यहाँहरुलाई थकाली सेवा समितिको ब्लगमा हार्दिक स्वागत छ । धन्यबाद !

थसेस कोरिया द्दारा कोशी बाढीपिडित सहयोगार्थ सेलरोटी बिक्री बितरण कार्य सम्पन्न .

Sunday, September 14, 2008

---------------------------कार्यक्रम सम्बन्धि थप तस्विरहरु------------ ---

भरत तुलाचन , सउल तोङदेमुन

हिजो सेप्टेम्बर १२ तारिख शुक्रबारको दिन गुल्मी सम्पर्क समितिको आयोजनामा आयोजित रेशुङ्गा सांस्कृतिक झलक २००८ माथकाली सेवा समिति दक्षिण कोरियाले कोशी बाढीपिडित सहयोगार्थ सेलरोटी सहितको बिभिन्न मिष्ठान्न परिकारहरुको बिक्री बुतरण कार्य सफलताका साथ सम्पन्न गरेको छ । कार्यक्रमलाई सफल बनाउन कोरियामा कार्यरत उत्साही थकाली बन्धूहरु जोश र जांगरकासाथ लागि परेका थिए । रातको निन्द्रा र दिनको भोकहरुलाई बिर्सिएर सामाज सेवामा खतिएका जोशिला थकाली बन्धूहरुको परिश्रम सांच्चै गर्व गर्न लायक देखिन्थ्यो . कार्यक्रमलाई सफल पार्न सहयोग गर्नुहुने गुल्मी सम्पर्क समिति,नेपाल बौद्द परिवार,छाविय चिव,नमस्ते रेष्टुरेण्ट लगायत थुप्रै सहयोगी मित्रहरुलाई थकाली सेवा समिति दक्षिण कोरियाका अध्यक्ष भक्त सेरचनले धन्यबाद दिनुहुंदै कार्यक्रमबाट बचत हुन आएको रकम कोशी बाढीपिडित सहयोगार्थ दक्षिण कोरिया स्थित नेपाली राजदुतावास मार्फत राहतकोषमा जम्मा गरिने कुरा बताउनु भएको छ .

Read more...

थसेस दक्षिण कोरियाले कोशी बाढी पिडित सहयोगार्थ सेलरोटी बिक्री बितरण गर्ने ।

Monday, September 8, 2008

भरत तुलाचन सउल कोरिया ।
आगामी सेप्टेम्बर १२ तारिख शुक्रबारको दिन गुल्मी सम्पर्क समितिको आयोजनामा हुन गई रहेको रेशुङ्गा सांस्कृतिक झलक २००८ मा थकाली सेवा समिति दक्षिण कोरियाले सेलरोटी सहितको बिभिन्न मिष्ठान्न परिकारहरुको बिक्री बितरण गर्ने भएको छ । मिष्ठान्न परिकारहरुसंगै अलकोहल बाहेकका पेय पदार्थहरु समेत समाबेश रहने र बिक्री बितरणबाट संकलित रकम कोशी बाढी पिडित सहयोगार्थ राहत कोषमा जम्मा गरिने छ। हिजो आईतबार सांझ थसेस अध्यक्ष श्री भक्त सेरचन ज्युको अध्यक्षतामा बसेको बैठकले १२ तारिख सांझ सम्ममा सम्पूर्ण तयारी पूरा गर्ने निर्णय गरेको छ ।


Read more...

प्रथम एनसिसि कप बिजय टीम म्याग्दी समाज समितिले जलपान कार्यक्रमको आयोजना गर्ने ।

Friday, August 29, 2008

अगष्ट २९ सउल कोरिया ।

नेपाल सम्पर्क समिति दक्षिण कोरियाको आयोजनामा सम्पन्न प्रतिस्प्रर्धात्मक भलिबल खेलको एन सि सि भलिबल कप म्याग्दी समाज समिति दक्षिण कोरियाले आफ्नो पोल्टामा पार्न सफल भएपछिबिजयोत्स्व संगै आगामी सेप्टेम्बर १२ तारिख सांझ म्याग्देली बृहत भेलाको साथै जलपान कार्यक्रमको आयोजना गर्ने भएको छ ।सउल तोङदेमुन स्थित नमस्ते रेष्टुरेण्टमा आयोजना गरिने उक्त भेला तथा जलपान कार्यक्रममा कोरियामा कार्यरत सम्पूर्ण म्याग्देलीहरुलाई सेप्टेम्बर १२ तारिख सांझ ८ बजे उपस्थितिको लागि हार्दिक अनुरोध गरिएको छ । स्मरणिय रहोस् गत अगष्ट २४ तारिख आईतबारको दिन सम्पन्न उक्त प्रतियागितामा म्याग्दी समाज समिति,एस के नेपाल डट ओआरजी ,बाग्लुङ सम्पर्क समिति,गुल्मी सम्पर्क समिति,स्याङजा परिवार तथा मुन्जङ प्रवासी क्ल्ब गरि जम्मा ६ टीमले भाग लिएका थिए । फाईनल खेलमा पुगेको एस के नेपाल डट ओआरजीलाई कडा प्रतिस्प्रर्धाका साथ २-१ ले पराजित गर्दै नेपाल सम्पर्क समितिले सम्भवत पहिलो पटक आयोजना गरेको एन सिसि भलिबल कप म्याग्दी समाज समितिले हात पार्न सफल भएको थयो ।

Read more...

अगष्ट २४ आईतबार ।

Tuesday, August 26, 2008












Read more...

एन सिसि कप म्याग्दी समाज समितिको पोल्टामा ।

अगष्ट २४ आईतबार , भरत तुलाचन सउल ।
दक्षिण कोरियाको राजधानी सउल स्थित सादे बुसोक हाई स्कुलको भलिबल खेल मैदानमा कोरियाबासी प्रवासीहरुको छाता संस्था नेपाल सम्पर्क समिति दक्षिण कोरियाको आयोजनामा सम्पन्न प्रतिस्प्रर्धात्मक भलिबल खेलको एन सि सि कप म्याग्दी समाज समिति दक्षिण कोरियाको पोल्टामा परेको छ । अगष्ट २४ तारिख आईतबारको दिन सम्पन्न उक्त प्रतियागितामा म्याग्दी समाज समिति,एस के नेपाल डट कम,बाग्लुङ सम्पर्क समिति,गुल्मी सम्पर्क समिति,स्याङजा परिवार तथा मुन्जङ प्रवासी क्ल्ब गरि जम्मा ६ टीमले भाग लिएका थिए । पहिलो चरणको खेलमा म्याग्दी समाज समितिले गुल्मी सम्पर्क समितिलाई,एस के नेपाल डट कमले स्याङजा परिवारलाई,बाग्लुङ सम्पर्क समितिले मुन्जङ प्रवासी क्ल्बलाई पराजित गर्दै सेमी फाईनल खेलमा प्रवेश गरेका थिए । सेमी फईनल खेलको लागि भएको गोला नतिजा अनुसार म्याग्दी समाज समिति बाईमा परेको थियो ।सेमी फईनल खेलमा एस के नेपाल डट कमले बाग्लुङ सम्पर्क समितिलाई पराजित गर्दै फाईनलमा प्रवेश गरेको थियो । रोमान्चित फाईनल खेलमा म्याग्दी समाज समितिले एस के नेपाल डट कमलाई २-१ ले पराजितगर्दै यसपालीको एन सिसि कप हात पार्न सफल भएको छ । कार्यक्रममा आयोजक नेपाल सम्पर्क समिति दक्षिण कोरियाको भाग्यशाली चिट्ठा समेत खोलिएको थियो । भाग्यशाली चिट्ठामा बिजय हुने महानुभावहरुलाई नेपाल सम्पर्क समिति दक्षिण कोरियाका अध्यक्ष श्री ईश्वर केसीले पुरस्कार प्रदान गर्नु भएको थियो । कार्यक्रममा आयोजकको तर्फबाट सेलरोटी र चट्नी लगायतका मिष्ठान्न परिकारहरुको बिक्रि बितरण गरिएको थयो । उपस्थित सम्पूर्ण महानुभावहरुमा नेपाल सम्पर्क समिति दक्षिण कोरियाको आयोजनामा सम्पन्न प्रतिस्प्रर्धात्मक भलिबल खेलमाकुनै कुरामा कमी नभएको आभास सजिलै पाउन सकिन्थ्यो । अब उप्रान्त एन सिसि कप हरेक चार चार महिनामा आयोजना गरिने भएको छ ।

Read more...

२००८ अगष्ट १७ आईतबार

Tuesday, August 19, 2008









Read more...
Free counter and web stats
eXTReMe Tracker

  © Blogger template Noblarum by Ourblogtemplates.com 2009

Back to TOP