यहाँहरुलाई थकाली सेवा समितिको ब्लगमा हार्दिक स्वागत छ । धन्यबाद !

थसेस दक्षिण कोरियाका सदस्य बिनोद गौचन अस्पतालमा

Sunday, February 3, 2008

थसेस दक्षिण कोरियाका सदस्य बिनोद गौचन आफू कार्यरत कम्पनीको मेशिनमा अचानक दाहिने हात पर्न गई हातमा गहिरो चोट लागेकोले उपचारार्थ अस्पतालमा रहनु भएको छ । दक्षिण कोरियाको छुङनामको थाङजिन जिल्ला सुन्सङ क्षेत्रको याङउरीमा अवस्थित ख्यङ ईन सार्यो (गाई,गोरुको दाना बनाउने कम्पनी ) मा सदाझै सांझ ६ बजे काम सकेर खाना खाई अोभर टाईम गर्दै गर्दा दुर्घटना हुन पुगेको बताईन्छ ।
त्यस दिन आफ्नै काम बिशेषले आफूलाई खासै आोभर टाईम गर्न मन नभएता पनि ३ जनाले गर्नै पर्ने उर्दि जारी भएपछि गर्नु परेको र मेशिनमा अड्किएको दाना निकाल्न स्टप भएको मेशिन भित्र हात छिराएको अवस्थामा अनभिज्ञ कोरियन कामदारले मेशिन स्टार्ट गरेपछि अचानक हात च्यापिएको र करिब ५ चोटिको चिच्याहट पछि मात्रै फिलिपिनो साथीको सहायतामा मेशिन अफ गरि हात बाहिर निकाल्न सफल भएको कुरा बिनोद गौचन स्वयं बताउनु हुन्छ । तत्काल कम्पनी मार्फत स्थानिय अस्पतालमा लगिए पनि अस्पतालबाट उपचार असम्भब हुने बताईए पछि रातारात एम्बुलेन्स मार्फत करिब ३ घण्टामा राजधानी सउल स्थित सिन्छोन एन्स्वे अस्पतालमा ल्याई सफल शल्यक्रिया भएको थियो । गत जनवरी ३१ तारिख सांझ दुर्घटनामा पर्नु भएका श्री बिनोद गौचन हाल राजधानी सउल स्थित सिन्छोन एन्स्वे अस्पतालको सातौ तलाको ७१३ नम्बर रुममा उपचारार्थ रहनु भएको छ ।
स्मरणिय रहोस् उपचारार्थ हाल सम्म कार्यरत कम्पनीको तर्फबाट राम्रै सहयोग प्राप्त भई रहेको जानाकारीमा आएको छ । थकाली सेवा समिति दक्षिण कोरिया परिवार श्री बिनोद गौचनको यथाशिघ्र स्वास्थ्य लाभको लागि हार्दिक कामना गर्दछ ।
सिन्छोन एन्स्वे अस्पताल कसरी जाने ?
२ नम्बर लाईन सिन्छोन श्टेशनको ७ नम्बर गेटबाट बाहिर निस्कने ।
गेटबाट निस्के पछि सिधा अगाडि १०० मिटर हिदने ।
हिददै गर्दा पारी पट्टि तल छेउमा अस्पतालको चिन्ह सहित रातो बिल्डिङको सानो भाग देखिन्छ ।
प्रहरी चौकी अगाडिको जेब्रा क्रस गरि ४० मिटर अगाडि हिंदे पछि अस्पतालमा पुग्न सकिन्छ ।
सातौ तलाको ७१३ नम्बर रुम । नर्श बस्ने काउन्टरकै अगाडिको कोठा दायां बिचको बेड ।

0 개의 덧글:

Post a Comment

Free counter and web stats
eXTReMe Tracker

  © Blogger template Noblarum by Ourblogtemplates.com 2009

Back to TOP