यहाँहरुलाई थकाली सेवा समितिको ब्लगमा हार्दिक स्वागत छ । धन्यबाद !

स्वर्गिय रोशन शाहीको परिवारलाई संकलित रकम हस्तन्तरण

Friday, February 22, 2008

सउल दक्षिण कोरिया
म्याग्दी जिल्ला पिप्ले गाबिस वडा नं २ घर भई बिगत ४ बर्ष देखि कोरियाली भूमिमा कार्यरत रहनु भएका रोशन शाही अचानक निधन हुनु भएपछि नेपालबाट कोरिया आईपुग्नु भएका शोकाकुल परिवारहरुका साथ अन्त्यष्‍टि गरिएको छ । दक्षिण कोरियाको महान् पर्व सलनालको लामो बिदा मनाउने क्रममा फेब्रुरी ७ तारिख सांझ साथी भाईहरु संगै खानपिन गरि रातको १२ बजे तिर समान्य अबस्थामा सुत्नु भएको रोशन शाही बिहान ४ :३० बजे तिर घ्यार्र घ्यार्र आवाज आए पछि संगै सुतेका साथी भाईहरु तत्काल उठी उठाउने प्रयास गरे पनि होशमा नआए पछि १११ मा खबर गरि ११ मिनेट भित्रै अस्पताल पुर्रयाईएको भएता पनि डाक्टरले मृत घोषणा गरिदिएको कुरा स्वर्गिय रोशन शाहीका दाजु बिश्व बिक्रम मल्ल (स्व.रोशन शाहीका फुपुको छोरा) बताउनु हुन्छ । बिहान ८ बजे अस्पताल परिसरमा म्याग्दी समाज समिति द. कोरियाको आपत्कालिन बैठक बसि नेपालमा मृतकको घर परिवारलाई खबर गर्नुको साथै नेपालबाट जिम्मेवार परिवारक सदस्यहरु मध्य मृतकका धर्म पत्नीतथा दाजुलाई कोरिया आउनको लागि पहल गरिदिन कोरिया स्थित नेपाली दतावास समक्ष अपिल गरेको थियो । रोशन शाहीको आकष्मिक निधनले तत्काल समस्या समाधानार्थ ठूलो रकमको आवश्यक पर्ने भएकोले दक्षिण कोरियामा रहेका सम्पूर्ण म्याग्देलीहरुबाट अनिवार्य रुपमा चन्दा संकलन गर्ने र कोरियामा रहेका संघ संस्था तथा सम्पूर्ण प्रवासी नेपालीहरुलाई समेत चन्दा सहयोगको लागि अनुरोध गर्ने निर्णयका साथ चन्दा संकलन कार्यलाई तिब्रता दिईएको थियो । जस अनुसार निधन भएको दश दिन सम्ममा म्याग्दी समाज समिति दक्षिण कोरियाको प्रयासमा ९६ लाख ४४ हजार आेन संकलन गरिएको थियो । साथै नेपाल सम्पर्क समिति दक्षिण कोरियाको सहयोग संकलनबाट ९ लाख आेन तथा कम्पनी मालिकबाट ७२ लाख आेन सहित जम्मा १ करोड ७७ लाख४४ हजार ७ सय आेन संकलन गरिएको थियो । निधन भएको दिन देखि अन्त्यष्टि कार्य सम्ममा ४९ लाख ९८ हजार खर्च देखिन आएकोले १ करोड २७ लाख ४६ हजार ७०० आेन स्वर्गिय रोशन शाहीका परिवारलाई म्याग्दी समाज समिति दक्षिण कोरियाका नव नियुक्त अध्यक्ष नर बहादुर पुनले हस्तान्तरण गर्नु भएको छ । बिशेष सहयोगको लागि कोरिया स्थित नेपाली दुतावास , नेपाल सम्पर्क समिति दक्षिण कोरिया, संघ संस्थाहरु तथा सम्पूर्ण चन्दा दाताहरुमा म्याग्दी समाज समिति दक्षिण कोरिया हार्दिक धन्यबाद ज्ञापन गर्दछ । btulachan2000@yahoo.co.kr

0 개의 덧글:

Post a Comment

Free counter and web stats
eXTReMe Tracker

  © Blogger template Noblarum by Ourblogtemplates.com 2009

Back to TOP