यसरी निम्तिएको रे दुबई संकट
Monday, December 7, 2009
दुबईका शासक सेख विन रसिद अल मक्तोउम कविता लेख्छन्, घोडचढीमा रमाउँछन् अनि बेलायती महारानी एलिजावेथजस्तो जीवनशैली जिउँछन् । दूरदर्शिताविनाको योजना तथा विलासी जीवन नै दुबई संकटको कारण देखिएको छ । उनको यही कमजोरीका कारण विश्व व्यापारको केन्द्रबिन्दु बन्न सफल दुबई सहरको भविष्य संकटमा परेको विश्लेषकहरूको अनुमान छ ।
विलासी जीवन जिउने मनोकांक्षासहित उनले मरुभूमिमा विकासको बीउ रोपे । तर, भविष्यको पूर्वानुमान एवं अदूरदर्शी निर्णयका कारण समुद्रमाथि बनेको सहर डगमगाउन थालेको छ । पाश्चात्य जीवनशैली र मुस्लिम परम्पराको मिश्रणमा विकासको नयाँ मोडल तयार गरी विकासको अनुपम नमुना प्रस्तुत गर्न सफल सेखको ठूलो कमजोरी ऋण व्यवस्थापन रह्यो । मरुभूमि सहरलाई विश्व व्यापारको केन्द्र बनाउन उनले पाएजतिको ऋण बटुले, तर पछि तिर्नुपर्छ भन्ने कुरा सोच्न भ्याएनन् । एक दशकदेखि थुपिँ्रदै गएको ऋण अहिले आएर विस्फोट भयो ।
विकासका लागि उनले लिएको रणनीति थियो- बारमा गएर बियर पिऊ, समुद्र किनारमा विकनी लगाऊ, डिस्कोमा जाऊ जे गर पैसा कमाऊ, विदेशीलाई अकषिर्त गर । उनले योजना ठूलो बनाए तर केका आधारमा भन्दा-ऋणको आधारमा । उनीसँग यसबाहेक अर्काे विकल्प नै थिएन, अरब क्षेत्रको ठूलो सम्पत्तिको रूपमा तेल रहे पनि दुबईमा तेलको उल्लेख्य भण्डारण छैन । केही वर्षअघिसम्म कुल आयमा मुख्य हिस्सा ओगट्ने तेल व्यापारले अहिले जम्मा ६ प्रतिशत योगदान गर्छ ।
६० वर्षे सेख आपनो राज्यलाई न्युयोर्क वा लन्डनको बराबरीमा ल्याउन चाहन्थे । विकसित सहरका रूपमा चिनिएका अमेरिकी र बेलायतको समकक्षी हुन सहज त पक्कै थिएन् । महत्त्वाकांक्षाी सेख आफ्नो सपना पूरा गर्न कठोरताका साथ लागे । समुद्रमाझमा सहर खडा गर्ने, पाश्चात्य शैलीका होटल, डिस्को र बार सबैमा ठूलो लगानी गरे । लगानीका लागि आवश्यक ऋण विकसित देशका बैंकबाट नै लिए । विदेशी बैंकहरूले पनि खाडी मुलुकको तेल खानीमाथि र्याल चुहाउँदै भनेजति ऋण दिए । उनीहरूलाई के थाहा विश्वव्यापी वित्तीय संकट आउला र त्यसले आधुनिक विकासको नुमना बनेको दुबईको सम्पन्नता डगमगाउला ! उनीहरूको नजर तेल बेचेर धनी भएका मुस्लिमहरूको सम्पत्तिमा थियो । विभिन्न सेवा प्रदान गर्ने वाहनामा उनीहरू त्यो सम्पत्ति प्राप्त गर्न चाहन्थे । यता सेख आफ्नो योजनाअनुसार अन्तर्राष्ट्रिय स्कुल, बहुर्राष्ट्रिय कम्पनी, आरामदायी होटल आदिका क्षेत्रमा उल्लेख्य लगानी गर्दै गए । उनको लक्ष्य दुबईलाई विश्वकै सम्पन्न एवं प्रमुख पर्टकीय गन्तव्यका रूपमा स्थापित गर्नुथियो । उनैको प्रयास स्वरूप दुबई विश्वको २० औं तथा अरब क्ष्ाेत्रको दोस्रो महँगो सहरका रूपमा स्थापित भएको थियो ।
पश्चिमा शैलीको सहर निर्माणमा अभ्यस्त भए पनि सेख आफ्नो परम्पराबाट विचलित भएनन् । उनले आफ्नो मुस्लिम संस्कृति अहिले पनि त्यागेका छैनन् । उनलाई ऊँट पाल्न मन लाग्छ भने घोडा उनको पि्रय हो । दुबईका चौडा सडकमा मर्सिडिजमा सयर गर्छन् सेख । एक शासकको हिसाबले उनी आपना जनताको सुझाव तथा गुनासा पनि सुन्छन् । अर्काे रमाइलो पक्ष- उनी कार्यालय तथा घर जहाँ भए पनि फेसबुकमा दैनिकी अपडेट गर्न र टुविटरमा तन्नेरीहरूलाई ट्विट गर्न समय निकाल्छन् ।
सपनाका यी जादुगर अहिले पक्कै बिउँझिए होलान् । उनको सपनाको सहरको भविष्य संकटमा परेको छ । दुबईको ऋण ८० अर्ब अमेरिकी डलर पुगिसकेको छ । जसमा सरकारी स्वामित्वको पूर्वाधार विकास तथा अन्य क्षेत्रमा लगानी गर्ने कम्पनी दुबई वल्र्डको मात्रै ५९ अर्ब जति छ । यही ऋणको डिसेम्बर किस्ता ६ महिना पर सार्ने निर्णय गर्दा विश्व वित्तीय क्षेत्र डगमगाएको छ ।
सम्पन्न सहर बनाउने योजनामा लागेका सेख अहिले युएईको अर्काे राज्य अबुधाबीबाट सहयोग पाउने आशामा छन् । उनको आशा अनुरूप नै खनिज तेल सम्पन्न अबुधाबी र युएई सरकारले दुबईलाई सहयोग गरिरहेको छ । तर, अझै पनि उनी दुबई बल्र्डको ऋण समस्याका बारेमा केही बोलिरहेका छैनन्, न त समस्या समाधानका लागि अघि सरेका छन् । उल्टै कम्पनीले जारी गरेको बोन्डको ग्यारेन्टी दुबई सरकार नबस्ने भन्दै थप अन्योल सिर्जना गरिदिएका छन् ।
सञ्चारमाध्यमबाट परै रहन चाहने सेखलाई दुई महिना अघि बढ्दो ऋणका बारेमा सोधिएका थियो । तर, उनले आत्मविश्वासका साथ भने, 'म यहाँहरूलाई आश्वस्त पार्छु, दुबई राम्रो अवस्थामा छ । हामी चिन्तित छैनौँ ।' नेाभेम्बरको पहिलो साता अन्तर्राष्ट्रिय सेयरधनीहरूसँगको छलफलमा सेख निकै कडा रूपमा प्रस्तुत भए । ऋण समस्याका सम्बन्धमा सोध्ने संवाददाताहरूलाई चुप लाग्न आदेश दिनसमेत उनी पछि परेनन् । बारम्बार ऋणका बारेमा सोध्दा पनि यसतर्फ ध्यान नदिनु नै संकटको कारण बन्यो ।
नयां पत्रिका बाट साभार
किन ढिलाई हुंदैछ अपांग संघलाई सहयोग बितरण ?
Saturday, November 28, 2009
होशियार ! स्थानिय प्रहरीले समेत पक्रदै छ
Wednesday, November 11, 2009
म स्वयं कोरिया भित्रिएको १८ बर्ष पूरा भयो । यहां आएर डेट ओभर भई सकेका म जस्ता लाखौ जना बिदेशीहरुलाई खोजि खोजि भिषाको बन्दोबस्त मिलाई दियो यहांको सरकारले । त्यो पनि एक पल्ट होईन ३-३ पल्ट । शुरुमा ९२ साल तिर यहां आएर यतै बसेकाहरुलाई कम्पनी मालिकको रोहबरमा छ छ महिनाको भिषा करिब २ बर्ष सम्म लगातार दियो । ९४ सालबाट प्रशिक्षण भिषा प्रणाली शुरु गरेपछि सबै बिदेशीहरुलाई स्वदेश फर्कन उर्दी जारी गर्यो । पचास प्रतिशत बिदेशीहरु स्वदेश फर्के । जस्तो पर्छ तर्छ भन्ने बिचार लिएका बिदेशीहरु यतै बसेर बाजी मारे । २००२ को वल्ड कप ताका पुन: एक बर्षको भिषा थाप्न प्लेन टिकट किनेर आउन भन्यो , करिव ३ लाख अबैध भनिएका बिदेशीहरुले आफूलाई पायक पर्ने अध्यागमण बिभाग मार्फत लहरै भिषा थापे । घर फर्कने फर्के । नफर्कने टिकटको आधा रकम फर्काएर फेरी यतै बसे । उप्रान्त कोरियामा ईपिएस मार्फत बिदेशी कामदार ल्याएर कजाउने नियमलाई संसदबाटै पारित गरे पछि बिदेशीहरुलाई २००३ सालको नोभेम्बर १५ को अन्तिम म्याद दियो । साथै सरकारले बिभिन्न संचार माध्यमहरुबाट हदै सम्मको कडा गरि स्वदेश फर्काउने समाचारहरु लगाता फुक्यो । अटेर बिदेशीहरु बेस्सरी अत्तालिए । प्राय सबै जना ३,४ महिना कामै छोडेर गुप्तवास समेत बसे । पक्रन चाहि बेस्सरी पक्रयो । तैपनि यतै बसेकाहरुले नै जिते ।
म पनि यतै बसेकोमा परेपनि कहिल्यै धरपकड सम्बन्धि साधारण घटनामा समेत परिन । अध्यागमण र कानुन मन्त्रालयको मातहतमा मात्र धरपकड हुने हुनाले खासै आत्तिनु पर्ने अबस्था देखिन । पोहोर साल पनि अक्टुबर देखि डिसेम्बर सम्म हदै कडा र स्थानिय प्रहरीले समेत पक्रने हल्ला चल्यो । तर प्रहरी संग दैनिक जसो भेट हुन्थ्यो । कहिले काही सोधपुछ गरे पनि बिदेशी हुं भनेपछि छोडी हाल्थ्यो । हल्ला, हल्लामै सिमित हुन्थ्यो । आफूले केहि गल्ती नगर्दा सम्म खासै समस्या थिएन । तर हाल कोरियाली सरकारको कडाईले कति सम्म सिमा नाघ्दै छ भन्ने प्रमाण हिजो मेरो घटनाको प्रकृतिले देखाई दियो ।
घटना बिबरण :-
हिजो दिंउसो म दिउसोको खाना पश्चात रेश टाईममा कम्पनी देखि नजिकै रहेको बैकमा बिशेष कामले जांदै थिए । करिब ५० मिटर परैबाट बैकको छेवैमा स्थानिय कोरियनहरुलाई चेकिङ गर्दै गरेको प्रहरीलाई देखें । फर्किउं कि जस्तो नभएको पनि होईन , म बिदेशीलाई किन पो सोध्ला र भन्ने सोचाईले सदाझैं म लुरुलुरु अगाडी बढें । प्रहरीले १० मिटर परैबाट मलाई देखे पछि बोलायो । बिगतमा झैं म बिदेशी हुं भनेता पनि कार्ड माग्यो । जब की अहिले सम्म कहिल्यै कार्ड मागेको थिएन , कार्ड मागे पछि मेरो त होश हवासै उड्यो । र भने, ओहो ! कार्ड त कम्पनी मै छोडेछु त ! अनि उ बोल्यो - तपाई ओभर स्टे त होईन ? मैले भने होईन होईन बकैडा भिषावाला हुं । प्रहरीले भन्यो- कार्ड देखाए पो भिषावाला साथमा कार्डै छैन केको भिषा वाला ! जाउं अफिशमा, ओई ! गाडीमा कोचार यसलाई भन्दै अर्को पुलिसलाई भने पछि म रातो पिरो भएं । मैले बिन्ती गरें कम्पनीमा जाउं नत ! उस्ले सोध्यो , कम्पनी नजिकै हो ? मैले भने अलि टाढा छ । कम्पनी मालिकको फोन नम्बर र मालिकको नाम भन्न भनेपछि कम्पनीको अफिशको फोन नम्बर र मालिकको नाम दिएं । तुरुन्त फोन लगायो धन्न मालिकले नै फोन उठाएछ क्यारे यताबाट प्रहरी बोल्यो - यहां .... नाम गरेको नेपाली चेकिङमा परेकोले यस्ले त्यो कम्पनीमा काम गर्छ? उता बाट मालिकले सायद गर्छ नै भन्यो होला । फेरी सोध्यो- यस्ले कार्ड कम्पनीमा छोडेछु भन्दै छ सांचो हो ? उताबाट के भन्यो थाहा भएन तर प्रहरीले फोनमा अब उप्रान्त सधै कार्ड लिएर मात्र हिंदन भन्नु होला अहिलेलाई पठाई दिन्छु भने पछि मलाई भन्यो - जानुहोस । थप के समेत भन्यो भने अहिले कोरियामा ओभर स्टे बिदेशीलाई पक्रने आदेश भएकोले अब उप्रान्त कार्ड लिएर मात्र हिंदनु होला । पुलिशले भन्दै गर्दा मैले मन मनै भने -- हुंदै नभएको कार्ड .......त्रो देखाउनु..... । अन्तमा हस् चाहि भने ।
साथीहरुहो ! कोरियाको स्थिति हदै खराव छ । यदि केहि कमाउन अबोप्रान्त कोरिया बस्नै परे हदै सम्मको सजकता अपनाउनु पर्ने देखिन्छ ।
थकाली सेवा समिति दक्षिण कोरिया द्वारा धन्यबाद ज्ञापन
Thursday, October 29, 2009
कोरियामा रहेका अपांग प्रवासी नेपालीहरुको सहयोगार्थ थसेस कोरियाले गत अक्टुबर ३ तारिखको दिन आयोजना गरेको थासाङ सांस्कृतिक सौगात २००९ लाई पूर्ण रुपमा सफल पार्न सहयोग गर्नु हुने कोरियामा कृयाशिल संघ संस्था, ब्यबसायी, पत्रकार,बिधार्थी, लगायत सम्पूर्ण प्रवासी नेपालीहरुमा हार्दिक धन्यबाद ज्ञापन गरिएको छ । साथै थासाङ सांस्कृतिक सौगात २००९ को टिकटको अर्ध कट्टी जम्मा गर्नमा ढिलाई भएको कारण समस्या आई रहेकोले नबुझाउनु भएका संघ संस्था लगायतका महानुभावहरुमा छिटो भन्दा छिटो बुझाएर सहयोग गरि दिनुहुन समेत हार्दिक अनुरोध गरिएको छ । टिकट अर्ध कट्टी संकलन कार्य समापन हुना साथ आय ब्ययको बिबरण सार्वजनिक गराई नेपाल अपाङग संघ दक्षिण कोरियालाई सहयोग रकम उपलब्ध गराईने कुराको जानाकारी थसेस अध्यक्ष भक्त सेरचनले दिनु भएको छ ।अब कलिउड देखि बलिउड सम्म थकाली खानाको चर्चा
Saturday, January 17, 2009
बिशेष गरि नेपालमा थकाली खाना चर्चित मानिन्छ । बिभिन्न नेपाली पत्र पत्रिकाहरुको अनुसार कलिउडका नायक नायिकाहरु शुटिङको मौका पारेर होस् या निजि रुपमा,नेपालको बिभिन्न स्थानमा जांदा प्राय: थकाली खाना नै रोज्छन् रे । यदाकदा नेपालका छापाहरुमा थकाली खानाले स्थान पाएको हुन्छ । तर बलिउडका चर्चित नायकले थकाली खानाको खुलेरै तारिफ गरेको शायदै पहिलो हुनु पर्दछ । कुरा हालै नेपालको निजी भ्रमणमा आएका बलिउडका चर्चित नायक गोबिन्दाले याक यण्ड यति होटेलमा भनेको कुरालाई नेपाल समाचार पत्रले श्रोट बनाएर प्रकाशन गरेको सामग्रीको हो । नपत्याए हेर्नुस यहां
