यहाँहरुलाई थकाली सेवा समितिको ब्लगमा हार्दिक स्वागत छ । धन्यबाद !

एक पाईला अगाडी

Thursday, August 30, 2007




सविता सेरचन

Fashion Designer Savvy "Fashion Affair"

पोखरामा फेसन शो हुने वित्तिकै झट्ट सविता शेरचनको नाम आउछ । अहिले पोखरामा सविता र फेसन पर्यायवाची नै भइसकेको छ । अहिले पोखरामा चलेको वुटिक पनि उनकै हो । वुटिकमा आउनेहरुको भीड त्यतिकै मात्रमा वढेको छ । फेसनपारखीहरुको भीड त्यतिकै वढेको पक्कै होइन । समयअनुरुप को डिजाइनको निर्माण र उनको आफनै आचरणगत शैली पनि कारक वनेको छ । एक वर्षे फेसन डिजाइनिङको कोर्षपुरा गरेपछि उनि फेसन डिजाइनिङको क्षेत्रमा हुत्तिएकी हुन । २ वर्षअगाडी महेन्द्रपुलको व्यस्त वजारमा खोलिएको सेभी वुटिक हरेक फेसनप्रेमी पोखरेलीहरुको रोजाइ वन्न पुगेको छ । दिदीको प्रेरणाले फेसन डिजाइनमा हुत्तिएकी सविता को सानैदेखिको रुची पनि यस क्षेत्रमा लाग्ने थियो । अहिले आएर रहर पुरा भएको मा उनि हषिर्त छिन् । उनि यस संगै जापनिज भाषाकी शिक्षिका पनि हुन । उनले विगत ३ वर्षदेखि जापानिज भाषा पनि शिक्षण गदै आएकी छिन् उनको फेसन डिजाइनिङ क्षेत्रको वारेमा केन्द्रित भएर गरिएको कुराकानी

१. तपाई फेसन डिजाइनर हुनुहुन्छ, फेसनलाई कसरी परिभाषित गर्नुहुन्छ ?

फेसन समयको डिमान्ड हो । समयको परिवर्तन संगै हरेकको चाहना आफुलाई कसरी स्मार्ट वनाउने भन्ने रहेको छ । स्मार्ट वन्नका लागि सुहाउदो पहिरन आवश्यक छ । समयको माग अनुरुप चल्नु तथा आफुलाई त्यही रुपमा परिवर्तन गर्नु नै फेसन हो ।
२. तर कतिपय ले त अझै पनि फेसनलाई नकारात्मक रुपमा लिन्छन् नि ?
त्यो त फेसनको अर्थ नवुझनेहरुले भन्ने कुरा हो । फेसन भन्नाले उच्छृङखल मात्र हुन्छ भन्ने सोचाई राख्नेहरुले मात्र यसलाई नकारात्मक रुपमा लिन्छन् । समयलाई नवुझनेहरुले मात्र फेसनलाई नकारात्मक रुपमा लिएका हुन ।
३. फेसन डिजाइनिङमा तपाईको प्रवेश कसरी भयो ?
पहिलो कुरा कुनै क्षेत्रमा लाग्न आफनो इच्छा पनि हुनुपर्दछ । मेरो पनि सानै देखि नै यस क्षेत्रमा लाग्ने रुची थियो । यसका साथै ९ वर्षजापान वर्साईवाट स्वदेश आए पछि ममा फेसन डिजाइनिङ सम्वन्धि तालिम लिने उत्कण्ठ जागृत भयो र तािलम पनि लिए । पोखरामा वुटिकको अभाव खडकेको देखे र त्यो अभाव पुरा गराउन वुटिक खोले र यस क्षेत्रमा होमिए ।
४. कति भयो तपाईको यस क्षेत्रमा लागेको समय ?
चार वर्षो अवधि वितिसकेको छ ।
५. यस क्षेत्रमा लागेर के पाउनु भयो ?
त्यस्तो ठुलो उपलब्धि नभए पनि नाम भने कमाए जस्तो लाग्छ । यसका साथै धेरै थोरै दाम पनि । मुल कुरा त आत्मसन्तुष्टि नै हो । सवैले फेसन डिजाइनरको रुपमा आफुलाई चन्दा त्यो भन्दा ठुलो खुशि अरु केही लाग्दैन ।
६. वुटिक प्रतिको धारणा अहिले कस्तो छ ?
पहिला शूरुमा त राम्रो थिएन । वुटिक र टेलरिङलाई एउटै दायरमा रहेर हेर्ने गर्दथे । मलाई पनि यस क्षेत्रमा लाग्दा शुरुमा धेरै झमेला आइपर्‍यो । यस्तो पेशा पनि अंगाल्ने भनेर गाली गर्न थाले ।
तर अहिले त्यो सोचाईमा पुण रुपमा परिवर्तन आएको छ । अहिले सवैले यसको महत्व वुझेका छन् ।
७. कहिले सम्म यो क्षेत्रमा लाग्नुहुन्छ ?
आफुले चाहको क्षेत्रमा लाग्न पाएकी छु । सास र आस रहेसम्म म यस क्षेत्रमा लागिरहने छु । यो नै मेरो अठोट छ ।
८तपाईको विचारमा वुटिक के हो ?
तपाईको वुटिक फेसन डिजाइनहरुको समग्र संक्लन हो । जहा“ डिजाइनरहरुले ग्राहकका डिमान्ड अनूरुपका पहिरनहरु तयार पार्ने गर्छन । अहिले समयको माग नै वुटिक भइसकेको छ ।
९. वुटिकका ग्राहक वढी कस्ता हुने गरेका छन ?
वढी मात्रमा टिनएजर र हाउस वाइभ हुने गरेका छन् । हलिउड वलिउडको देखासिकी गरेर सोही अनुरुपको डिजाइन खोज्दै युवायुवतिहरु आउने गरेका छन् ।
१०. वुटिकलाई टेलरिङ भन्दा दुख लाग्दैन ?
नवुझनेले त्यसो भनेका हुन् । त्यसो भन्दा दुख लाग्नु स्वभाविक हो। तर अहिले धेरैले वुझेका छन् वुटिकको महत्व ।
११. अहिले त पोखरामा धमाधम वुटिक खुलेका छन , धेरै हुदा तपाईको व्यापारमा वाधा पुग्दैन ?
जति धेरै खुल्यो उति राम्रो नि । यसो भए पछि प्रतिस्पर्धा पनि हुन्छ । उत्कृष्ठ सेवा दिने तर्फधेरैको ध्यान पुग्छ । तर रहरमा वुटिक खोल्नु भने त्यति उचित होइन । केही जानेर वुझेर खोल्दा केही फरक पदैन ।
१२. वुटिक संचालन गरेर जीवन निर्वाह गर्न सकिन्छ ?
अवश्य सकिन्छ किन नसक्नु । कुनै पनि व्यवसाय गर्दा त्यसमा लगनशिल र निरन्तर रुपमा गर्नु पर्‍यो । वुटिक सञ्चालन गर्दा मात्र होइन जुनसुकै व्यवसाय गर्दा पनि जीवन निर्वाह गर्न सकिन्छ । हामीले वुटिक सञ्चालन गरेर आफुले मात्र कमाएका छैनौ रोजगारी पनि दिएका छौ नि त ।
१३. तपाईले घरपरिवार वाट कस्तो सर्पौट पाउनु भएको छ ?
घरपरिवारको सहयोगले गर्दा नै म यो पेशामा टिकीरहेकी छु । मालई दिदी पनि त्यतिकै सहयोग गर्नु भएको छ । मलाई यस क्षेत्रमा निरन्तर लाग्नका लागि पुण र्समर्थन छ ।
१४. तपाईको भावी योजनाहरु के के छन् ?
फेसनका सम्वन्धमा अझ नया नया कुराहरु जान्ने र वुझने इच्छा छ । यसका लागि फेसन डिजाइनिङको नया कोर्षो ज्ञान वटुल्न विदेश जाने योजना पनि छ । हेरौ कस्तो हुन्छ ।
१५. अन्त्यमा के भन्न चाहनुहुन्छ ?
फेसनको क्षेत्र विस्तृत छ । फेसनालई सही रुपमा लिएर अनुसरण गरिदिन र्सर्वैलाई अनुरोध गर्दछु । आफुलाई समय अनुसार सवैले परिवर्तन गर्नुपर्छ । यसका लागि फेसन पनि अभिन्न अंग हो । फेसनले नै व्यक्तिको व्यक्तित्व झल्काउछ । ( लभ्ली पोखरा डटकममा प्रकाशित अन्तर्वाता )

0 개의 덧글:

Post a Comment

Free counter and web stats
eXTReMe Tracker

  © Blogger template Noblarum by Ourblogtemplates.com 2009

Back to TOP