यहाँहरुलाई थकाली सेवा समितिको ब्लगमा हार्दिक स्वागत छ । धन्यबाद !

यसपालिको तोरन्ल्ह

Thursday, March 4, 2010

आज थकाली जातिको महान् पर्व तोरन्ल्ह । हरेक थकालीहरुको घरघरमा भित्रिसकेको छ । मानौ पूरै तोरन्ल्हमय भएको छ थकाली समाज यतिखेर । हुनत दुई दिन अगाडी बाटै चढाईपढाईको कार्य थालनी भई सकेके छ । तर आजको दिनलाई मुख्यतया प्रमुख मानिन्छ । जापानमा रहेका थकालीहरु पनि नेपालका चर्चित पप कलाकार निमा रुम्बाको टोलीलाई बोलाएर तहल्का मच्चाउंदै तोरन्ल्ह मनाउने भनेर समाचार फुकिसकेको छ । अन्य देशमा रहेका थकाली बन्धूहरुको पनि तोरन्ल्ह मनाउने बारे गांइगुंई सुनिदै छन । तर कोरियामा भने सुनसान बन्यो यसपालिको तोरन्ल्ह । अर्थात थसेसले कुनैपनि कार्यक्रमहरुको आयोजना गरेन ।
थसेस कोरियाको स्थापना भए पश्चात आफ्नो महान् पर्व तोरन्ल्हमा कमसेकम कोरियामा रहेका थकाली बन्धूहरुलाई एकै थलोमा उपस्थित बनाई लगातार रुपमा तोरन्ल्ह मनाउंदै आईरहेको थियो । गतसालको तोरन्ल्हमा त कोरियामा रहेका सम्पुर्ण संघसंस्थाका प्रतिनिधिहरुलाई निमन्त्रणा गरेरै मनाएको थियो । कोरियामा कहिल्यै नभएको यस बर्ष कोरियामा रहेका थुप्रै थकाली बन्धूहरुलाई यहांको अध्यागमणले धरपकडमा पारि दुखद अबस्थामा स्वदेश फर्कायो । कतिपय थकाली बन्धूहरुले कामको सिलसिलामा हातका औंलाहरु गुमाए यसै बर्ष । त्यसकारण औपचारिक रुपमा बहिष्कृत यसपालीको तोरन्ल्हले कोरियाली भूमिमा रहेका थकाली बन्धूहरुलाई रौनक बिहिन बनाई दिएता पनि आफ्नो महान् पर्व तोरन्ल्हको सुखद् अबसरमा थकाली सेवा समिति दक्षिण कोरिया हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछ ।

Post a Comment

Free counter and web stats
eXTReMe Tracker

  © Blogger template Noblarum by Ourblogtemplates.com 2009

Back to TOP