यहाँहरुलाई थकाली सेवा समितिको ब्लगमा हार्दिक स्वागत छ । धन्यबाद !

कोरियाली भूमिमा रहेका संघ संस्थाहरु

Thursday, February 14, 2008

संस्थाको नाम ---------------------अध्यक्ष-------------------फोन नम्बर

१-नेपाली सम्पर्क समिति-------- ----देबिट राई-----------010 9986 7473

२-थकाली सेवा समिति--------------भक्त सेरचन-------------010-7219-9576

३-म्याग्दी समाज समिति-----------नर बहादुर पुन-------010-8695-3565

४-कोरिया फ्रेण्डसीप सोसाइटी------- भानु श्रेष्ठ ------------011-9690-4460
५-नेपाली जनसम्पर्क समिति--------रतन सुब्बा-------------010-8699-4315
६-गैर आवासीय नेपाली संघ(NRN Korea) गंगा राज राई -010-9960-3989
७-भोजपुर परिवार-----------------एल् बी प्रधान------------010-8211-8848
८-नेपाल मगर संघ----------------अप्त पुन----------------010 6232 7911

९-झापा मिलन समाज-------------रोमु सिटौला-------------010-6800-8848
१०-लमजुङ परिवार-----------------कृष्‍ण्‍ा गुरूङ--------------010-8698-7822
११-किरात राई परिवार-------------चन्‍द्र सेन राई------------010-3108-7362
१२-नेपाल कोरिया सांस्कृतिक मन्च--प्रेम गुरुङ-------------010-3042-7024
१३-बाग्लुड सम्पर्क समिति----------लक्ष्‍मण्‍ा पुन-----------01 9687 1359
१४-नेपाल बौद्ध परिवार-------------नरेन्द्र गुरुङ-------------011-9309-2087
१५-मनाङ परिवार------------------
१६-नेवा पुचः----------------------गुरूजु नविन बज्राचार्य-----019-420-0389
१७-तनहुं प्रवासी उद्धार संघ---------राजु दर्लामी मगर--------010-6872-2897
१८-नेपाली प्रवासी पत्रकार संघ------डम्‍बर सुब्‍बा-----------010-8681-2127
१९-मुस्ताङ परिवार-----------------निमा शेर्पा--------------011-9153-1774
२०-नेपाल गोरखा परिवार-----------
२१-तमु धीं परिवार----------------
२२-किरांत याक्थुङ सेवा समिति----नारद लिम्बु-------------011-9029-0080
२३-नेपाल मजदुर समिति----------दिलिप गुरूङ-------------010-3180-4811
२४-स्याङजा परिवार---------------गुप्‍त गुरूङ
२५-कर्मीजन समुदाय--------------झलकबहादुर खाती
२६-गुल्मी सम्पर्क समिति--------- कमल राना मगर--------010 2300 0453
२७-सूदुरपश्चिम समाज------------दिपक बहादुर रावल-------010 2934 6870
२८-हेलम्बु परिवार---------------युक्‍तन लामा-------------011-9698-0202
२९-गणेश हिमाल सेवा समिति---
३०-नेपाल तामाङ संघ-----------राम लामा -----------------010-5811 2868
३१-आन्याङ खेलकुद तथा सांस्कृतिक परिवार
३२-रुपन्देही सम्पर्क समिति ------- सुरेन्द्र बराल-----------010 2247 6778
३३-धरान कोरिया सहयोग समुह---किरण श्रेष्ठ--------------011-9104-0078
३४-नेपाली विद्यार्थी संगठन (सोन्सीक) --युवराज पोखरेल---
३५-चितवन सम्पर्क समिति------------गुञ्‍जन श्रेष्‍ठ--------010-4641-6231
३६-थुलुङ राई समाज------------------
३७-दक्षिण कोरिया नेपाली तेक्वान्डो युनियन-----
३८-नेपाली प्रगतिशील मोर्चा-----------सुमन राइ----------010-8680-2028
३९-सिरुवारी क्लब -------
४०-नेको परिवार -----------
४१-आपत्कालीन नेपाली सेवा समिति---रघु त्रिपाठी---------010-5811-3682
४२-नेपाल खेल्कुद तथा संस्कृति समिति--भरत गुरुङ
४३-नेपाल सेमाउल् उन्‍दोङ-----------नवराज पन्‍त----------010 8246 8848

४४-नेपाल जनजाति महासंघ--------चङ कुमार गुरुङ--------010 5811 2367
४५- पर्बत सेवा समाज--------------तुल बहादुर -----------010 4694 9826

४६-नेपाल अपांग संघ -------------कुश राज राई-----------010 5886 2030

४७- किंरात राई परिवार----------मुकुन्द राई-------------010 8278 5588

Read more...

थसेस दक्षिण कोरियाका सदस्य बिनोद गौचन अस्पतालमा

Sunday, February 3, 2008

थसेस दक्षिण कोरियाका सदस्य बिनोद गौचन आफू कार्यरत कम्पनीको मेशिनमा अचानक दाहिने हात पर्न गई हातमा गहिरो चोट लागेकोले उपचारार्थ अस्पतालमा रहनु भएको छ । दक्षिण कोरियाको छुङनामको थाङजिन जिल्ला सुन्सङ क्षेत्रको याङउरीमा अवस्थित ख्यङ ईन सार्यो (गाई,गोरुको दाना बनाउने कम्पनी ) मा सदाझै सांझ ६ बजे काम सकेर खाना खाई अोभर टाईम गर्दै गर्दा दुर्घटना हुन पुगेको बताईन्छ ।
त्यस दिन आफ्नै काम बिशेषले आफूलाई खासै आोभर टाईम गर्न मन नभएता पनि ३ जनाले गर्नै पर्ने उर्दि जारी भएपछि गर्नु परेको र मेशिनमा अड्किएको दाना निकाल्न स्टप भएको मेशिन भित्र हात छिराएको अवस्थामा अनभिज्ञ कोरियन कामदारले मेशिन स्टार्ट गरेपछि अचानक हात च्यापिएको र करिब ५ चोटिको चिच्याहट पछि मात्रै फिलिपिनो साथीको सहायतामा मेशिन अफ गरि हात बाहिर निकाल्न सफल भएको कुरा बिनोद गौचन स्वयं बताउनु हुन्छ । तत्काल कम्पनी मार्फत स्थानिय अस्पतालमा लगिए पनि अस्पतालबाट उपचार असम्भब हुने बताईए पछि रातारात एम्बुलेन्स मार्फत करिब ३ घण्टामा राजधानी सउल स्थित सिन्छोन एन्स्वे अस्पतालमा ल्याई सफल शल्यक्रिया भएको थियो । गत जनवरी ३१ तारिख सांझ दुर्घटनामा पर्नु भएका श्री बिनोद गौचन हाल राजधानी सउल स्थित सिन्छोन एन्स्वे अस्पतालको सातौ तलाको ७१३ नम्बर रुममा उपचारार्थ रहनु भएको छ ।
स्मरणिय रहोस् उपचारार्थ हाल सम्म कार्यरत कम्पनीको तर्फबाट राम्रै सहयोग प्राप्त भई रहेको जानाकारीमा आएको छ । थकाली सेवा समिति दक्षिण कोरिया परिवार श्री बिनोद गौचनको यथाशिघ्र स्वास्थ्य लाभको लागि हार्दिक कामना गर्दछ ।
सिन्छोन एन्स्वे अस्पताल कसरी जाने ?
० २ नम्बर लाईन सिन्छोन श्टेशनको ७ नम्बर गेटबाट बाहिर निस्कने ।
० गेटबाट निस्के पछि सिधा अगाडि १०० मिटर हिदने ।
० हिददै गर्दा पारी पट्टि तल छेउमा अस्पतालको चिन्ह सहित रातो बिल्डिङको सानो भाग देखिन्छ ।
० प्रहरी चौकी अगाडिको जेब्रा क्रस गरि ४० मिटर अगाडि हिंदे पछि अस्पतालमा पुग्न सकिन्छ ।
० सातौ तलाको ७१३ नम्बर रुम । नर्श बस्ने काउन्टरकै अगाडिको कोठा दायां बिचको बेड ।

Read more...

नेपाल सम्पर्क समिति दक्षिण कोरियाको एघारौ साधारण सभा सम्पन्न, अध्यक्षमा श्री ईश्वर केसी निर्वाचित

Monday, January 28, 2008

दक्षिण कोरियामा रहेका नेपालीहरुको छाता संस्था नेपाल सम्पर्क समिति दक्षिण कोरियाको एघारौ साधारण सभा सम्पन्न भई चुनावी प्रक्रिया बाट निवर्तमान उपाध्यक्ष श्री ईश्वर केसी निर्वाचित हुनु भएको छ । एघारौ समितिको दोश्रो पूर्ण साधारण सभामा उपस्थित करिब ६५० जना नेपालीहरुको सहमतिमा ४ जना क्षेत्रिय अघ्यक्षहरु केन्द्रिय कार्य समितिको पदेन सदस्य रहने गरि बांकी ११ स्थानको लागि उम्मेद्वारी दर्ता गराईएको थियो। सचिव पदको लागि आनन्द गुरुङ निर्विरोध निर्वाचित हुनु भएता पनि बांकी १० स्थानको लागि भने मतदान सम्पन्न भएको थियो । दिउंसो ५ बजेबाट सांझ ८ बजे सम्म भएको मतदानको नतिजा यस प्रकार छ ।
अध्‍यक्षः ईश्‍वर के सी
उपाध्‍यक्षः खगेन्‍द्र खत्री, डेविड राई
सचिवः आनन्‍द गुरूङ, निर्विरोध
सह सचिवः गगन पुन
कोषाध्‍यक्षः श्रीमति गंगा थापा श्रेष्‍ठ
सदस्‍यहरूमा
आईजी, ईश्‍वर गुरूङ
जनक सिंह धामी
आनन्‍द गैरे
नरेन्‍द्र कुमार श्रेष्‍ठ
रविन थापा
btulachan2000@yahoo.co.kr

Read more...

प्रचलित थकाली खानाको स्वाद

Saturday, December 15, 2007

पोखराको सुन्दरता एकातिर छदैछ अर्कोतिर यहाँको थरी थरीका परिकारको स्वादको विविधता झन बेग्लै छ । त्यसमा पनि हरेक लागि पहिलो रोजाई हुने गर्छ लठ्ठ पार्ने थकाली परिकार । विदेशीहरु झन ज्रि्रो फड्कारेर थकाली परिकारमा मग्न हुन्छन् ।
सुटिङको बखत थकाली परिकारको स्वाद चाखेपछि चलचित्र निर्दैशक नरेश पौडेललाई पोखरा आएपछि अरु परिकार तर्फफिटिक्कै ध्यान जादैन । थकाली परिकारमै उनको लत बसेको छ । थकाली स्वादले मननै बहलाएको छ, पौडेलले स्वादबाट मख्खिदै भन्दै थिए-'थकाली स्वादले त मोहनी नै लगायो ।' किन यसरी थकाली परिकारले धेरैलाई आकषिर्त गरेको छ त - थकाली परिकारमा धेरै विविद्यता पाईन्छ । थकाली परिकार पहिल्यै पकाएर राखिदैन । अडर आएपछि मात्र पकाइन्छ त्यही भएर पनि ताजगी र स्वादिलो हुन्छ थकाली परिकार । केवल स्थानिय स्तरमा मात्र नरही स्वदेशी देखि विदेशी हरेकलाई स्वादिष्ट परिकार बनेको छ । स्वाद लिएपछि हरेकले एक पटक भनिहाल्छन्-'वाह पोखरेली स्वाद ।
अन्य खाना सेट भन्दा थकाली थालीमा भिन्नता पाईन्छ । बाक्लो भाडो र सानो आगोमा ढिलो गरी पकाइएको थकाली खानाको स्वाद ज्रि्रोमै झुन्डिन्छ । अरु सामान्य खानाहरु ठुलो आगोमा क्षणभरमै पकाईन्छ तर थकाली खाना बाक्लो भाडोमा विस्तारै सानो आगो लगाएर पकाइने भएकोले समय बढी लाग्छ । बढी समय लगाएर बनाएको स्वाद नै मिठो हुन्छ, दुई दशक देखि थकाली खानाको स्वाद चखाइरहेकी मोनालिसा होटलकी संचालिका उषा शेरचन भन्छिन्- 'शुद्ध र सफासुग्घरमा पनि हामी उतिकै ध्यान दिन्छौ ।' थकालीहरुले सफा सुग्घर संगै स्वादमा पनि मिठास दिने भएकाले तन्नेरी देखि पाका सम्मलाई थकाली खानाले लोभ्याईरहेको छ । जेठोबुढोको चामाल संगै दालमा मुस्ताङको दाल, कालो बोडी, घ्यु सिमी कात्तिके बोडीको प्रयोग हुन्छ । मुस्ताङकै बारीमा फलेको स्वादिष्ट दाल र बोडीको दाल खानामा खाएपछि तलतल नै मेटिदैन ।
दाल फलामाको भाडोमा मज्जाले डाडुले घोटेर बनाइने भएकोले अरु दालको तुलनामा जिम्बुले झानेको मुस्ताङे दाल कालो र स्वादिलो हुन्छ । मुस्ताङकै आसपासमा फलेका सागसब्जी, दाल र अन्य घरेलु सामानहरुनै थकाली परिकारमा प्रयोग हुन्छन् । तरकारीमा मुस्ताङमा फलेको आलु, फाफरको साग, सिमी, बोडीहरु हन्छन् । तिम्ज्यु -मुस्ताङे साग) ले झनै थकाली खानामा स्वाद फेरिदिन्छ । यो साग मुस्ताङमा आलु खेत भित्र रोपिन्छ । अरु साग ताजै टिपेर खाने गरिएपनि यो साग उखेलेर सुकाएर मात्र खाने गरिन्छ । हजारौ साग उखेलेर सुकाएपछि बल्ल तीन चारवटा पोका मात्र बन्छ । नसुकाई खाइयो भने कोक्याएर खानै सकिदैन । टिमुर , छोप र मुस्ताङे जिरा -क्होइने संगै नुन खुसानी र अमिलो हालेपछि ट्वाक्क हुन्छ । त्यस्तै मुस्ताङे जिरा, टिमुर, लसुन र हल्का अमिलो घोलेर बनाइएको थाकखोलाको साग, फापरको साग पनि कम्ति रसिलो हुदैन ।
शुद्ध सफा र लठ्ठ पार्ने थकाली स्वादको गुण नै हो । खानामा मिसावट नहुनु, र ताजगी दिने हुनाले पनि थकाली परिकार हरेको पहिलो रोजाइ हुन गरेको छ । थकाली खाना एकै प्रकारको हुदैन । भिन्न-भिन्न रंग मिलाएर तयार पारिन्छ । चिल्लो पिरोको सन्तुलन पनि मिलेको हुन्छ । अरु खाना जस्तो कम परिकार हुदैन थकाली खानामा । साधारण खानामा पनि १० भन्दा बढी भेराइटीहरु हुन्छन् । पोखरामा भित्रिने पर्यटकहरुमा सवैभन्दा बढी जापानीहरुले मन पराउछन् थकाली परिकार । जापानीहरु यहाँ आएपछि थकाली स्वाद नफेरी कोही र्फकदैनन् । अहिलेका पुस्ताले थकाली परिकार बनाउन जान्दैनन । तर स्वाद लिन भने उनिहरु कत्ति चुक्दैनन् । थकाली खानाका लागि विदेशी पर्यटक हुरुक्कै हुन्छन्, १० वर्षदेखि थकाली परिकार पकाउदै आएका शम्भु बस्नेत भन्छन्-'थकाली खाना अरु खानाको तुलनामा विविधता र स्वादिलो पनि उतिकै हुन्छ ।' भिन्न स्वादका लागि सवैले थकाली खाना नै खोज्छन् । त्यसो त २ सय देखि २ सय ५० सम्ममा थाल भरी नअटाउने व्यञ्जनका साथ पेटभरी थकाली खाना पाईन्छ ।
थकाली खानाका लागि यहाँ मोनालिसा होटल लोकप्रिय छ । थकाली परिकार यो होटलको विशेषता हो । पर्ुव प्रधानमन्त्री शेरबहादुर देउवा देखि बलिउडकी मनिषा कोइराला, कलिउडका राजेश हमाल, भुवन केसी लगायत हरेक क्षेत्रका व्यक्तिहरु मोनालिसा होटलको थकाली खाना चाखिसकेका छन, होटलका संचालक विमल शेरचन सुनाउछन् । त्यसो त पोखरा झरेपछि कुन खाना खाने भनेर कोही दुविधामा पदैनन् । सवैको मुखबाट फ्याट्टै आईहाल्छ-'स्वादिलो थकाली परिकार । 'सफा सुग्घर र थकाली महिलाहरुले पकाएको खाना उतिकै रसिलो हुन्छ । कहिल्यै नरिसाउने र पाहुनाको सत्कार गर्न पनि उनिहरु सिपालु हुन्छन् । त्यही भएर पनि थकाली परिकार सवैको रोजाइ भएको हो, समुदायका तन्नेरी अरबिन तुलाचन बताउछन् ।
फाफरको ढिडो
थकाली परिकारमा फाफरको ढिडो निकै लोकप्रिय मानिन्छ । फाफरको ढिडोले शरीरमा तागत प्रदान गर्ने हुनाले पनि धेरैलाई फाफरको ढिडो मन पर्ने परिकार बनेको छ । खास गरी मुस्ताङको टुकुचे, मार्फा, जोमसोम, कोवाङ्ग, जोमसोम आदी ठाउँमा उब्जीएको स्वादिलो फाफरको पिठो बाट बनेको ढिडो ज्रि्रो मै झुन्डिन्छ भन्छ्न स्वादका पारखीहरु । अन्यत्र पाइने फाफरको पिठोमा मसिना ढुङ्गा हुन्छ । तर मुस्ताङको जोमसोम देखि तल र घासे देखि माथि पाइने फाफरमा कुनै मिसावट नहुने भएकाले यसको स्वाद नै बेग्लै हुन्छ । फाफरको ढिडो मुलाको छोप, लोकल घ्यु, लोकल कुखुराको मासुको रस, स्वादीलो मुस्ताङ्गे कालो दाल र टिमुरको छोप संग खादा ज्रि्रो मै झुन्डिन्छ । त्यही भएर थकाली परिकारमा फाफरको ढिडो नचाखी धितै मदैन ।

थकाली परिकारमा खसीको टाउको को गिदी, नाक र कानले बनेको परिकारलाई थकाली भाषामा लेप्पकु भन्दछ्न । यो थकाली समुदायमा विशेष पाहुलाई टकराउने चलन छ । तर यो परिकार स्वदेशी तथा विदेशी पाहुनाले पनि उतिकै मन पराएको परिकार हो । टस्याखु -टाउकोको सुप, आलंखु -जाडो महिनामा खाने सुप पनि कम्ति रसिलो हुदैन, थकाली परिकारका पारखी ओम लामा सुनाउदै थिए । भिन्नै विशेषता एवं शुद्ध र सफा सेवाले पनि यहाँ आउने पाहुनाहरु थकाली परिकारबाट आकषिर्त हुने गरेका छन् । मुस्ताङका पर्यटकीय गाउँ जोमसोम, टुकुचे, लेते, आदी ठाउँबाट यहाँ आई स्थायी बर्साई गरेका थकालीहरुले होटल संचालन गरेका छन् । थकाली खानाका लागि यहाँको व्यस्त बजार महेन्द्रपुलको मुस्ताङ थकाली कर्नर पनि चल्तीमा छ । विशेष गरी यहाँ तन्नेरी जमातको उपस्थिति बाक्लो हुने गर्छ । मोनालिसाका र मुस्ताङ्ग थकाली कर्नर, अलवा लेकर्साईडको थकाली किचन, मुस्ताङचोक निरको होटल ड्रागन, अशोक गेष्ट हाउस, आदी पनि थकाली खानाका लागि लोकप्रिय मानिन्छन् । थकालीहरु ग्राहकहरुको चाहना बमोजिमका परिकार तयार पार्न निपर्ुण्ा मानिन्छन् । उनिहरुमा आफनो होटल तथा रेष्टुरामा खानाहरुमा थाकखोलाको मसला -कहोइने, मुस्ताङे जिरा प्रयोग गर्दछन् । जिम्बु र टिम्मुर थकाली परिकारमा नभई नहुने मसला हो । तरकारी, अचारमा प्याजको प्रयोग फिटिक्कै हुदैन । लसुन बढी चल्तीमा हुन्छ । मिसावट रहित र स्वादिष्ट थकाली परिकारको स्वाद फर्ेन युगल जोडीहरुको झुण्ड थकाली होटलहरुमा उतिकै भेटिन्छन् । प्रेमी संग गफिदै थकाली स्वादमा भुलेकी एक युवतिले थोरै लज्जाउदै भनिन्- 'थकाली स्वाद र हाम्रो प्रेम एउटै हो ।'
थकाली नास्ता

कहोकेन, कन छेम्ब र चेनकहेनयो परिकार मुस्ताङमा उब्जेको फापरको पिठोबाट तयार पारिन्छ । यसलाई नेपाली भाषामा फापरको पातलो रोटी भनिन्छ । अलिकति पानीमा फापरको पिठो हालेर बेसरी फिटिन्छ । थोरै नुन पनि मिर्साईन्छ । तावामा केही घ्यु तेल केही पनि नखाई सुख्खा पकाईन्छ । राम्रो संग तावामा पकाए पछि टिमुरको चटनी, र लसुनको छोप संग डोबेर खादा स्वादीष्ट हुन्छ । विशेष गरी यो फाफरको पातालो रोटी बेलुकाको नास्ताको रुपमा खाने गरिन्छ । यो परिकारे अहिले तन्नेरी युवापुस्ताले निकै पराएका छन् ।
कनछेम्ब

फाफरकै पिठोबाट बन्ने यो परिकारको आकार यार्जागुम्बाको जस्तो हुन्छ । स-साना आकारमा हुने परिकार तयार पार्नका लागि र्सवप्रथम ढिडो ओढाल्नुपर्छ । नुन र घ्यु राखेर ढिडो ओढालेपछि जव तयार हुन्छ त्यसपछि हातमा घ्यु दलेर यार्जागुम्बा जस्तो आकारमा हातले तयार पारिन्छ । यसरी तयार गरेर राखेपछि यो जुनसुकै बेला पनि तेल वा घ्युमा फ्राई गरेर खान सकिन्छ । यो त्यतिकै विहान बेलुका नास्ताको रुपमा खाएपनि हुन्छ । तर हिजोआज केही नुनिलो स्वादमा हुने हुनाले यसलाई वाइन र रक्सी संग स्नेक्सको रुपमा खान थालिएको छ । कनछेम्बले डाइवेटिस र उच्च रक्तचाप हुनेहरुलाई औषधीको काम समेत गर्ने थकाली होटलका संचालकहरु बताउछन्
चेनकहेन

यो पनि फाफरबाट बनेको बाक्लो रोटी हो । यो शहरबजार तिर त्यति पाईदैन । थाकखोलामा यो रोटी बढी प्रचलित छ । खेतबारीमा काम गर्ने किसानहरुले चेनकहेन बढी मात्रमा खाने गर्छन् । बाक्लो रोटी भएकाले पेट टन्न हुने भएकाले यो थाकखोलाका किसानहरुले नास्ताको रुपमा खानेगर्छन् । पोखरामा यसको प्रचलन छैन । यसको पकाउने विधी कहोकेन जस्तै हो ।

मुस्ताङे आलु र झ्वाइँखट्टे

मुस्ताङे आलु पनि थकालीको विशेष परिकार भित्र पर्छ । यो भिन्न स्वादको हुन्छ । यो आलु विना पानी घ्युमा हालेर पकाईन्छ । मदिराको सहारा लिएर मुस्ताडे आलु खानेहरुको भिड थकाली रेष्टुरामा हुने गर्छ । झ्वाईखट्टे खास गरी जाडो महिनामा सेवन गरिन्छ । सिरौलालाई घ्युमा भुटेर घरेलु रक्सीमा हालेपछि झ्वाइँ हुने भएकोले यसलाई थकालीहरुकै भाषामा झ्याईखट्ट भनिन्छ । यो पनि थकालीहरुको विशेष परिकार भित्र नै पर्छ । जोमसोम थाकखोलातिर बढी जाडो हुने हुनाले त्यस क्षेत्रमा अझ बढी यो प्रचलनमा छ, होटल संचालकहरु बताउछन् । कुनै बेला थकालीहरुले मात्र सेवन गर्ने यो स्वाद हिजोआज हरेकको रोजाईको स्वाद बनेको छ । यसमा मह अर्थात चिनी मिसाएर पनि सेवन गरिन्छ । विशेषतः यसमा उवाको रक्सी प्रयोग हुन्छ । यो रक्सी स्वादिष्ट मात्र हैन मुटु कमाउने जाडो समेत भगाउछ ।
- साभार कान्तिपुर कोसेली

Read more...

हार्दिक धन्यबाद ।

Tuesday, October 16, 2007


Read more...

थसेस दक्षिण कोरिया र हाल सम्मका उपलब्धिहरु

Monday, October 1, 2007

देश बिकासको चरम गतिमा रहेको कोरियाली भूमिमा हाल नेपालीहरुको संख्या दश हजारको हाराहारीमा रहेको छ । बैदेशिक रोजगारको लागि आकर्षक राष्ट्र मानिने यस भूमिमा खासगरि मजदूरी पेशालाई अंगाल्ने प्रवासीहरुको संख्या उल्यख्य छ । त्यस बाहेक सिमित मात्रमा बिधार्थी र ब्यापार ब्यबसायीहरु रहेका छन् । यहां रहेका प्रवासीहरु प्राय: सबै आ आफ्नो संघ,संस्थाहरुमा आबद्द रहि आएका छन् । हाल यस भूमिमा ६० भन्दा बढि संघ,संस्थाहरु सकृय रुपमा समाजसेवामा लागि परेका छन् । तर एउटा रमाईलो पक्ष के छ भने यहांका हरेक संस्थाहरु बिच सुमधुर र भाईचाराको सम्बन्ध रहि आएको छ । यसै क्रममा कोरियाली भूमिमा रहेका संघ,संस्थाहरु मध्य थकाली सेवा समिति पनि एक हो । यस संस्थालेपनि प्राय: सबै संघ संस्थाहरु संग हातेमेलो गर्दै संस्थागत भूमिका निर्वाह गर्दै आएको छ । यस संस्थाको स्थापना भए पश्चातकोरियामा कार्यरत थकाली बन्धूहरुको समस्या लगाएत अन्य प्रवासी नेपालीहरुको समस्याहरुमा समेत सहयोगि भूमिका निर्वाहगर्दै आईरहेको छ । स्थापना काल देखि हाल सम्म थकाली सेवा समिति दक्षिण कोरियाले संस्थागत भूमिका निर्वाह गर्दै हाँसिलगरेको उपलब्धिहरु निम्न छन् ।
२००३ जनवरी ३१ बिरामी खर्च ।
अनोज सेरचन बिरामी भएपछि उपचार खर्च
सहयोग स्वरुप------------------------------५००,००० (पांचलाख वन)
२००३ जनवरी ३१ टिका छन्त्याल मृत्यु सहयोग ।
बाग्लुङ जिल्ला निवासी टिका छन्त्याल कम्पनीमा
भुलचुक एसिड पिउन पुगेपछि अस्पतालमा ३ महिना
बस्ने क्रममा मृत्यु भएको थियो,जस्मा थसेस बाट
आर्थिक सहयोग स्वरुप-----------१११,००० (एक लाख एघार हजार वन)
२००३ मार्च ३० थेगु ट्रेन दुर्घटनामा सहयोग ।
२००३ सालमा कोरियाको थेगु शहरमा ट्रेन
दुर्घटनामा परि थुप्रै कोरियनहरुले ज्यान गुमाए ।
जस्को सहयोगको लागि यहांका संघ संस्थाहरुबाट
पनि सहयोग प्रदान गरिएको थियो ।
जस अनुरुप थसेस कोरियाबाट
आर्थिक सहयोग स्वरुप-----------१११,००० (एक लाख एघार हजार वन)
२००३ मार्च ३० फेगईल उपहार ।
हर्क सेरचन र पूजा गौचन बिच जन्मिएको
बच्चाको जन्मोत्सवमा बधाई स्वरुप -----६१,००० (एकसठ्ठी हजार वन)
२००३ जुलाई २७ चन्दा सहयोग ।
म्याग्दी समाज समिति द्दवारा आयोजित
स्थानिय दोहोरी तथा सांस्कृतिक कार्यक्रममा
चन्दा सहयोग स्वरुप -------------------५१,००० (एकाउन्न हजार वन)
२००३ जुन १७ रबिन्द्र राजभन्डारी मृत्य सहयोग ।
आेखलढुंगा जिल्ला निवासी रबिन्द्र राजभन्डारी
मृत्य हुंदा सहयोग स्वरुप ---------------५१,००० (एकाउन्न हजार वन)
२००३ नोभेम्बर १४ प्रवासी मजदूर हड्तालमा सहयोग।
प्रवासी मजदूरहरुको हकहितको लागि सडकमा
आवाज उठाउनु हुने आदरणिय तथा समाज
सेवीहरुको सहयोगमा थसेस द कोरियाको
पूर्ण सहयोग र समर्थनको साथ आर्थिक
सहयोग स्वरुप ----------------------------१००,००० (एक लाख वन)
२००३ मार्च १६ बिदाई कार्यक्रम ।
थसेस सदस्य आई बी सेरचन स्वदेश फर्कंदा
बिदाई कार्यक्रममा उपहार --------------४२,००० (बयालिस हजार वन)
२००४ जुलाई २५ बिकास तुलाचनलाई सहयोग ।
बिकास तुलाचन बिरामी भई आर्थिक सहयोगको
लागि बिभिन्न संघ संस्था तथा प्रवासीहरुमा
थसेस कोरियाले सहयोगको लागि अनुरोध
गरेको थियो । जस अनुसार संकलित रकम
र संस्थाको तर्फबाट गरि एकमुष्ठ सहयोग ----६००,००० (छ लाख वन )
२००५ फब्रुरी ५ चन्दा सहयोग ।
मनाङ परिवार सांस्कृतिक कार्यक्रममा
चन्दा सहयोग स्वरुप ----------------- ५१,००० (एकाउन्न हजार वन)
२००५ मार्च १३ The Red shadow प्रर्दशनमा सहयोग ।
Vivid Entp. को The Red shadow प्रर्दशनमा
आर्थिक सहयोग स्वरुप --------------- ५१,००० (एकाउन्न हजार वन)
२००५ सेप्टेम्बर १० थसेसका उपाध्यक्ष अनोज सेरचन तथा श्रीमती रजनी सेरचन बाट सात महिनामा नवजात शिशु सुआ सेरचनलाई जन्म दिएपछि बच्चालाई कोरियाको अति महंगो अस्पतालको ईन्क्युवेटरमा करिब २ महिना राखिएको थियो । जस्मा थसेस कोरियाले यहां स्थित बिभिन्न संघ संस्थाहरुलाई आर्थिक सहयोगको लागि अनुरोध गरेको थियो । जस अनुसार यहांका संघ संस्था लगायत प्रवासी नेपालीहरुबाट सुआ सेरचनको नाममा केहि आर्थिक सहयोग प्राप्त भएको थियो । थसेस दक्षिण कोरियाबाट सुआ सेरचन सहयोगार्थ -----३५०,००० (तीन लाख पचास हजार वन)
२००४ मे १४ चन्दा सहयोग ।
नेको परिवार सांस्कृतिक कार्यक्रममा
चन्दा सहयोग स्वरुप -------------------५१,००० (एकाउन्न हजार वन)
२००४ सेप्टेम्बर १७ चन्दा सहयोग ।
नेपाल मगर संघ सांस्कृतिक कार्यक्रममा
चन्दा सहयोग स्वरुप -----------------५१,००० (एकाउन्न हजार वन)
२००५ सेप्टेम्बर १७ चन्दा सहयोग ।
नेपाल मगर संघ सांस्कृतिक कार्यक्रममा
चन्दा सहयोग स्वरुप -----------------५१,००० (एकाउन्न हजार वन)
२००५ सेप्टेम्बर १८ होम छन्त्याल सहयोग ।
बाग्लुङ जिल्ला निवासी होम छन्त्याल कम्पनीमा
काम गर्दा हात काटिन पुगेकोले
चन्दा सहयोग स्वरुप-------------------- ५०,००० (पचास हजार वन)
२००६ जनवरी ११ शम्सेर थकालीको मृत्युमा सहयोग ।
मुस्ताङ जिल्ला निवासी शम्सेर थकालीको अचानक
मृत्यु भएपछि आर्थिक सहयोग--- १०१,००० (एक लाख एक हजार वन)
शम्सेर थकालीको मलामी खर्च
(पूजा रेष्टुरेण्टको बिल अनुसार) --१६०,००० (एक लाख साठी हजार वन)
२००५ फब्रुरी ४ चन्दा सहयोग ।
म्याग्दी समाज समिति द्दवारा आयोजित
सांस्कृतिक कार्यक्रममा
चन्दा सहयोग स्वरुप -------------------५०,००० (पचास हजार वन)
२००६ अक्टुबर ५ चन्दा सहयोग ।
प्रदेशी युवा ल्कब स्याङजाको सांस्कृतिक
कार्यक्रममा चन्दा सहयोग स्वरुप ---------५०,००० (पचास हजार वन)
२००६ अक्टुबर ६ चन्दा सहयोग ।
नेपाल मगर संघ सांस्कृतिक कार्यक्रममा
चन्दा सहयोग स्वरुप --------------------५०,००० (पचास हजार वन)
२००५ अक्टुबर १७ चन्दा सहयोग ।
लम्जुङ परिवारको सांस्कृतिक कार्यक्रममा
चन्दा सहयोग स्वरुप --------------------५०,००० (पचास हजार वन)
२००७ फेब्रुअरी १७ चन्दा सहयोग ।
नेपाल सम्पर्क समितिको सांस्कृतिक
कार्यक्रममा चन्दा सहयोग स्वरुप -------५१,००० (एकाउन्न हजार वन)
२००७ फेब्रुअरी १८ चन्दा सहयोग ।
किंरात राई परिवारको सांस्कृतिक
कार्यक्रममा चन्दा सहयोग स्वरुप --------४५,००० (पैतालिस हजार वन)
२००७ मे ५ बिदाई कार्यक्रम ।
थसेस साधारण सदस्य श्रीमती रजनी सेरचन
स्वदेश फर्कंदा बिदाई कार्यक्रममा उपहार----- ५०,००० (पचास हजार वन)
२००६ अक्टुबर ६ साईकल यात्रीलाई सहयोग ।
नेपालबाट आएको बिश्व साइकल यात्रीलाई
चन्दा सहयोग -----------------------------५०,००० (पचास हजार वन)
२००७ सेप्टेम्बर २४ चन्दा सहयोग ।
तमूधिंको सांस्कृतिक कार्यक्रममा
चन्दा सहयोग स्वरुप --------------------५१,००० (एकाउन्न हजार वन)
२००७ सेप्टेम्बर २५ चन्दा सहयोग ।
चितवन समाजको सांस्कृतिक
कार्यक्रममा चन्दा सहयोग स्वरुप ---------५१,००० (एकाउन्न हजार वन)
२००८ जनवरी २० आइतबार , मनाङ परिवारलाइ आर्थिक सहयोग
अध्यागमण बिभागका कर्मचारीहरुबाट पोच्छन स्थित एक कम्पनीमा छापा मार्दा दौडधुप गर्ने क्रममा मनाङ जिल्लाका तुल्सी राम गुरुङ को दुई खुट्टामा चोट लाग्न गई अस्पतालमा ठूलो रकमको आवश्यक परेको र आर्थिक सहयोग गरिपाउँ भन्ने ब्यहोराको पत्र मनाङ परिवारको तर्फबाट थसेस दक्षिण कोरियालाई प्राप्त भएकोले श्री तुल्सी राम गुरुङको स्वास्थ्य लाभको कामना गर्दे
आर्थिक सहयोग -----------------------७५,००० वन ।
६ फेब्रुअरी २००८ सुदुर पश्चिम समाजको सांस्कृतिक कार्यक्रममा
आर्थिक सहयोग -------------------------------------- १२०,००० वन
१८ फेब्रुअरी २००८ स्वर्गिय रोशन शाही चन्दा सहयोग ।
म्याग्दी जिल्लाबाट कोरिया आई कार्यरत बर्ष ३४ का रोशन शाहीको अचानक निधन भए पछि उहांको
चिर शान्ती तथा शोकाकुल परिवार प्रति ईश्वरले धैर्य धारणा गर्ने शक्ती प्रदान गरुन् भन्ने कामनाको
साथ थकाली सेवा समिति दक्षिण कोरियाको तर्फबाट
आर्थिक सहयोग स्वरुप------ -----------------------------------१००,००० वन
१५ मार्च २००८ अशोक राईलाई उपहार प्रदान ।
थकाली सेवा समिति दक्षिण कोरियाका सदस्य श्री बिनोद गौचन आफू कार्यरत कम्पनीको मेशिनमा अचानक हात पर्न गई हातमा गहिरो चोट लाग्न पुगेको र लामो समय अस्पतालको उपचार पश्चात डिस्चार्ज भई हाल कम्पनीमै रहनु भएको छ । कसैको सहयोग बिना केहि गर्न नसक्ने अबस्थामा आफू संगै कार्यरत तथा रुम पार्टनर अशोक राईले ठूलो सहयोग गर्दै आएको सुन्नमा आएकोले धन्यबाद स्वरुप
उपहार प्रदान --------------------------------------------------२०,००० वन .
२० मार्च २००८ उत्तम गौचन हवाई टिकट सहयोग ।
थसेस दक्षिण कोरियाका पुर्व सदस्य उत्तम गौचन अध्यागमन बिभागको धरपकडमा पर्नु भईस्वदेश फर्कंदा टिकटको ५० प्रतिशत थसेस दक्षिण कोरियाको कोषको रकमबाट दिईने ब्यबस्था अनुरुप टिकटमा
सहयोग --------------------------------------------------------३७०,००० वन ।
२६ अप्रिल २००८ बृद्ध पर्वतारोही मिन बहादुर सेरचनलाई चन्दा सहयोग
म्याग्दी जिल्ला भुरुङ तातोपानी निवासी
श्री मिन बहादुर सेरचन सबै बन्दा बृद्ध उमेरमा सगरमाथाको आरोहण गरि
गिनिज बुकमा नाम लेखाउने महान लक्षका साथ चन्दा संकलन अभियानको शिलसिलामा
दक्षिण कोरिया आउनु भएकोले थकाली सेवा समिति दक्षिण कोरियाको तर्फबाट
युएस डलर --------------------------------------------५०० (नेरु ३१,०००)
२९ जुन २००८ रुपेश तुलाचनको लागि हवाई टिकटमा सहयोग ।
बिगत ४ बर्ष देखि कोरियामा कार्यरत रुपेश तुलाचन अध्यागमन बिभागको कर्मचारीबाट धरपकडमा
परि स्वदेश फर्किनु परेकोले थसेस दक्षिण कोरियाको निति अनुरुप हवाई टिकटको रकममा
५0% सहयोग स्वरुप ----------------------------------- ४१०,००० वन ।
२७ जुलाई २००८ नेपाल प्रगतिशिल मोर्चाको सांस्कृतिक कार्यक्रममा सहयोग------५०,००० वन ।
२७ जुलाई २०००८ नेपालबाट थकाली पोशाक आयात ।
आफ्नो संस्कार र संस्कृतिको जगेर्ना गर्न तथा कोरियामा थकाली संस्कारको परिचय गर्न
थप सहयोग पुगोस् भन्नाको खातिर थकाली पोशाक आयात गर्ने निर्णय भए अनुरुप
नेपालबाट थकाली पोशाक आयात गर्दा र लगेज खर्च सहित जम्मा खर्च ------७४४,००० वन ।
३० जुलाई २०००८ जनजाति महासंघ दक्षिण कोरियालाई सहयोग स्वरुप------ २००,००० वन।
१० अगष्ट २००८ एन आर एनको बुद्द परिचय कार्यक्रममा सहयोग स्वरुप-------५१,००० वन ।
२० अगष्ट २००८ प्रवासी नेपाली मृत्यु सहयोग ।
स्याङजा जिल्लाबाट कोरिया आई कार्यरत रहेका थापा मगरको आकष्मिक निधन
भएपछि थसेस दक्षिण कोरियाको आर्थिक सहयोग स्वरुप -----------------५०,००० वन ।
१३ सेप्टेम्बर २००८ गुल्मी सम्पर्क समितिको रेशुङगा सांस्कृतिक कार्यक्रममा सहयोग----१००,००० वन ।
१४ सेप्टेम्बर २००८ सोलु परिवारको सांस्कृतिल कार्यक्रममा सहयोग -------५०, ००० वन।
१५ सेप्टेम्बर २००८ नेवा पुच: को नेवा भोजमा सहयोग स्वरुप --------------३०,००० वन।
२५ अक्टुबर २००८ संस्थापक सदस्य श्याम सेरचन स्वदेश प्रस्थान गर्दा बिदाई कार्यक्रममा
थसेस द. कोरियाको तर्फबाट उपहार स्वरुप --------------------५०,०००वन।
१० नोभेम्बर थसेस सल्लाहकार सदस्य हर्क सेरचन स्वदेश फर्कदा उपहार स्वरुप ---२०,०००
२४ नोभेम्बर २००८ - नेपाल जनसम्पर्क समिति द कोरियाको दिप श्रेष्ठ एकल सांझमा
सहयोग स्वरुप -----५०,०००
७ डिसेम्बर २००८ धरपकडमा परेका सह सचिव बिकास तुलाचनको
हवाई टिकटमा आर्थिक सहयोग स्वरुप--------------४३०,००० वन ।
-------- थप उपलब्धिहरु हेर्नको लागि यहां क्लिक गर्नु होस

Read more...
Free counter and web stats
eXTReMe Tracker

  © Blogger template Noblarum by Ourblogtemplates.com 2009

Back to TOP