यहाँहरुलाई थकाली सेवा समितिको ब्लगमा हार्दिक स्वागत छ । धन्यबाद !

थसेस दक्षिण कोरियाको स्थाई सदस्यता बितरण कार्यको थालनी

Monday, July 28, 2008

---------------------------------- More Photos------------------------------

थकाली सेवा समिति दक्षिण कोरियाको स्थाई सदस्यता बितरण गर्ने कार्यको थालनी गरेको छ। गत जुन २९ तारिख आईतबारको दिन थसेस दक्षिण कोरियाको साधारण भेलाले कोरियामा कार्यरत थकाली बन्धूहरुलाई निश्चित शुल्क सहित थसेस दक्षिण कोरियाको स्थाई सदस्यता प्रदान गर्ने निर्णय भए अनुसार निर्णयलाई तत्काल कार्यन्वयनमा लिनको लागि उक्त कार्यको थालनी गरिएको हो । थालनीको पहिलो दिनमै करिब बीस जना थकाली बन्धूहरुलाई थसेस स्थाई सदस्यता बितरण गरिएको छ । हाल सम्म कोरियामा कार्यरत सम्पूर्ण थकाली बन्धूहरु साधारण सदस्यको रुपमा रहि आएता पनि समितिको तर्फबाट दिईने थप सहुलियत र सुबिधाहरुको लागि स्थाई सदस्यता बितरण गर्नु परेको हो । साथै सदस्यता बितरणलाई तिब्रता दिन अध्यक्ष भक्त सेरचन , कोषाध्यक्ष अनिल गौचन र सह सचिव बिकास तुलाचन गरि तीन सदस्सिय तदर्थ कमिति गठन गरिएको छ । साथै थकाली जातीको संस्कृति झल्काउन आवश्यक सामाग्री मध्य थकाली महिला पोशाक ६ थान नेपालबाट खरिद गरि कोरिया आयात गरिएको छ। जसले आगामी दिनहरुमा कोरियामा रहेका नेपालीहरु माझ थकाली भेषभूषा सम्बन्धी थप परिचय दिन सफल रहने आशा गरिएको छ। btulachan2000@yahoo.co.kr

Read more...

सूचना

Wednesday, July 2, 2008


Read more...

बिशेष भेला जुन २९ आईतबार ।

Tuesday, July 1, 2008






















Read more...

थसेस दक्षिण कोरियाको विशेष भेला सम्पन्न ।

Monday, June 30, 2008


जुन २९ सउल कोरिया ।
थकाली सेवा समिति दक्षिण कोरियाको छैठौं बार्षिकोत्सवको पुर्वसन्ध्यामा आयोजना गरिएको बिशेष भेला सफलता पुर्वक सम्पन्न भएको छ । राजधानी सउलको तोङदेमुन स्थित स्वागत रेष्टुरेण्टको सभाकक्षमा सम्पन्न उक्त बिशेष भेलामा कोरियामा कार्यरत थकाली बन्धूहरुको उल्यख्य उपस्थिति रहेको थियो । थकाली सेवा समिति दक्षिण कोरियाका अध्यक्ष श्री भक्त सेरचनको अध्यक्षता तथा थसेस संस्थापक सदस्य तथा गुल्मी सम्पर्क समितिका अध्यक्ष श्री श्याम सेरचनको प्रमुख आतिथ्यमा सम्पन्न उक्त भेलाले थसेस दक्षिण कोरियाको भावी कार्यक्रम लगायत महत्वपूर्ण बिषयहरुमाथि छलफल गरेको छ । बिशेष भेलालाई सम्बोधन गर्नुहुदैं थकाली सेवा समिति दक्षिण कोरिया अध्यक्ष श्री भक्त सेरचनले कोरियाली भूमिमा कार्यरत थकाली बन्धूहरुमा आईपर्ने कुनै पनि समस्याहरु समाधानको लागि थसेस कोरिया संधै प्रयासरत रहिरहने र यस संस्था सबैको मायां,सहयोग र सुझाबको आवश्यकता परि नै रहने कुरा बताउनु भएको थियो । साथै उहांले भेलामा उपस्थिति नव प्रवेशी थकाली बन्धूहरुलाई स्वागत गर्ने क्रममा अबको दिनपछि दक्षिण कोरियामा थकाली बन्धूहरुको संख्यामा निकै बृद्दि हुनसक्ने तर्फ संकेत गर्दै हाम्रो यस पवित्र संस्थालाई अझ मजबूद बनाउंदै लैजानु पर्ने विचार ब्यक्त गर्नु भएको थियो ।
प्रमुख अतिथिको आसनबाट बोल्दै थसेस संस्थापक सदस्य तथा गुल्मी सम्पर्क समितिका अध्यक्ष श्री श्याम सेरचनले सबैले संस्थाको महत्व बुझ्दै जानुपर्ने र संस्था बिकासको लागि सबैको सहयोग र सुझाबको आबश्यकता खड्कीरहने बिचार विचार ब्यक्त गर्नु भएको थियो । दिनको ३ बजे देखि सांझ ६ बजे सम्म चलेको बिशेष भेलाको संचालन सचिव भरत तुलाचनको रहेको थियो । More photos

Read more...

बिश्वकिर्तिमानी आरोही मीनबहादुर शेरचन सम्मानित

Sunday, June 22, 2008


२० जून, ०८ । ७७ बर्षको उमेरमा बिश्वको सर्बोच्च शिखर सगरमाथाको सफल आरोहण गरी संसारकै सबैभन्दा ज्येष्ठ आरोही बनेर बिश्व किर्तिमान कायम गर्ने म्याग्दी भुरुङ तातोपानीका मीनबहादुर शेरचनलाई राजधानीमा आज आयोजित एक समारोहकाबिच सम्मान गरियो । थकाली सेवा समिति केन्द्र र काठमाडौं क्षेत्रले संयुक्तरुपमा आयोजित सम्मान कार्यक्रममा किर्तिमानी आरोही शेरचनलाई खादा तथा पगरी पहिर्‍याई प्रशंसापत्रले सम्मान गरियो । श्री शेरचनको जन्म दिन पारेर आयोजित उक्त सम्मान कार्यक्रममा बिभिन्न वक्ताहरुले सफलताको लागि हार्दिक बधाई ज्ञापन गर्दै उहाँको साहसिक कदमको प्रशंसा गरेका थिए । बधाई मन्तब्य दिनेहरुमा ओमकार गौचन, गोपालानारायण भट्टचन, समाजशाष्त्री डा. कृष्णबहादुर भट्टचन, पूर्व उपप्रधानमन्त्री तथा सभासद अमिक शेरचन, गजेन्द्र तुलाचन, पूर्वराज्यमन्त्री ओमकारप्रसाद गौचन, आरोही मीनबहादुर शेरचन र चित्रलाल शेरचनलगायतका हुनुहुन्थ्यो । बक्ताहरुले आरोही शेरचनको बारेमा समाचार संप्रेषण गर्न मिडियाले कन्जुष्याई गरेको र राज्यले सम्मान दिन नसकेको आरोप लगाएका थिए । श्रोट: समुन्द्रपारि डट कम

Read more...

जरुरी सूचना......

Monday, June 16, 2008


Read more...
Free counter and web stats
eXTReMe Tracker

  © Blogger template Noblarum by Ourblogtemplates.com 2009

Back to TOP