यहाँहरुलाई थकाली सेवा समितिको ब्लगमा हार्दिक स्वागत छ । धन्यबाद !

बिश्वकिर्तिमानी आरोही मीनबहादुर शेरचन सम्मानित

Sunday, June 22, 2008


२० जून, ०८ । ७७ बर्षको उमेरमा बिश्वको सर्बोच्च शिखर सगरमाथाको सफल आरोहण गरी संसारकै सबैभन्दा ज्येष्ठ आरोही बनेर बिश्व किर्तिमान कायम गर्ने म्याग्दी भुरुङ तातोपानीका मीनबहादुर शेरचनलाई राजधानीमा आज आयोजित एक समारोहकाबिच सम्मान गरियो । थकाली सेवा समिति केन्द्र र काठमाडौं क्षेत्रले संयुक्तरुपमा आयोजित सम्मान कार्यक्रममा किर्तिमानी आरोही शेरचनलाई खादा तथा पगरी पहिर्‍याई प्रशंसापत्रले सम्मान गरियो । श्री शेरचनको जन्म दिन पारेर आयोजित उक्त सम्मान कार्यक्रममा बिभिन्न वक्ताहरुले सफलताको लागि हार्दिक बधाई ज्ञापन गर्दै उहाँको साहसिक कदमको प्रशंसा गरेका थिए । बधाई मन्तब्य दिनेहरुमा ओमकार गौचन, गोपालानारायण भट्टचन, समाजशाष्त्री डा. कृष्णबहादुर भट्टचन, पूर्व उपप्रधानमन्त्री तथा सभासद अमिक शेरचन, गजेन्द्र तुलाचन, पूर्वराज्यमन्त्री ओमकारप्रसाद गौचन, आरोही मीनबहादुर शेरचन र चित्रलाल शेरचनलगायतका हुनुहुन्थ्यो । बक्ताहरुले आरोही शेरचनको बारेमा समाचार संप्रेषण गर्न मिडियाले कन्जुष्याई गरेको र राज्यले सम्मान दिन नसकेको आरोप लगाएका थिए । श्रोट: समुन्द्रपारि डट कम

0 개의 덧글:

Post a Comment

Free counter and web stats
eXTReMe Tracker

  © Blogger template Noblarum by Ourblogtemplates.com 2009

Back to TOP