यहाँहरुलाई थकाली सेवा समितिको ब्लगमा हार्दिक स्वागत छ । धन्यबाद !

दक्षिण कोरियामा प्रतिस्प्रर्धात्मक भलिबल खेल प्रतियोगिता भब्यताका साथ सम्पन्न

Thursday, June 5, 2008





म्याग्दी समाज समिति दक्षिण कोरिया द्घारा आयोजित प्रतिस्प्रर्धात्मक भलिबल खेल प्रतियोगिता भब्यताका साथ सम्पन्न भएको छ । गत जुन १ तारिख आईतबारको दिन उईजङबु माङवलसान स्थित सिनहुङ क्याम्पस परिसरमा सफलताका साथ सम्पन्न भएको उक्त प्रतियोगितामा म्याग्दी परिवार, नेपाल सम्‍पर्क समिति, नेपाल कोरिया ब्यापार संघ, पर्बत टीम, नेपाल मगर संघ, बाग्लुङ परिवार, मुन्जङ प्रबासी टीम, गुल्मी सम्‍पर्क समिति गरी बिभिन्न ८ टीमले भाग लिएका थिए ।

म्याग्दी समाज समितिका अध्यक्ष श्री नर बहादुर पुनले उद्घघाटन गर्नु भए पछिको प्रथम चरणको खेलमा बाग्लुङ परिवारले गुल्मी परिवारलाई ,पर्वत टीमले नेपाल कोरिया ब्यापार संघलाई, नेपाल सम्पर्क समितिले म्याग्दी समाज समितिलाई र मुन्जङ प्रवासी क्लबले नेपाल मगर सघलाई बिजय गरि सेमिफाईनलमा प्रवेश गरेका थिए । सेमिफाईनलमा ४ टीम बिच भएको भएको कडा प्रतिस्प्रर्धामा बाग्लुङ परिवारले पर्वत टीमलाई र नेपाल सम्‍पर्क समितिले मुन्जङ प्रवासी क्लबलाई बिजय गर्दै अन्तिम फाईनल खेलमा प्रवेश गरेका थिए । नेपाल सम्पर्क समिति र बाग्लुङ टीम बिच भएको अति रोमान्चित र कडा प्रधिस्प्रर्धात्मक फाईनल खेलमा नेपाल सम्पर्क समिति ले बाग्लुङ टीमलाई २-१ ले बिजय गर्दै म्याग्दी समाज समिति दक्षिण कोरिया द्घारा आयोजित प्रधिस्प्रर्धात्मक भलिबल खेल २००८ को बिजय टीम बन्न पुगेको छ ।

आयोजकको तर्फबाट तयार गरिएको सेल रोटी, आलुदम, मुलाको अचार र अन्य मिष्ठान्न परिकारहरुले कार्यक्रमलाई थप रौनकता थपेको आभाष सजिलै पाउन सकिन्थ्यो । नेपाली जनअधिकार मञ्‍च दक्षिण कोरियाका अध्यक्ष बाबुराम तामाङले कार्यक्रमको शुरुमै प्रतियोगितामा बिजेता टीमलाई एक लाख वन प्रदान गर्ने घोषणा गर्नु भए अनुसार बिजेता टीम नेपाल सम्पर्क समितिका टीम क्याप्टेन मार्फत एक लाख वन प्रदान गर्नु भएको थियो ।

कार्यक्रमको अन्तमा म्याग्दी समाज समिति दक्षिण कोरियाले आयोजना गरेको भाग्यशाली चिट्ठा कार्यक्रमको नतिजा पनि सार्वजनिक गरेको थियो । उक्त चिट्ठा कार्यक्रममा प्रथम पुरुस्कार गणेश बा राणा टिकट नं २१४ (ल्यापटप कम्प्युटर) , दोश्रोमा मिलन लिम्बु टिकट नं ३३० (डिजिटल क्यामेरा ) , तेश्रोमा टंक पाईजा टिकट नं २४० (एम पी फोर प्ल्येयर) र सान्वनामा सुमन श्रेष्ठ टिकट नं ९ , टंक बा थापा ३७९, योगिशा लालचन १८३ ले प्राप्त गर्नु भएको थियो । अन्तमा म्याग्दी समाज समितिका अध्यक्ष श्री नर बहादुर पुनले भाग लिने सम्पुर्ण टिम, सहयोगि चन्दा दाताहरु लगायत सम्पूर्ण उपस्थित महानुभावहरूलाई धन्यवाद दिनु हुँदै आगामी बर्षहरुमा समेत यस्ता खाले कार्यक्रमहरुको आयोजना गर्दै जाने बचनबद्धताका साथ प्रतिस्पर्धात्मक भलिबल खेल प्रतियोगिता २००८ को समापन गरिएको थियो । btulachan2000@yahoo.co.kr

0 개의 덧글:

Post a Comment

Free counter and web stats
eXTReMe Tracker

  © Blogger template Noblarum by Ourblogtemplates.com 2009

Back to TOP