यहाँहरुलाई थकाली सेवा समितिको ब्लगमा हार्दिक स्वागत छ । धन्यबाद !

थकाली सेवा समितिको आयोजनामा बिदाई कार्यक्रम सम्पन्न .

Sunday, October 26, 2008


भरत तुलाचन सउल,कोरिया ।
हिजो शनिबार सांझ यङदम्फो स्थित प्रभु ईन्टर्नेशनलको सभा कक्षमा थकाली सेवा समिति दक्षिण कोरियाको आयोजनामा एक बिदाई कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ . थसेस संस्थापक सदस्य तथा बर्तमान बरिष्ठ सल्लाहकार श्याम सेरचन स्वदेश फर्कन लाग्नु भएकोले उहांको सम्मानमा थकाली सेवा समिति दक्षिण कोरियाले उक्त कार्यक्रमको आयोजना गरेको हो . दक्षिण कोरियामा कार्यरत करिव ३५ जना भन्दा बढि थकाली बन्धुहरु र अन्य प्रवासी मित्रहरुको समेत उपस्थिति रहेको उक्त कार्यक्रममा थसेस अध्यक्ष भक्त सेरचनको सभापतित्व र प्रमुख अतिथिमा प्रभु ईन्टर्नेशनलका संचालक प्रेम गुरुङ रहनु भएको थियो . सांझ ९ बजे देखि शुरु भएको बिदाई कार्यक्रममा बिभिन्न बक्ताहरुले श्याम सेरचनको सफल यात्राको कामना गर्नु भएको थियो । कार्यक्रममा थसेस अध्यक्ष भक्त सेरचनले समितिको तर्फबाट उपहार प्रदान गर्दै कोरियामा सिकेको शिपलाई नेपालमा प्रयोग गर्नु पर्ने बिचार ब्यक्त गर्नु भएको थियो . साथै उहांले गत छुसकमा थसेस दक्षिण कोरियालेआयोजना गरेको बाढिपिडित सहयोगार्थ सेलरोटी बिक्री बितरणमा सहयोग पुर्याउनु हुने महानुभावहरुलाइ उपहार प्रदान गर्नु भएको थियो .

0 개의 덧글:

Post a Comment

Free counter and web stats
eXTReMe Tracker

  © Blogger template Noblarum by Ourblogtemplates.com 2009

Back to TOP