरपकडमा परेका सह सचिव बिकास तुलाचनको
हवाई टिकटमा आर्थिक सहयोग स्वरुप--------------४३०,००० वन ।
-------- थप उपलब्धिहरु हेर्नको लागि यहां क्लिक गर्नु होस

Read more...

बनभोज कार्यक्रमको फोटोहरु

Sunday, September 30, 2007










Read more...

संसारकै अग्ला र होचा ब्यक्ति बिचको भेटघाट

Sunday, September 16, 2007


संसारकै सबैभन्दा अग्ला व्यक्तिले संसारकै सबैभन्दा होचा व्यक्तिसँग हात मिलाएका छन् । यो ऐतिहासिक क्षण त्यति बेला जुरेको थियो जब ७ फिट ९ इन्चका बाओ जिसुन र मात्र २ फिट ५ इञ्चका हे पिङपिङले चीनको भित्री मंगोलिया स्थित बाओतोमा भेट हुँदा एकअर्कालाई 'हेल्लो' गरे । बाओले हालै मात्र ५ फिट ६ इञ्चकी जिया सुजिआनसँग भव्यतम विवाह गरेका थिए । पारम्परिक मंगोलियन शैलीमा भव्यरुपमा सम्पन्न भएको उनको बिहेलाई थुप्रै व्यवसायिक कम्पनीहरुले प्रायोजन गरिदिएका थिए । केही समयअघि बाओले दुइ वटा डल्फिनको ज्यान जोगाएका थिए । केही प्लास्टिक चपाएका कारण विरामी परेका ती डल्फिनको भुँडीभित्र उनको लामो हात घुसाएर ती प्लास्टिक झिकी ज्यान जोगाउन सफल भएका हुन् ।
बाओ गएको एक वर्षअघि मात्र संसारकै अग्ला जीवित व्यक्तिको उपाधि पाएका थिए । यसअघिका रेकर्ड बनाउने ट्यूनिसियाका रेधोउन कर्बिब भन्दा बाओ मात्र दुइ मिलिमिटर अग्ला रहेका छन् । यता संसारकै सबैभन्दा होचो व्यक्तिका रुपमा आफ्नो नाम लेखाउन हे पिङपिङ लागिपरेका छन् । चीनमा त उनी सबैभन्दा होचा व्यक्ति जमानामा नै भइसकेका हुन् ।

Read more...

सुचना

Sunday, September 9, 2007


Read more...

दक्षिण कोरियामा कार्यरत थकाली बन्धूहरुको सम्पर्क ठेगाना ।

Sunday, September 2, 2007

भक्त सेरचन शिख, फलाटे-म्याग्दी (अध्यक्ष थसेस द.कोरिया )
Mobile no : 010-2672-9576
Email: sherchan126@yahoo.com
भरत तुलाचन, छिस्बाङ- म्याग्दी ( Thasesa blog designer)
Mobile no : 010-2388-8410
Email: btulachan2000@yahoo.co.kr
क्षेत्र थकाली, मुस्ताङ
Mobile no : 010-9192-6361
Email:
पुर्ण तुलाचन छिस्बाङ, म्याग्दी
Mobile no : 010-2892-8410
Email:
दिनेश हिराचन
Mobile no : 010-8741-7613
Email:
टंक सेरचन पात्लेखेत, म्याग्दी
Mobile no : 010-2504-2675
Email: sherchantp39@yahoo.com
बिकल सेरचन
Mobile no : 010-6691-7023
Email:
बिनिता गौचन (मुस्ताङ, घाँ‌स)
Mobile no : 010-7213-7694
Email:gauchan_binu2008@yahoo.com
अनुज भट्टचन (Associate Research scientist )
Mobile no : 010-3476-0611
Email:
कमला सेरचन
Mobile no : 010-6859-0610
Email:
कुल प्रसाद ज्वारचन
Mobile no : 010-9374-5635
Email:
मनोज गौचन (बुटवल,बांसबारी)
Mobile no : 010-8698-3090
Email: sitalchhari123@yahoo.com
मिना हिराचन
Mobile no : 010-4996-5125
Email:
सगुन भट्टचन
Mobile no : 010-8849-4461
Email:
शुशिला तुलाचन
Mobile no :010-3914-7734
Email:
लक्ष्मी सेरचन (कास्की ,नौंडांडा)
Mobile no : 010-9065-4459
Email:
रितु भट्टचन
Mobile no :010-5434-4761
Email:
तारा ज्वारचन
Mobile no : 010-8687-5773
Email:
जुना ज्वारचन
Mobile no:010-4614-5773
Email:lovelybinjuthakali@yahoo.com
इच्छा लालचन
Mobile no : 011-9681-0562
Email:
विष्णु लालचन
Mobile no : 010-5846-6649
Email:
शकुन्तला हिराचन
Mobile no : 010-3146-4457
Email:
मंगली भट्टचन (जोमसोम, मुस्ताङ)
Mobile no :010-8683-9459
Email:
विष्णु प्रसाद सेरचन
Mobile no :010-2945-2394
Email:
शिव सेरचन
Mobile no :010-9294-3147
Email:
शंकर सेरचन
Mobile no :010-7214-7066
Email:
सुधन ज्वारचन
Mobile no :010-4805-7613
Email:
सर्जुना ज्वारचन
Mobile no :010-8672-7613
Email:
दिपेश हिराचन
Mobile no :010-9641-7613
Email:
सन्जिप थकाली
Mobile no : 010-7213-7774
Email:
सुनिल गौचन, बुटवल
Mobile no : 010-7924-2112
Email:
शर्मिला गौचन
Mobile no : 010-8683-3247
Email:
इन्द्र सेरचन
Mobile no :010-8691-8383
Email:
दिल सेरचन
Mobile no :010-8681-1238
Email:
राम सेरचन (काठमाडौ)
Mobile no :
Email:
सबिता गौचन (बुटवल,रुपन्देही)
Mobile no :
Email:
रत्न सेरचन (म्याग्दी,तातोपानी)
Mobile no :
Email:
मिना गौचन ( रुपन्देही,बुटवल)
Mobile no : 010-5529-1439
Email:
अजित सेरचन
Mobile no : 010-7189-9992
Email:
श्याम हिराचन
Mobile no :
Email:
कमला हिराचन
Mobile no : 019-2893-4402
Email:
नविन सेरचन
Mobile no : 010-8062-8836
Email:
राम तुलाचन काठमाण्डौ
Mobile no :
Email:
शुसल तुलाचन सिंगा तातोपानी , म्याग्दी
Mobile no : 010-7316-5016
Email:
अन्जु सेरचन भैरहवा
Mobile no : 010-2897-5028
Email:
भीम प्रसाद सेरचन झिँ म्याग्दी
Mobile no :
Email:
लाल गौचन, मुस्ताङ
Mobile no : 010-5480-0442
Email:
प्रकाश भट्टचन
Mobile no :
Email:
मन्जु भट्टचन
Mobile no : 010-4968-2707
Email:
>>Last Update: 2012-01-30th Monday
नोट: कोरियाली भूमिमा आई कार्यरत रहनु भएका मध्य हामीलाई जानाकारी भए अनुसारका थकाली बन्धूहरुको नाम, ठेगाना तथा सम्पर्क माध्यम थसेस कोरिया ब्लगमा राखिएको छ, उप्रान्त कसैको नाम छुट्न गएमा वा कसैको सम्पर्क न. परिवर्तन भएमा हाम्रो ईमेल thasesakorea@yahoo.com मा फोन न. सहित पठाई सहयोग गरिदिनु हुन् अनुरोधको साथै जानाकारीमा आउनु हुने र नव प्रवेशी थकाली बन्धूहरुको बिबरण क्रमश: राख्दै जानेछौं । धन्यबाद !!!

Read more...

location


Read more...

अध्यक्षको मन्तब्य

Saturday, September 1, 2007


धवलागिरी अन्चलमा पर्ने चार जिल्लाहरु मध्य मुस्ताङ जिल्ला एक हो । हिमाल पारिको जिल्ला भनेर चिनिने यस जिल्लामा यातायातको सुबिधा भन्नु नै एकमात्र हवाई सेवा हो । यस जिल्लामा बिभिन्न जात जातिहरुको वसोवास रहेता पनि बिषेश गरि थकालीहरुको बाहुल्यता रहेको छ । यस जिल्लाको थाकखोला क्षेत्रलाई थकाली जातिको पुर्ख्यौली थलोको रुमा चिनिने गर्दछ । यसै थाकखोला क्षेत्रबाट बसाई सराईको क्रममा नेपाल अधिराज्यको बिभिन्न जिल्लामा वसोवास गर्दै आएको पाइन्छ । नेपाल अधिराज्यको कुल जनसंख्याको जिरो पोइन्ट छ प्रतिशत जनसंख्या रहेको थकाली जातिहरु मध्य पचास प्रतिशत राजधानी काठमाण्डौमा स्थाई बसोवास गर्दै आएका छन ।
हाम्रो देश नेपालबाट रोजगारको खोजिमा बिदेशिनु पर्ने बाध्यता संगै थकाली जातिहरु पनि बिभिन्न मुलुकहरुमा पुगि कार्यरत रहेको पाइन्छ । बैदेशिक रोजगारकै क्रममा कोरियाली भूमिमा पनि नब्बेको दशक देखिनै थकाली जातिहरुको आगमन शुरु भएता पनि संख्यात्मकबृद्दि भने हुन सकि रहेको थिएन । तर हाम्रो देशको असहज परिस्थितिले गर्दा यस भूमिमा रोजगारमा आउने थकाली जातिहरुको संख्यात्मक बृद्दि संगै बिबिध समस्याहरु पनि तड्कारो देखिन थाल्यो । मुख्य रुपमा थकाली जातिको परंम्परागत एकताको सोंचले स्थान पाउंदै गयो । जसको फलस्वरुप कोरियाली भूमिमा कार्यरत सम्पूर्ण थकाली बन्धूहरु थकाली सेवा समिति नामक संस्थामा गोलबद्द भएका छन ।
आदरणिय दाजुभाई तथा दिदी बहिनीहरु ,
कोरियाली भूमिमा रहेका पचासौं सामाजिक संघ संस्थाहरु मध्य थकाली सेवा समिति एक हो । यस पबित्र संस्था यस भूमिमा कार्यरत सम्पूर्ण थकाली बन्धुहरुको साझा चौतारी हो । यस संस्थालाई मलजल गरेर अझ अगाडी बढाउनु कोरियामा कार्यरत सम्पूर्ण थकाली बन्धुहरुको कर्तब्य हुन आउंछ । यस भूमिमा कार्यरत रहेका प्रवासी नेपालीहरु लगायत सम्पूर्ण संघ संस्थाहरु संगको भाईचाराको सम्बन्धलाई अझ बढाउंदै लैजाने थसेस दक्षिण कोरियाको निति रहि आएको छ । जस्ले यसभूमिमा कार्यरत सम्पूर्ण थकाली बन्धुहरुको हरेक समस्याहरुको समाधानमा कोशेढुंगा शावित हुने कुरामा दुईमत छैन । हामी जहाँ रहेता पनि आफ्नो संस्कार र संस्कृतिको जगेर्णा गर्नु पर्दछ भन्ने भावनालाई हृदयंगम गर्दै विभिन्न कार्यक्रमहरुको आयोजनाहरु गर्दै जाने निति थसेस कोरियाको रहेको छ । जस्को लागि हरेक थकाली बन्धुहरुको सल्लाह र सुझाबको आवश्यकता अपरिहार्य हुन्छ ।
अन्तमा , यस भूमिमा आई कार्यरत थकाली बन्धूहरु मध्य कोहि थकाली सेवा समिति दक्षिण कोरिया संग आबद्द हुनु हुन्न भने संस्थाको संस्थागत मुल्य र मान्यतालाई शिरोपर गर्दै यस पवित्र संस्थामा सामेल हुन अनुरोध गर्दछु । साथै यस भूमिमा कार्यरत सम्पूर्ण प्रवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा थकाली सेवा समिति परिवार तथा मेरो तर्फबाट उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।
भक्त सेरचन
अध्यक्ष थकाली सेवा समिति
दक्षिण कोरिया

Read more...

एक पाईला अगाडी

Thursday, August 30, 2007




सविता सेरचन

Fashion Designer Savvy "Fashion Affair"

पोखरामा फेसन शो हुने वित्तिकै झट्ट सविता शेरचनको नाम आउछ । अहिले पोखरामा सविता र फेसन पर्यायवाची नै भइसकेको छ । अहिले पोखरामा चलेको वुटिक पनि उनकै हो । वुटिकमा आउनेहरुको भीड त्यतिकै मात्रमा वढेको छ । फेसनपारखीहरुको भीड त्यतिकै वढेको पक्कै होइन । समयअनुरुप को डिजाइनको निर्माण र उनको आफनै आचरणगत शैली पनि कारक वनेको छ । एक वर्षे फेसन डिजाइनिङको कोर्षपुरा गरेपछि उनि फेसन डिजाइनिङको क्षेत्रमा हुत्तिएकी हुन । २ वर्षअगाडी महेन्द्रपुलको व्यस्त वजारमा खोलिएको सेभी वुटिक हरेक फेसनप्रेमी पोखरेलीहरुको रोजाइ वन्न पुगेको छ । दिदीको प्रेरणाले फेसन डिजाइनमा हुत्तिएकी सविता को सानैदेखिको रुची पनि यस क्षेत्रमा लाग्ने थियो । अहिले आएर रहर पुरा भएको मा उनि हषिर्त छिन् । उनि यस संगै जापनिज भाषाकी शिक्षिका पनि हुन । उनले विगत ३ वर्षदेखि जापानिज भाषा पनि शिक्षण गदै आएकी छिन् उनको फेसन डिजाइनिङ क्षेत्रको वारेमा केन्द्रित भएर गरिएको कुराकानी

१. तपाई फेसन डिजाइनर हुनुहुन्छ, फेसनलाई कसरी परिभाषित गर्नुहुन्छ ?

फेसन समयको डिमान्ड हो । समयको परिवर्तन संगै हरेकको चाहना आफुलाई कसरी स्मार्ट वनाउने भन्ने रहेको छ । स्मार्ट वन्नका लागि सुहाउदो पहिरन आवश्यक छ । समयको माग अनुरुप चल्नु तथा आफुलाई त्यही रुपमा परिवर्तन गर्नु नै फेसन हो ।
२. तर कतिपय ले त अझै पनि फेसनलाई नकारात्मक रुपमा लिन्छन् नि ?
त्यो त फेसनको अर्थ नवुझनेहरुले भन्ने कुरा हो । फेसन भन्नाले उच्छृङखल मात्र हुन्छ भन्ने सोचाई राख्नेहरुले मात्र यसलाई नकारात्मक रुपमा लिन्छन् । समयलाई नवुझनेहरुले मात्र फेसनलाई नकारात्मक रुपमा लिएका हुन ।
३. फेसन डिजाइनिङमा तपाईको प्रवेश कसरी भयो ?
पहिलो कुरा कुनै क्षेत्रमा लाग्न आफनो इच्छा पनि हुनुपर्दछ । मेरो पनि सानै देखि नै यस क्षेत्रमा लाग्ने रुची थियो । यसका साथै ९ वर्षजापान वर्साईवाट स्वदेश आए पछि ममा फेसन डिजाइनिङ सम्वन्धि तालिम लिने उत्कण्ठ जागृत भयो र तािलम पनि लिए । पोखरामा वुटिकको अभाव खडकेको देखे र त्यो अभाव पुरा गराउन वुटिक खोले र यस क्षेत्रमा होमिए ।
४. कति भयो तपाईको यस क्षेत्रमा लागेको समय ?
चार वर्षो अवधि वितिसकेको छ ।
५. यस क्षेत्रमा लागेर के पाउनु भयो ?
त्यस्तो ठुलो उपलब्धि नभए पनि नाम भने कमाए जस्तो लाग्छ । यसका साथै धेरै थोरै दाम पनि । मुल कुरा त आत्मसन्तुष्टि नै हो । सवैले फेसन डिजाइनरको रुपमा आफुलाई चन्दा त्यो भन्दा ठुलो खुशि अरु केही लाग्दैन ।
६. वुटिक प्रतिको धारणा अहिले कस्तो छ ?
पहिला शूरुमा त राम्रो थिएन । वुटिक र टेलरिङलाई एउटै दायरमा रहेर हेर्ने गर्दथे । मलाई पनि यस क्षेत्रमा लाग्दा शुरुमा धेरै झमेला आइपर्‍यो । यस्तो पेशा पनि अंगाल्ने भनेर गाली गर्न थाले ।
तर अहिले त्यो सोचाईमा पुण रुपमा परिवर्तन आएको छ । अहिले सवैले यसको महत्व वुझेका छन् ।
७. कहिले सम्म यो क्षेत्रमा लाग्नुहुन्छ ?
आफुले चाहको क्षेत्रमा लाग्न पाएकी छु । सास र आस रहेसम्म म यस क्षेत्रमा लागिरहने छु । यो नै मेरो अठोट छ ।
८तपाईको विचारमा वुटिक के हो ?
तपाईको वुटिक फेसन डिजाइनहरुको समग्र संक्लन हो । जहा“ डिजाइनरहरुले ग्राहकका डिमान्ड अनूरुपका पहिरनहरु तयार पार्ने गर्छन । अहिले समयको माग नै वुटिक भइसकेको छ ।
९. वुटिकका ग्राहक वढी कस्ता हुने गरेका छन ?
वढी मात्रमा टिनएजर र हाउस वाइभ हुने गरेका छन् । हलिउड वलिउडको देखासिकी गरेर सोही अनुरुपको डिजाइन खोज्दै युवायुवतिहरु आउने गरेका छन् ।
१०. वुटिकलाई टेलरिङ भन्दा दुख लाग्दैन ?
नवुझनेले त्यसो भनेका हुन् । त्यसो भन्दा दुख लाग्नु स्वभाविक हो। तर अहिले धेरैले वुझेका छन् वुटिकको महत्व ।
११. अहिले त पोखरामा धमाधम वुटिक खुलेका छन , धेरै हुदा तपाईको व्यापारमा वाधा पुग्दैन ?
जति धेरै खुल्यो उति राम्रो नि । यसो भए पछि प्रतिस्पर्धा पनि हुन्छ । उत्कृष्ठ सेवा दिने तर्फधेरैको ध्यान पुग्छ । तर रहरमा वुटिक खोल्नु भने त्यति उचित होइन । केही जानेर वुझेर खोल्दा केही फरक पदैन ।
१२. वुटिक संचालन गरेर जीवन निर्वाह गर्न सकिन्छ ?
अवश्य सकिन्छ किन नसक्नु । कुनै पनि व्यवसाय गर्दा त्यसमा लगनशिल र निरन्तर रुपमा गर्नु पर्‍यो । वुटिक सञ्चालन गर्दा मात्र होइन जुनसुकै व्यवसाय गर्दा पनि जीवन निर्वाह गर्न सकिन्छ । हामीले वुटिक सञ्चालन गरेर आफुले मात्र कमाएका छैनौ रोजगारी पनि दिएका छौ नि त ।
१३. तपाईले घरपरिवार वाट कस्तो सर्पौट पाउनु भएको छ ?
घरपरिवारको सहयोगले गर्दा नै म यो पेशामा टिकीरहेकी छु । मालई दिदी पनि त्यतिकै सहयोग गर्नु भएको छ । मलाई यस क्षेत्रमा निरन्तर लाग्नका लागि पुण र्समर्थन छ ।
१४. तपाईको भावी योजनाहरु के के छन् ?
फेसनका सम्वन्धमा अझ नया नया कुराहरु जान्ने र वुझने इच्छा छ । यसका लागि फेसन डिजाइनिङको नया कोर्षो ज्ञान वटुल्न विदेश जाने योजना पनि छ । हेरौ कस्तो हुन्छ ।
१५. अन्त्यमा के भन्न चाहनुहुन्छ ?
फेसनको क्षेत्र विस्तृत छ । फेसनालई सही रुपमा लिएर अनुसरण गरिदिन र्सर्वैलाई अनुरोध गर्दछु । आफुलाई समय अनुसार सवैले परिवर्तन गर्नुपर्छ । यसका लागि फेसन पनि अभिन्न अंग हो । फेसनले नै व्यक्तिको व्यक्तित्व झल्काउछ । ( लभ्ली पोखरा डटकममा प्रकाशित अन्तर्वाता )

Read more...

थसेस जापानको आयोजनामा बनभोज कार्यक्रम सम्पन्न

Friday, August 17, 2007

गत अगष्ट महिनाको ५ तारिखको दिन थकाली सेवा समिति जापानले राजधानी टोक्यो स्थित फुतागोतामागावामा वार्वेक्यु पार्टी अर्थात बनभोज कार्यक्रमको आयोजना भब्यताको साथ सम्पन्न गरेको समाचार छ । बनभोज कार्यक्रम आयोजक थसेस जापानलाई उद्दत गर्दै नेपाल जापान डटकमले प्रेषित गरेको समाचार अनुसार कार्यक्रममा नेपाली ,जापानी लगायत अन्य देशका ब्यक्तिहरुको बाक्लो सहभागिता रहनुको साथै जापान स्थित बिभिन्न संघ संस्थाका पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो । राष्टि्य गानबाट सुरु गरिएको उक्त कार्यक्रमको संचालन थसेस सल्लाहकार शरद कुमार गौचनले गर्नु भएको थियो भने डिजे टंक सेरचनले सहभागिहरुलाई नाचुन्जेल नचाउनु भएको थियो। कार्यक्रममा एनआरएन जापानका अध्यक्ष राजन प्रधानागंले शुभकामना दिनुभएको थियो भने थसेस जापानका अध्यक्ष ध्रुब भट्टचन ले धन्यबाद ज्ञापन गर्दै कार्यक्रमलाई समापन गर्नु भएको थियो । स्मरणिय रहोस् थसेस जापानले प्रत्यक बर्षको गर्मी याममा बनभोज कार्यक्रमको आयोजना गर्दे आईरहेको छ ।

Read more...

अमेरिकामा थकालीहरुको पहिलो पटक भेला

Wednesday, August 15, 2007


अमेरिकामा रहेका थकालीहरु (शेरचन, गौचन, भट्टचन र तुलाचन) को पहिलोपटक बृहत भेला आईतबार न्यूयोर्कमा भब्यताकासाथ सम्पन्न भएको समाचार छ । भेलाको उद्घाटन सत्रमा आयोजकहरुको तर्फबाट उपस्थित समस्त थकाली बन्धुहरुलाई धन्यबाद तथा स्वागत अभिबादन टक्र्याउँदै उपप्रधानमन्त्री अमिक शेरचनका पुत्र श्रमिक शेरचनले स्वागत भाषण गर्नुभएको थियो । अमेरिकाको बिभिन्न राज्यहरुमा छरिएर रहेका थकालीहरु लामो दूरीका यात्रा गरेर भेलामा सहभागी भएका थिए । भेलालाई सम्बोधन गर्दै डा. किशोर शेरचनले थकाली संस्कृतिमा थकाली जातिको आफ़्नो छुट्टै थकाली भाषाको बिकास गर्नका लागि नेपालमा स्थापना गरिएको थकाली रिसर्च सेन्टरको बारेमा प्रकाश पादैं उक्त रिसर्च सेन्टरको प्रकाशन "थसाङ" र थकाली भाषाको शब्दकोष अमेरिकाबासी थकालीहरुलाई बितरण गर्नुभएको थियो । यसैगरी लामो दूरीको यात्रा छिचोल्दै वासिङटन डिसीबाट भेलामा भाग लिन पुग्नुभएका खेम भट्टचनले थकाली रिसर्च सेन्टरको लागि ९ लाख आर्थिक सहयोग उपलब्ध गराउने जापानको थकाली सेवा समितिको बारेमा प्रकाश पार्दै बिदेशमा भईपरी आउने सुख दुख र आपतबिपत टार्नका लागि पनि थकालीहरु संगठित हुन आवश्यक रहेको कुरामा जोड दिनु भएको थियो । यसैगरी महिला सहभागीहरुका तर्फबाट म्याग्दी बेनीकी बिमला शेरचनले बोल्नु भएको थियो । भेलाको दोश्रो सत्रमा अमेरिकामा रहेका ३० हजार नेपाली जनजातिहरुको सम्मेलनको आयोजना र सो सम्मेलनमा प्रमुख अतिथिकारुपमा उपप्रधानमन्त्री अमिक शेरचनलाई आमन्त्रण गर्ने बारे बिस्तृत छलफल भएको थियो भने भेलाले थकालीहरुको अन्तर्राष्ट्रिय नेटवर्कका लागि एउटा होमपेज निर्माण गर्न कम्प्युटर इञ्जिनियरद्वय सुशिल भट्टचन र सुधिर गौचनलाई जिम्मा लगाएको छ । यसैगरी भेलाले थकालीहरुको महान पर्व फागुपूर्णिमा (तोरन्ल) न्यूयोर्कमा मनाउने निर्णयसमेत गरेको छ । अमेरिकामा ३ दिनदेखि परिरहेको अबिरल बर्षाका कारण खुल्ला पार्कमा गर्ने भनिएको सो भेला न्यूयोर्कबासी नेपालीहरुको भोज-भतेर, बिबाह,पार्टी, सभा-सम्मेलन हुने गर्ने नेपाली तथा जापानी रेष्टुरेन्ट यतिको हलमा गर्नुपरेको थियो । भेलामा सहभागीहरुलाई स्वादिष्ट थकाली भोजन लगायत खसीको मासु, सेलरोटी जस्ता मिष्ठान्न परिकारको ब्यवस्था न्यूयोर्कबासी थकाल्नीहरुको अग्रसरतामा तयार पारिएको थियो । सामूहिक परिचयबाट शुरु गरिएको सो भेलामा अमेरिकाका बिभिन्न राज्यहरुमा रहेका ब्यापारी, बुद्धिजीवी, उच्चपदस्थ कर्मचारी, डाक्टर, इञ्जिनियर, बिद्यार्थी लगायत सर्बसाधारण थकालीहरुको उत्साहप्रद उपस्थिति रहेको थियो । तीन चरणमा बिभाजन गरिएको उक्त एक दिवसिय भेलाको सञ्चालन भेला आयोजक समितिका संयोजक बुद्धि शेरचनले गर्नुभएको थियो । अमेरिकामा रहेका थकालीहरुको संगठन खडा गर्ने भेलाको प्रमुख उदेश्यअनुरुप बिभिन्न राज्यहरुबाट प्रतिनिधित्व रहने गरी भेलाद्वारा १३ जना संयोजकहरुको चयन गरिएको छ । अर्को कार्यकारिणी समिति गठन नभएसम्मको लागि तदर्थ समितिकोरुपमा यस समितिले नै अमेरिकामा थकाली सेवा समितिको काम गर्ने अधिकार समेत भेलाले दिएको छ । जसअनुसार समितिमा देहायका ब्यक्तिहरु चयन हुनु भएको छ :- १. श्रमिक शेरचन (न्यूयोर्क)२. डा. किशोर शेरचन (क्यालिफोर्निया)३. खेम भट्टचन (वासिङटन डि.सी.)४. सुशिल भट्टचन (फ़्लोरिडा) ५. बिक्रम शेरचन (बोस्टन) ६. सु श्री ज्ञानु शेरचन (ओहायो) ७. डा. श्याम शेरचन (लसएञ्जलस)८. मनिष गौचन (टेक्सास) ९. खगेन्द्र शेरचन (पेन्सिलभानिया)१०. ओम तुलाचन (मेरिल्याण्ड) ११. सुभाष भट्टचन (न्यूजर्सी) १२. बुद्धि शेरचन (न्यूयोर्क) १३. रवि भट्टचन (कान्सास) औपचारिक कार्यक्रमपछि भेला सांगीतिक माहौलमा परिणत भएको थियो । युवायुवतीहरु डिजेमा झुम्मिएका थिए भने प्रौढहरु रातभर दोहोरीको रौनकतामा जमेका थिए ।

नोट: यो समाचार गत सालको सेप्टेम्बर महिनामा समुद्र पारि डटकममा प्रकाशित भई सकेको भएता पनि जानाकारी बिहिन पाठक वर्गहरुको लागि थसेस ब्लगमा पुन: प्रकाशन गरिएको छ ।

Read more...

Request

Monday, August 6, 2007

Read more...

बिबिध कार्यक्रमको फोटोहरु

Saturday, August 4, 2007





















































Read more...

थसेस दक्षिण कोरिया एक परिचय

देशको बिकराल परिस्थितिले सिर्जित बेरोजगारको कारण लाखौं नेपाली आमाका सन्ततीहरुलाई छातीमा पिडा र ऋणको भार थोपर्दै बिदेशिन बाध्य पारेको छ। आफ्नो देश, आफन्तजन, र परिवारै छाडेर प्रवासिनु आफैमा दु:खदायी हुन्छ । छातीमा पिडा बोकेर बिदेशी भूमिमा बिभिन्न समस्याहरु संग पैंठेजोरी खेल्ने रहर त जो कसैमा पक्कै हुंदैन होला । तर नेपाल आमाका हामी बेरोजगार सन्तानहरु आफ्नो परिवारको सुन्दर भबिष्य निर्माण गर्ने कल्पना संगै आफ्नो जीवनलाई नै बन्धकी राखेर प्रवासी बन्न बाध्य भएका छौं । तर बेरोजगारको कारण प्रवासी बन्नु परेता पनि हरेक प्रवासीले देशको माया, आपसी सहयोग, आ-आफ्नो संस्कार र संस्कृति प्रतिको आस्थालाई भने बिर्सनु हुंदैन।
धौलागिरी अंञ्‍चल मुस्ताङ जिल्ला अन्तर्गत थाकखोला क्षेत्रलाई आफ्नो मुल जन्मथलो मान्ने हामी थकाली जातिहरु बसाइँ सराई पश्चात नेपाल अधिराज्यको विभिन्न जिल्लाहरुमा बसोवास गर्दै आएका छौं। नेपालको कुल जनसंख्याको जिरो पोईन्ट छ प्रतिशत मात्र जनसंख्या रहेको हामी थकाली जातिहरुमा पनि आफ्नो रोजिरोटीको लागि प्रवासिनु पर्ने बाध्यता नौंलो भने होईन । बर्षौं देखि आर्थिक रुपमा सर्वाधिक सम्पन्न राष्ट्र जापान लगायत बिश्वका अन्य बिकसित मुलुकहरुमा गई थकालीहरु रोजगार गरिरहेको कुरा जगजाहेरै छ। तर थकालीहरु जहां जसरी रहेता पनि एकताको भावनाबाट प्रेरित थकाली जातिहरुको सांगठनिक सोंचलाई प्रवासी थकालीहरु रहेका बिश्वका जुनसुकै मुलुकमा होस् प्रशंसा गर्न लायक छ भन्दा अतिशयोक्ति नहोला । यसै क्रममा कोरियाली भूमिमा पनि रोजगारको खोजिमा सन् नब्बेको दशक तिरबाट नै थकालीहरुको आगमन शुरु भएता पनि यस भूमिमा प्रवासी थकालीहरुको संख्या अति न्युन हुनुको अलावा विविध समस्याहरु लगायत बिभिन्न असहज परिस्थितिको कारण थकाली बन्धूहरुको एकताले सांगठनिक रुप पाउन सकिरहेको थिएन । तर कोरियाली भूमिमा रोजगारीको खोजिमा आउने थकाली बन्धूहरुको संख्यात्मक बृद्दि हुन थालेपछि केहि समाज सेवी थकाली बन्धूहरुको सकृयतामा सन् २००२ सेप्टेम्बर १ तारिखको दिन थकाली सेवा समिति नामक संस्थाको स्थापना गरि दक्षिण कोरियामा रहेका सम्पूर्ण प्रवासी थकाली बन्धुहरु विधिवट् रुपमा सांगठनिक एकतामा गोलबद्द भएका थिए । त्यहिं संस्था नै आज अनेकन् उकाली अहो्रालीहरुलाई पार गर्दै यहाँ सम्म आईपुग्न सफल भएको छ ।
खासगरि नेपाल अधिराज्यको विभिन्न जिल्लाहरुबाट रोजगारीको खोजिमा दक्षिण कोरिया आई कार्यरत रहेका सम्पूर्ण प्रवासी थकाली बन्धुहरुलाई एकता बनाई एक आपसमा सहयोगको भावना जागृत बनाउनु नै यस संस्थाको मुख्य उद्देश्यको रुपमा रहि आएको छ । समयानुकुल उपलब्धि मुलक कार्यक्रमहरुको आयोजना तथा चन्दा संकलन आदिबाट आर्जित रकमले यस भूमिमा थकाली बन्धुहरु माथि आईपर्ने कुनैपनि समस्याहरुको समाधान तथा दुखद् अवस्थाबाट स्वदेश फिर्ता हुने बन्धूहरुलाई अवस्था हेरि ५० प्रतिशत देखि १०० प्रतिशत सम्म जहाज भाँडाको ब्यबस्था गरिएको छ । साथै कोरियाली भूमिमा रहेका सम्पूर्ण संघ संस्थाहरु संग संस्थागत एकता गर्दै यहाँ कार्यरत रहेका सम्पूर्ण प्रवासी नेपालीहरुमा सहयोगी भुमिका निर्वाह गर्दै आएको छ । आफ्नो संस्कृतिलाई झल्काउने कार्यक्रमहरुको आयोजना गर्न आवश्यक थकाली पोशाक, बाध्यबादनको सामग्री आदि थकाली सेवा समिति दक्षिण कोरियाको नाममा नेपालबाटआयात गरि सकिएको छ । थकालीहरुको प्रमुख चाड तोरन्ल पर्व प्रत्येक वर्ष दक्षिण कोरियामा रहेका प्रवासी थकाली बन्धुहरुको ठूलो उपस्थितिमा मनाउंदै आईरहेको छ ।
हाल म्याग्दी जिल्ला सिख गाबिस स्थित फलाते निवाशी श्री भक्त सेरचन ज्यूको अध्यक्षतामा चौध जनाको कार्य समितिको टोलीले सकृयताका साथ आफ्नो भूमिका निर्वाह गरिरहेको छ । btulachan2000@yahoo.co.kr

Read more...
Free counter and web stats
eXTReMe Tracker

  © Blogger template Noblarum by Ourblogtemplates.com 2009

Back to TOP