यहाँहरुलाई थकाली सेवा समितिको ब्लगमा हार्दिक स्वागत छ । धन्यबाद !

बिदाई कार्यक्रम, तिहारको रमझम र थकाली बन्धुहरु बीचको आत्मियता ।

Wednesday, October 29, 2008

भरत तुलाचन
सउल, योङडु डोङ .
हुन त समितिको तर्फबाट यदाकदा बिदाई कार्यक्रमको आयोजनाहरु नभएका होईनन । कोरियाली भूमिमा कार्यरत रहेका संस्थामा आबद्द थकाली बन्धुहरु जो कोहि आफूखुशी स्वदेश फर्कंदा समितिले बिदाई गर्ने चलन नै बसेको छ । तर तिहारको रमझममा आयोजित यसपालीको बिदाई कार्यक्रमले छुट्टै खाले रौनक दिन सफल भयो । खासगरि नेपालमा नजिकिएको तिहारको रमझमलेहोला हप्ता भरि कामको बोझले सिथिल बनाए पनि थकाली बन्धुहरुको उल्यख्य उपस्थिति रहयो । कार्यक्रम शुरु हुने समय ९ बजे भनिएता पनि शनिबारको दिनमा पनि ८ साढे ८ बजे सम्म काम गर्नु पर्ने बाध्यताले ठाढाबाट आउने बन्धूहरुको पर्खाईमा भने घडीले साढे दश बजाएरै छोड्यो । राती साढे दश बजे तिर करिव प्राय सबैजनाको उपस्थिति पछि अध्यक्ष ज्युको अनुमति अनुसार कार्यक्रमले औपचारिक रुप पायो . कार्यक्रम थसेस संस्थापक सदस्य तथा बर्तमान बरिष्ठ सल्लाहकार श्री श्याम सेरचनज्यु लामो समय कोरिया बसाई पश्चात स्वदेश फिर्ता हुनै लाग्दा उहांको सम्मानमा आयोजना भएको थियो .समाज सेवीको रुपमा चिनिनु हुने श्री सेरचन हाल गुल्मी सम्पर्क समितिका अध्यक्ष समेत रहनु भएको थियो . प्रवासबाट करिवदश बर्ष पछि तिहारको रमझमको बेला घर परिवार भेट्न पाउन लाग्नु भएका उहांलाई सबैजनाले हृदय देखिनै सफल यात्राको कामना गरे ।
पहिलो चरणको कार्यक्रम करिब १२ बजे समापन भए पश्चातको जलपानकरिब २ घण्ट सम्म चल्यो । मिष्ठान्न परिकारहरु सहित हल्का अल्कोहलको चुस्कीले हप्ता भरि थकित बन्धूहरुको कन्चट तताई दिए पछि त के चाहियो ,कम्मर मर्काई मर्काई , उठ बसको टालमा टाल मिलाएर नाच्ने बन्धूहरुको कमि रहेन । वांसुरी र डम्फू मादलको टालमा थकाली बन्धूहरुले सामुहिक गाएको आधुनिक गीतहरुले दिएको मज्जाको तारिफ त जति गरे पनि कमै होला जे होस उपस्थित सबै जनालाई भरपुर रोमान्स दियो तिहारको रमझममा आयोजित बिदाई कार्यक्रमले । कार्यक्रममा अझ रोचक रह्यो देउसी भैलो कार्यक्रम । थसेस कोरियाको नाममा थकाली बन्धूहरु बीच शुरु गरिएको देउसी भैलो कार्यक्रमले नेपालको गाऊंघरमा भएका तिहारे रमाईलोको तिर्षण मेटाई दियो केहि हद सम्म भएपनि । त्यसैले संजोगले भन्दा राम्रो होला बिगतका तिहारहरुको तुलनामा यसपालीको तिहार कोरियामा कार्यरत थकाली बन्धूहरुको लागिबन्धूहरु बीचको आत्मियता साटासाट गर्न पाउने तिहार बन्यो . प्रवासी जीबन बिर्साई दिने पर्व बन्यो तिहार .........।

0 개의 덧글:

Post a Comment

Free counter and web stats
eXTReMe Tracker

  © Blogger template Noblarum by Ourblogtemplates.com 2009

Back to TOP