यहाँहरुलाई थकाली सेवा समितिको ब्लगमा हार्दिक स्वागत छ । धन्यबाद !

थसेस दक्षिण कोरियाको स्थाई सदस्यता बितरण कार्यको थालनी

Monday, July 28, 2008

---------------------------------- More Photos------------------------------

थकाली सेवा समिति दक्षिण कोरियाको स्थाई सदस्यता बितरण गर्ने कार्यको थालनी गरेको छ। गत जुन २९ तारिख आईतबारको दिन थसेस दक्षिण कोरियाको साधारण भेलाले कोरियामा कार्यरत थकाली बन्धूहरुलाई निश्चित शुल्क सहित थसेस दक्षिण कोरियाको स्थाई सदस्यता प्रदान गर्ने निर्णय भए अनुसार निर्णयलाई तत्काल कार्यन्वयनमा लिनको लागि उक्त कार्यको थालनी गरिएको हो । थालनीको पहिलो दिनमै करिब बीस जना थकाली बन्धूहरुलाई थसेस स्थाई सदस्यता बितरण गरिएको छ । हाल सम्म कोरियामा कार्यरत सम्पूर्ण थकाली बन्धूहरु साधारण सदस्यको रुपमा रहि आएता पनि समितिको तर्फबाट दिईने थप सहुलियत र सुबिधाहरुको लागि स्थाई सदस्यता बितरण गर्नु परेको हो । साथै सदस्यता बितरणलाई तिब्रता दिन अध्यक्ष भक्त सेरचन , कोषाध्यक्ष अनिल गौचन र सह सचिव बिकास तुलाचन गरि तीन सदस्सिय तदर्थ कमिति गठन गरिएको छ । साथै थकाली जातीको संस्कृति झल्काउन आवश्यक सामाग्री मध्य थकाली महिला पोशाक ६ थान नेपालबाट खरिद गरि कोरिया आयात गरिएको छ। जसले आगामी दिनहरुमा कोरियामा रहेका नेपालीहरु माझ थकाली भेषभूषा सम्बन्धी थप परिचय दिन सफल रहने आशा गरिएको छ। btulachan2000@yahoo.co.kr

0 개의 덧글:

Post a Comment

Free counter and web stats
eXTReMe Tracker

  © Blogger template Noblarum by Ourblogtemplates.com 2009

Back to TOP