यहाँहरुलाई थकाली सेवा समितिको ब्लगमा हार्दिक स्वागत छ । धन्यबाद !

एन सिसि कप म्याग्दी समाज समितिको पोल्टामा ।

Tuesday, August 26, 2008

अगष्ट २४ आईतबार , भरत तुलाचन सउल ।
दक्षिण कोरियाको राजधानी सउल स्थित सादे बुसोक हाई स्कुलको भलिबल खेल मैदानमा कोरियाबासी प्रवासीहरुको छाता संस्था नेपाल सम्पर्क समिति दक्षिण कोरियाको आयोजनामा सम्पन्न प्रतिस्प्रर्धात्मक भलिबल खेलको एन सि सि कप म्याग्दी समाज समिति दक्षिण कोरियाको पोल्टामा परेको छ । अगष्ट २४ तारिख आईतबारको दिन सम्पन्न उक्त प्रतियागितामा म्याग्दी समाज समिति,एस के नेपाल डट कम,बाग्लुङ सम्पर्क समिति,गुल्मी सम्पर्क समिति,स्याङजा परिवार तथा मुन्जङ प्रवासी क्ल्ब गरि जम्मा ६ टीमले भाग लिएका थिए । पहिलो चरणको खेलमा म्याग्दी समाज समितिले गुल्मी सम्पर्क समितिलाई,एस के नेपाल डट कमले स्याङजा परिवारलाई,बाग्लुङ सम्पर्क समितिले मुन्जङ प्रवासी क्ल्बलाई पराजित गर्दै सेमी फाईनल खेलमा प्रवेश गरेका थिए । सेमी फईनल खेलको लागि भएको गोला नतिजा अनुसार म्याग्दी समाज समिति बाईमा परेको थियो ।सेमी फईनल खेलमा एस के नेपाल डट कमले बाग्लुङ सम्पर्क समितिलाई पराजित गर्दै फाईनलमा प्रवेश गरेको थियो । रोमान्चित फाईनल खेलमा म्याग्दी समाज समितिले एस के नेपाल डट कमलाई २-१ ले पराजितगर्दै यसपालीको एन सिसि कप हात पार्न सफल भएको छ । कार्यक्रममा आयोजक नेपाल सम्पर्क समिति दक्षिण कोरियाको भाग्यशाली चिट्ठा समेत खोलिएको थियो । भाग्यशाली चिट्ठामा बिजय हुने महानुभावहरुलाई नेपाल सम्पर्क समिति दक्षिण कोरियाका अध्यक्ष श्री ईश्वर केसीले पुरस्कार प्रदान गर्नु भएको थियो । कार्यक्रममा आयोजकको तर्फबाट सेलरोटी र चट्नी लगायतका मिष्ठान्न परिकारहरुको बिक्रि बितरण गरिएको थयो । उपस्थित सम्पूर्ण महानुभावहरुमा नेपाल सम्पर्क समिति दक्षिण कोरियाको आयोजनामा सम्पन्न प्रतिस्प्रर्धात्मक भलिबल खेलमाकुनै कुरामा कमी नभएको आभास सजिलै पाउन सकिन्थ्यो । अब उप्रान्त एन सिसि कप हरेक चार चार महिनामा आयोजना गरिने भएको छ ।

0 개의 덧글:

Post a Comment

Free counter and web stats
eXTReMe Tracker

  © Blogger template Noblarum by Ourblogtemplates.com 2009

Back to TOP