यहाँहरुलाई थकाली सेवा समितिको ब्लगमा हार्दिक स्वागत छ । धन्यबाद !

संसारकै अग्ला र होचा ब्यक्ति बिचको भेटघाट

Sunday, September 16, 2007


संसारकै सबैभन्दा अग्ला व्यक्तिले संसारकै सबैभन्दा होचा व्यक्तिसँग हात मिलाएका छन् । यो ऐतिहासिक क्षण त्यति बेला जुरेको थियो जब ७ फिट ९ इन्चका बाओ जिसुन र मात्र २ फिट ५ इञ्चका हे पिङपिङले चीनको भित्री मंगोलिया स्थित बाओतोमा भेट हुँदा एकअर्कालाई 'हेल्लो' गरे । बाओले हालै मात्र ५ फिट ६ इञ्चकी जिया सुजिआनसँग भव्यतम विवाह गरेका थिए । पारम्परिक मंगोलियन शैलीमा भव्यरुपमा सम्पन्न भएको उनको बिहेलाई थुप्रै व्यवसायिक कम्पनीहरुले प्रायोजन गरिदिएका थिए । केही समयअघि बाओले दुइ वटा डल्फिनको ज्यान जोगाएका थिए । केही प्लास्टिक चपाएका कारण विरामी परेका ती डल्फिनको भुँडीभित्र उनको लामो हात घुसाएर ती प्लास्टिक झिकी ज्यान जोगाउन सफल भएका हुन् ।
बाओ गएको एक वर्षअघि मात्र संसारकै अग्ला जीवित व्यक्तिको उपाधि पाएका थिए । यसअघिका रेकर्ड बनाउने ट्यूनिसियाका रेधोउन कर्बिब भन्दा बाओ मात्र दुइ मिलिमिटर अग्ला रहेका छन् । यता संसारकै सबैभन्दा होचो व्यक्तिका रुपमा आफ्नो नाम लेखाउन हे पिङपिङ लागिपरेका छन् । चीनमा त उनी सबैभन्दा होचा व्यक्ति जमानामा नै भइसकेका हुन् ।

0 개의 덧글:

Post a Comment

Free counter and web stats
eXTReMe Tracker

  © Blogger template Noblarum by Ourblogtemplates.com 2009

Back to TOP