थसेस दक्षिण कोरियाको विशेष भेला सम्पन्न ।
Monday, June 30, 2008
जुन २९ सउल कोरिया ।
थकाली सेवा समिति दक्षिण कोरियाको छैठौं बार्षिकोत्सवको पुर्वसन्ध्यामा आयोजना गरिएको बिशेष भेला सफलता पुर्वक सम्पन्न भएको छ । राजधानी सउलको तोङदेमुन स्थित स्वागत रेष्टुरेण्टको सभाकक्षमा सम्पन्न उक्त बिशेष भेलामा कोरियामा कार्यरत थकाली बन्धूहरुको उल्यख्य उपस्थिति रहेको थियो । थकाली सेवा समिति दक्षिण कोरियाका अध्यक्ष श्री भक्त सेरचनको अध्यक्षता तथा थसेस संस्थापक सदस्य तथा गुल्मी सम्पर्क समितिका अध्यक्ष श्री श्याम सेरचनको प्रमुख आतिथ्यमा सम्पन्न उक्त भेलाले थसेस दक्षिण कोरियाको भावी कार्यक्रम लगायत महत्वपूर्ण बिषयहरुमाथि छलफल गरेको छ । बिशेष भेलालाई सम्बोधन गर्नुहुदैं थकाली सेवा समिति दक्षिण कोरिया अध्यक्ष श्री भक्त सेरचनले कोरियाली भूमिमा कार्यरत थकाली बन्धूहरुमा आईपर्ने कुनै पनि समस्याहरु समाधानको लागि थसेस कोरिया संधै प्रयासरत रहिरहने र यस संस्था सबैको मायां,सहयोग र सुझाबको आवश्यकता परि नै रहने कुरा बताउनु भएको थियो । साथै उहांले भेलामा उपस्थिति नव प्रवेशी थकाली बन्धूहरुलाई स्वागत गर्ने क्रममा अबको दिनपछि दक्षिण कोरियामा थकाली बन्धूहरुको संख्यामा निकै बृद्दि हुनसक्ने तर्फ संकेत गर्दै हाम्रो यस पवित्र संस्थालाई अझ मजबूद बनाउंदै लैजानु पर्ने विचार ब्यक्त गर्नु भएको थियो ।

प्रमुख अतिथिको आसनबाट बोल्दै थसेस संस्थापक सदस्य तथा गुल्मी सम्पर्क समितिका अध्यक्ष श्री श्याम सेरचनले सबैले संस्थाको महत्व बुझ्दै जानुपर्ने र संस्था बिकासको लागि सबैको सहयोग र सुझाबको आबश्यकता खड्कीरहने बिचार विचार ब्यक्त गर्नु भएको थियो । दिनको ३ बजे देखि सांझ ६ बजे सम्म चलेको बिशेष भेलाको संचालन सचिव भरत तुलाचनको रहेको थियो । More photos
Read more...
बिश्वकिर्तिमानी आरोही मीनबहादुर शेरचन सम्मानित
Sunday, June 22, 2008
२० जून, ०८ । ७७ बर्षको उमेरमा बिश्वको सर्बोच्च शिखर सगरमाथाको सफल आरोहण गरी संसारकै सबैभन्दा ज्येष्ठ आरोही बनेर बिश्व किर्तिमान कायम गर्ने म्याग्दी भुरुङ तातोपानीका मीनबहादुर शेरचनलाई राजधानीमा आज आयोजित एक समारोहकाबिच सम्मान गरियो । थकाली सेवा समिति केन्द्र र काठमाडौं क्षेत्रले संयुक्तरुपमा आयोजित सम्मान कार्यक्रममा किर्तिमानी आरोही शेरचनलाई खादा तथा पगरी पहिर्याई प्रशंसापत्रले सम्मान गरियो । श्री शेरचनको जन्म दिन पारेर आयोजित उक्त सम्मान कार्यक्रममा बिभिन्न वक्ताहरुले सफलताको लागि हार्दिक बधाई ज्ञापन गर्दै उहाँको साहसिक कदमको प्रशंसा गरेका थिए । बधाई मन्तब्य दिनेहरुमा ओमकार गौचन, गोपालानारायण भट्टचन, समाजशाष्त्री डा. कृष्णबहादुर भट्टचन, पूर्व उपप्रधानमन्त्री तथा सभासद अमिक शेरचन, गजेन्द्र तुलाचन, पूर्वराज्यमन्त्री ओमकारप्रसाद गौचन, आरोही मीनबहादुर शेरचन र चित्रलाल शेरचनलगायतका हुनुहुन्थ्यो । बक्ताहरुले आरोही शेरचनको बारेमा समाचार संप्रेषण गर्न मिडियाले कन्जुष्याई गरेको र राज्यले सम्मान दिन नसकेको आरोप लगाएका थिए । श्रोट: समुन्द्रपारि डट कम
Read more...
दक्षिण कोरियामा प्रतिस्प्रर्धात्मक भलिबल खेल प्रतियोगिता भब्यताका साथ सम्पन्न
Thursday, June 5, 2008
म्याग्दी समाज समिति दक्षिण कोरिया द्घारा आयोजित प्रतिस्प्रर्धात्मक भलिबल खेल प्रतियोगिता भब्यताका साथ सम्पन्न भएको छ । गत जुन १ तारिख आईतबारको दिन उईजङबु माङवलसान स्थित सिनहुङ क्याम्पस परिसरमा सफलताका साथ सम्पन्न भएको उक्त प्रतियोगितामा म्याग्दी परिवार, नेपाल सम्पर्क समिति, नेपाल कोरिया ब्यापार संघ, पर्बत टीम, नेपाल मगर संघ, बाग्लुङ परिवार, मुन्जङ प्रबासी टीम, गुल्मी सम्पर्क समिति गरी बिभिन्न ८ टीमले भाग लिएका थिए ।
म्याग्दी समाज समितिका अध्यक्ष श्री नर बहादुर पुनले उद्घघाटन गर्नु भए पछिको प्रथम चरणको खेलमा बाग्लुङ परिवारले गुल्मी परिवारलाई ,पर्वत टीमले नेपाल कोरिया ब्यापार संघलाई, नेपाल सम्पर्क समितिले म्याग्दी समाज समितिलाई र मुन्जङ प्रवासी क्लबले नेपाल मगर सघलाई बिजय गरि सेमिफाईनलमा प्रवेश गरेका थिए । सेमिफाईनलमा ४ टीम बिच भएको भएको कडा प्रतिस्प्रर्धामा बाग्लुङ परिवारले पर्वत टीमलाई र नेपाल सम्पर्क समितिले मुन्जङ प्रवासी क्लबलाई बिजय गर्दै अन्तिम फाईनल खेलमा प्रवेश गरेका थिए । नेपाल सम्पर्क समिति र बाग्लुङ टीम बिच भएको अति रोमान्चित र कडा प्रधिस्प्रर्धात्मक फाईनल खेलमा नेपाल सम्पर्क समिति ले बाग्लुङ टीमलाई २-१ ले बिजय गर्दै म्याग्दी समाज समिति दक्षिण कोरिया द्घारा आयोजित प्रधिस्प्रर्धात्मक भलिबल खेल २००८ को बिजय टीम बन्न पुगेको छ ।
आयोजकको तर्फबाट तयार गरिएको सेल रोटी, आलुदम, मुलाको अचार र अन्य मिष्ठान्न परिकारहरुले कार्यक्रमलाई थप रौनकता थपेको आभाष सजिलै पाउन सकिन्थ्यो । नेपाली जनअधिकार मञ्च दक्षिण कोरियाका अध्यक्ष बाबुराम तामाङले कार्यक्रमको शुरुमै प्रतियोगितामा बिजेता टीमलाई एक लाख वन प्रदान गर्ने घोषणा गर्नु भए अनुसार बिजेता टीम नेपाल सम्पर्क समितिका टीम क्याप्टेन मार्फत एक लाख वन प्रदान गर्नु भएको थियो ।
कार्यक्रमको अन्तमा म्याग्दी समाज समिति दक्षिण कोरियाले आयोजना गरेको भाग्यशाली चिट्ठा कार्यक्रमको नतिजा पनि सार्वजनिक गरेको थियो । उक्त चिट्ठा कार्यक्रममा प्रथम पुरुस्कार गणेश बा राणा टिकट नं २१४ (ल्यापटप कम्प्युटर) , दोश्रोमा मिलन लिम्बु टिकट नं ३३० (डिजिटल क्यामेरा ) , तेश्रोमा टंक पाईजा टिकट नं २४० (एम पी फोर प्ल्येयर) र सान्वनामा सुमन श्रेष्ठ टिकट नं ९ , टंक बा थापा ३७९, योगिशा लालचन १८३ ले प्राप्त गर्नु भएको थियो । अन्तमा म्याग्दी समाज समितिका अध्यक्ष श्री नर बहादुर पुनले भाग लिने सम्पुर्ण टिम, सहयोगि चन्दा दाताहरु लगायत सम्पूर्ण उपस्थित महानुभावहरूलाई धन्यवाद दिनु हुँदै आगामी बर्षहरुमा समेत यस्ता खाले कार्यक्रमहरुको आयोजना गर्दै जाने बचनबद्धताका साथ प्रतिस्पर्धात्मक भलिबल खेल प्रतियोगिता २००८ को समापन गरिएको थियो । btulachan2000@yahoo.co.kr
Read more...
Subscribe to:
Posts (Atom)