यहाँहरुलाई थकाली सेवा समितिको ब्लगमा हार्दिक स्वागत छ । धन्यबाद !

म्याग्दी समाज समितिको बिशेष अधिवेशनबाट १३ सदस्सिय नया कार्य समितिको चयन

Sunday, February 24, 2008

सउल दक्षिण कोरिया ।
म्याग्दी समाज समिति दक्षिण कोरियाको बिशेष अधिवेशन सउल स्थित नमस्ते रेष्टुरेण्टको सभा कक्षमा सम्पन्न भएको छ । गत फेब्रुअरी ६ तारिखको दिन सम्पन्न बिशेष अधिबेशन बाट दुई बर्षको लागि नरबहादुर पुनको अध्यक्षतामा नयां कार्य समितिको चयन गरिएको छ । नयां चयन भएका पदाधिकारीहरुमध्य नारायण बरुवाल उपाध्यक्ष , चिन बुदुजा कोषाध्यक्ष ,सह कोषाध्यक्ष मनु रोका तथा सचिब र सहसचिबमा क्रमस : भरत तुलाचन र घन बहदुर फगामीलाई चयन गरिएको छ । त्यस्तै , सदस्यहरुमा बसन्त सेरचन, मोहन बरुवाल, योगेन्द्र पुर्जा, रत्न छन्त्याल, सुबाष श्रेष्ठ, निल राज सुबेदी तथा सुरेश राणालाई चयन गरिएको छ । म्याग्दी समाज नव कार्य सिमतिका प्रमुख सल्लाहकारहरुमा, बिरु रोका, टेक बहादुर पुन, भक्त सेरचन, नरेन्द्र पुर्जा, राम कृष्न पुन, बिनोद कुंवर तथा लक्षमण बोगटी रहनु भएको छ । सम्पन्न बिशेष अधिवेशनवाट नयां कार्यसमिति चयन भएपछि नव नियुक्त अध्यक्ष नर बहादुर पुनले बिगतमा झै आगामी दिनहरुमा पनि कोरियाली भूमिमा रहेका सम्पूर्ण संघ संस्थाहरु संग आपसी सहयोग र सद्भभावको भावनालाई अझ सुदृढ गर्दै लैजाने र कोरियामा रहेका सम्पूर्ण म्याग्देलीहरुको सुख दुखमा साथ दिदै जाने कुरा बताउनु भएको छ । btulachan2000@yahoo.co.kr

0 개의 덧글:

Post a Comment

Free counter and web stats
eXTReMe Tracker

  © Blogger template Noblarum by Ourblogtemplates.com 2009

Back to TOP