यहाँहरुलाई थकाली सेवा समितिको ब्लगमा हार्दिक स्वागत छ । धन्यबाद !

थसेस कोरिया द्दारा कोशी बाढीपिडित सहयोगार्थ सेलरोटी बिक्री बितरण कार्य सम्पन्न .

Sunday, September 14, 2008

---------------------------कार्यक्रम सम्बन्धि थप तस्विरहरु------------ ---

भरत तुलाचन , सउल तोङदेमुन

हिजो सेप्टेम्बर १२ तारिख शुक्रबारको दिन गुल्मी सम्पर्क समितिको आयोजनामा आयोजित रेशुङ्गा सांस्कृतिक झलक २००८ माथकाली सेवा समिति दक्षिण कोरियाले कोशी बाढीपिडित सहयोगार्थ सेलरोटी सहितको बिभिन्न मिष्ठान्न परिकारहरुको बिक्री बुतरण कार्य सफलताका साथ सम्पन्न गरेको छ । कार्यक्रमलाई सफल बनाउन कोरियामा कार्यरत उत्साही थकाली बन्धूहरु जोश र जांगरकासाथ लागि परेका थिए । रातको निन्द्रा र दिनको भोकहरुलाई बिर्सिएर सामाज सेवामा खतिएका जोशिला थकाली बन्धूहरुको परिश्रम सांच्चै गर्व गर्न लायक देखिन्थ्यो . कार्यक्रमलाई सफल पार्न सहयोग गर्नुहुने गुल्मी सम्पर्क समिति,नेपाल बौद्द परिवार,छाविय चिव,नमस्ते रेष्टुरेण्ट लगायत थुप्रै सहयोगी मित्रहरुलाई थकाली सेवा समिति दक्षिण कोरियाका अध्यक्ष भक्त सेरचनले धन्यबाद दिनुहुंदै कार्यक्रमबाट बचत हुन आएको रकम कोशी बाढीपिडित सहयोगार्थ दक्षिण कोरिया स्थित नेपाली राजदुतावास मार्फत राहतकोषमा जम्मा गरिने कुरा बताउनु भएको छ .

0 개의 덧글:

Post a Comment

Free counter and web stats
eXTReMe Tracker

  © Blogger template Noblarum by Ourblogtemplates.com 2009

Back to TOP