यहाँहरुलाई थकाली सेवा समितिको ब्लगमा हार्दिक स्वागत छ । धन्यबाद !

होशियार ! स्थानिय प्रहरीले समेत पक्रदै छ

Wednesday, November 11, 2009

btulachan,seoul Korea
म स्वयं कोरिया भित्रिएको १८ बर्ष पूरा भयो । यहां आएर डेट ओभर भई सकेका म जस्ता लाखौ जना बिदेशीहरुलाई खोजि खोजि भिषाको बन्दोबस्त मिलाई दियो यहांको सरकारले । त्यो पनि एक पल्ट होईन ३-३ पल्ट । शुरुमा ९२ साल तिर यहां आएर यतै बसेकाहरुलाई कम्पनी मालिकको रोहबरमा छ छ महिनाको भिषा करिब २ बर्ष सम्म लगातार दियो । ९४ सालबाट प्रशिक्षण भिषा प्रणाली शुरु गरेपछि सबै बिदेशीहरुलाई स्वदेश फर्कन उर्दी जारी गर्यो । पचास प्रतिशत बिदेशीहरु स्वदेश फर्के । जस्तो पर्छ तर्छ भन्ने बिचार लिएका बिदेशीहरु यतै बसेर बाजी मारे । २००२ को वल्ड कप ताका पुन: एक बर्षको भिषा थाप्न प्लेन टिकट किनेर आउन भन्यो , करिव ३ लाख अबैध भनिएका बिदेशीहरुले आफूलाई पायक पर्ने अध्यागमण बिभाग मार्फत लहरै भिषा थापे । घर फर्कने फर्के । नफर्कने टिकटको आधा रकम फर्काएर फेरी यतै बसे । उप्रान्त कोरियामा ईपिएस मार्फत बिदेशी कामदार ल्याएर कजाउने नियमलाई संसदबाटै पारित गरे पछि बिदेशीहरुलाई २००३ सालको नोभेम्बर १५ को अन्तिम म्याद दियो । साथै सरकारले बिभिन्न संचार माध्यमहरुबाट हदै सम्मको कडा गरि स्वदेश फर्काउने समाचारहरु लगाता फुक्यो । अटेर बिदेशीहरु बेस्सरी अत्तालिए । प्राय सबै जना ३,४ महिना कामै छोडेर गुप्तवास समेत बसे । पक्रन चाहि बेस्सरी पक्रयो । तैपनि यतै बसेकाहरुले नै जिते ।
म पनि यतै बसेकोमा परेपनि कहिल्यै धरपकड सम्बन्धि साधारण घटनामा समेत परिन । अध्यागमण र कानुन मन्त्रालयको मातहतमा मात्र धरपकड हुने हुनाले खासै आत्तिनु पर्ने अबस्था देखिन । पोहोर साल पनि अक्टुबर देखि डिसेम्बर सम्म हदै कडा र स्थानिय प्रहरीले समेत पक्रने हल्ला चल्यो । तर प्रहरी संग दैनिक जसो भेट हुन्थ्यो । कहिले काही सोधपुछ गरे पनि बिदेशी हुं भनेपछि छोडी हाल्थ्यो । हल्ला, हल्लामै सिमित हुन्थ्यो । आफूले केहि गल्ती नगर्दा सम्म खासै समस्या थिएन । तर हाल कोरियाली सरकारको कडाईले कति सम्म सिमा नाघ्दै छ भन्ने प्रमाण हिजो मेरो घटनाको प्रकृतिले देखाई दियो ।
घटना बिबरण :-
हिजो दिंउसो म दिउसोको खाना पश्चात रेश टाईममा कम्पनी देखि नजिकै रहेको बैकमा बिशेष कामले जांदै थिए । करिब ५० मिटर परैबाट बैकको छेवैमा स्थानिय कोरियनहरुलाई चेकिङ गर्दै गरेको प्रहरीलाई देखें । फर्किउं कि जस्तो नभएको पनि होईन , म बिदेशीलाई किन पो सोध्ला र भन्ने सोचाईले सदाझैं म लुरुलुरु अगाडी बढें । प्रहरीले १० मिटर परैबाट मलाई देखे पछि बोलायो । बिगतमा झैं म बिदेशी हुं भनेता पनि कार्ड माग्यो । जब की अहिले सम्म कहिल्यै कार्ड मागेको थिएन , कार्ड मागे पछि मेरो त होश हवासै उड्यो । र भने, ओहो ! कार्ड त कम्पनी मै छोडेछु त ! अनि उ बोल्यो - तपाई ओभर स्टे त होईन ? मैले भने होईन होईन बकैडा भिषावाला हुं । प्रहरीले भन्यो- कार्ड देखाए पो भिषावाला साथमा कार्डै छैन केको भिषा वाला ! जाउं अफिशमा, ओई ! गाडीमा कोचार यसलाई भन्दै अर्को पुलिसलाई भने पछि म रातो पिरो भएं । मैले बिन्ती गरें कम्पनीमा जाउं नत ! उस्ले सोध्यो , कम्पनी नजिकै हो ? मैले भने अलि टाढा छ । कम्पनी मालिकको फोन नम्बर र मालिकको नाम भन्न भनेपछि कम्पनीको अफिशको फोन नम्बर र मालिकको नाम दिएं । तुरुन्त फोन लगायो धन्न मालिकले नै फोन उठाएछ क्यारे यताबाट प्रहरी बोल्यो - यहां .... नाम गरेको नेपाली चेकिङमा परेकोले यस्ले त्यो कम्पनीमा काम गर्छ? उता बाट मालिकले सायद गर्छ नै भन्यो होला । फेरी सोध्यो- यस्ले कार्ड कम्पनीमा छोडेछु भन्दै छ सांचो हो ? उताबाट के भन्यो थाहा भएन तर प्रहरीले फोनमा अब उप्रान्त सधै कार्ड लिएर मात्र हिंदन भन्नु होला अहिलेलाई पठाई दिन्छु भने पछि मलाई भन्यो - जानुहोस । थप के समेत भन्यो भने अहिले कोरियामा ओभर स्टे बिदेशीलाई पक्रने आदेश भएकोले अब उप्रान्त कार्ड लिएर मात्र हिंदनु होला । पुलिशले भन्दै गर्दा मैले मन मनै भने -- हुंदै नभएको कार्ड .......त्रो देखाउनु..... । अन्तमा हस् चाहि भने ।
साथीहरुहो ! कोरियाको स्थिति हदै खराव छ । यदि केहि कमाउन अबोप्रान्त कोरिया बस्नै परे हदै सम्मको सजकता अपनाउनु पर्ने देखिन्छ ।

Post a Comment

Free counter and web stats
eXTReMe Tracker

  © Blogger template Noblarum by Ourblogtemplates.com 2009

Back to TOP