थकाली सेवा समिति दक्षिण कोरिया द्वारा धन्यबाद ज्ञापन
Thursday, October 29, 2009
कोरियामा रहेका अपांग प्रवासी नेपालीहरुको सहयोगार्थ थसेस कोरियाले गत अक्टुबर ३ तारिखको दिन आयोजना गरेको थासाङ सांस्कृतिक सौगात २००९ लाई पूर्ण रुपमा सफल पार्न सहयोग गर्नु हुने कोरियामा कृयाशिल संघ संस्था, ब्यबसायी, पत्रकार,बिधार्थी, लगायत सम्पूर्ण प्रवासी नेपालीहरुमा हार्दिक धन्यबाद ज्ञापन गरिएको छ । साथै थासाङ सांस्कृतिक सौगात २००९ को टिकटको अर्ध कट्टी जम्मा गर्नमा ढिलाई भएको कारण समस्या आई रहेकोले नबुझाउनु भएका संघ संस्था लगायतका महानुभावहरुमा छिटो भन्दा छिटो बुझाएर सहयोग गरि दिनुहुन समेत हार्दिक अनुरोध गरिएको छ । टिकट अर्ध कट्टी संकलन कार्य समापन हुना साथ आय ब्ययको बिबरण सार्वजनिक गराई नेपाल अपाङग संघ दक्षिण कोरियालाई सहयोग रकम उपलब्ध गराईने कुराको जानाकारी थसेस अध्यक्ष भक्त सेरचनले दिनु भएको छ ।
Read more...