यहाँहरुलाई थकाली सेवा समितिको ब्लगमा हार्दिक स्वागत छ । धन्यबाद !

थसेस दक्षिण कोरियाको विशेष भेला सम्पन्न ।

Monday, June 30, 2008


जुन २९ सउल कोरिया ।
थकाली सेवा समिति दक्षिण कोरियाको छैठौं बार्षिकोत्सवको पुर्वसन्ध्यामा आयोजना गरिएको बिशेष भेला सफलता पुर्वक सम्पन्न भएको छ । राजधानी सउलको तोङदेमुन स्थित स्वागत रेष्टुरेण्टको सभाकक्षमा सम्पन्न उक्त बिशेष भेलामा कोरियामा कार्यरत थकाली बन्धूहरुको उल्यख्य उपस्थिति रहेको थियो । थकाली सेवा समिति दक्षिण कोरियाका अध्यक्ष श्री भक्त सेरचनको अध्यक्षता तथा थसेस संस्थापक सदस्य तथा गुल्मी सम्पर्क समितिका अध्यक्ष श्री श्याम सेरचनको प्रमुख आतिथ्यमा सम्पन्न उक्त भेलाले थसेस दक्षिण कोरियाको भावी कार्यक्रम लगायत महत्वपूर्ण बिषयहरुमाथि छलफल गरेको छ । बिशेष भेलालाई सम्बोधन गर्नुहुदैं थकाली सेवा समिति दक्षिण कोरिया अध्यक्ष श्री भक्त सेरचनले कोरियाली भूमिमा कार्यरत थकाली बन्धूहरुमा आईपर्ने कुनै पनि समस्याहरु समाधानको लागि थसेस कोरिया संधै प्रयासरत रहिरहने र यस संस्था सबैको मायां,सहयोग र सुझाबको आवश्यकता परि नै रहने कुरा बताउनु भएको थियो । साथै उहांले भेलामा उपस्थिति नव प्रवेशी थकाली बन्धूहरुलाई स्वागत गर्ने क्रममा अबको दिनपछि दक्षिण कोरियामा थकाली बन्धूहरुको संख्यामा निकै बृद्दि हुनसक्ने तर्फ संकेत गर्दै हाम्रो यस पवित्र संस्थालाई अझ मजबूद बनाउंदै लैजानु पर्ने विचार ब्यक्त गर्नु भएको थियो ।
प्रमुख अतिथिको आसनबाट बोल्दै थसेस संस्थापक सदस्य तथा गुल्मी सम्पर्क समितिका अध्यक्ष श्री श्याम सेरचनले सबैले संस्थाको महत्व बुझ्दै जानुपर्ने र संस्था बिकासको लागि सबैको सहयोग र सुझाबको आबश्यकता खड्कीरहने बिचार विचार ब्यक्त गर्नु भएको थियो । दिनको ३ बजे देखि सांझ ६ बजे सम्म चलेको बिशेष भेलाको संचालन सचिव भरत तुलाचनको रहेको थियो । More photos

0 개의 덧글:

Post a Comment

Free counter and web stats
eXTReMe Tracker

  © Blogger template Noblarum by Ourblogtemplates.com 2009

Back to TOP