यहाँहरुलाई थकाली सेवा समितिको ब्लगमा हार्दिक स्वागत छ । धन्यबाद !

Sunday, March 14, 2010

Read more...

यसपालिको तोरन्ल्ह

Thursday, March 4, 2010

आज थकाली जातिको महान् पर्व तोरन्ल्ह । हरेक थकालीहरुको घरघरमा भित्रिसकेको छ । मानौ पूरै तोरन्ल्हमय भएको छ थकाली समाज यतिखेर । हुनत दुई दिन अगाडी बाटै चढाईपढाईको कार्य थालनी भई सकेके छ । तर आजको दिनलाई मुख्यतया प्रमुख मानिन्छ । जापानमा रहेका थकालीहरु पनि नेपालका चर्चित पप कलाकार निमा रुम्बाको टोलीलाई बोलाएर तहल्का मच्चाउंदै तोरन्ल्ह मनाउने भनेर समाचार फुकिसकेको छ । अन्य देशमा रहेका थकाली बन्धूहरुको पनि तोरन्ल्ह मनाउने बारे गांइगुंई सुनिदै छन । तर कोरियामा भने सुनसान बन्यो यसपालिको तोरन्ल्ह । अर्थात थसेसले कुनैपनि कार्यक्रमहरुको आयोजना गरेन ।
थसेस कोरियाको स्थापना भए पश्चात आफ्नो महान् पर्व तोरन्ल्हमा कमसेकम कोरियामा रहेका थकाली बन्धूहरुलाई एकै थलोमा उपस्थित बनाई लगातार रुपमा तोरन्ल्ह मनाउंदै आईरहेको थियो । गतसालको तोरन्ल्हमा त कोरियामा रहेका सम्पुर्ण संघसंस्थाका प्रतिनिधिहरुलाई निमन्त्रणा गरेरै मनाएको थियो । कोरियामा कहिल्यै नभएको यस बर्ष कोरियामा रहेका थुप्रै थकाली बन्धूहरुलाई यहांको अध्यागमणले धरपकडमा पारि दुखद अबस्थामा स्वदेश फर्कायो । कतिपय थकाली बन्धूहरुले कामको सिलसिलामा हातका औंलाहरु गुमाए यसै बर्ष । त्यसकारण औपचारिक रुपमा बहिष्कृत यसपालीको तोरन्ल्हले कोरियाली भूमिमा रहेका थकाली बन्धूहरुलाई रौनक बिहिन बनाई दिएता पनि आफ्नो महान् पर्व तोरन्ल्हको सुखद् अबसरमा थकाली सेवा समिति दक्षिण कोरिया हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछ ।

Read more...

थसेस जापानको १९ औ साधारण सभा सम्पन्न, शरद कुमार गौचनको नेतृत्वमा कार्य समिति चयन

Wednesday, March 3, 2010

उक्त प्रतिनिधी सभाद्धारा थसेस जापानको नया कार्यसमितिको लागि शरद कुमार गौचनको अध्यक्षतामा २९ सदस्यिय कार्यकारिणी सदस्य गठन गरेको छ । निर्बाचन समितिका संयोजक शरद शेरचनले घोषणा गर्नुभएको अन्य सदस्यहरुमा उपाध्यक्षहरु बुद्धी शेरचन, गोपाल भट्टचन, शशि गौचन, महा-सचिबमा अनिल भट्टचन, सचिबमा गोबिन्द तुलाचन र हेमन्त शेरचन, कोषाध्यक्षमा बुद्धी गौचन सह-कोषाध्यक्षहरुमा लोकेश गौचन, दिपक गौचन र प्रवत्तामा राजु शेरचनलाई सर्बसम्मतिबाट निर्वाचित गरेको छ ।त्यसैगरि सदस्यहरुमा क्रमश : सादगि तुलाचन, सन्तोषि गौचन, सुजा गौचन, रचना शेरचन, सञ्जिब गौचन, अशोक शेरचन, दिलिप गौचन, सुरज शेरचन, श्याम गौचन, हिक्मत गौचन, दिनेश शेरचन, उदय गौचन, बिवेक भट्टचन, बसन्त गौचन, लेनिन भट्टचन, राजेश गौचन, बिमल तुलाचन, राजु गौचन र सल्लाहाकारहरुमा क्रमश: ध्रुब भट्टचन, शरद शेरचन र महेश शेरचनलाई चयन गरिएको छ भने समितिको संरक्षकमा डा.योगेन तुलाचन नै यथावत रहनु भएको छ ।
स्मरण रहोस, यस नया कार्यसमितिले आउदो मार्च महिनाको २१ तारिखमा हुन गईरहेको १९औं शुभकामना सांझको दिनदेखी बिधिवत रुपले आफ्नो सम्पुर्ण कार्यभार संम्हाल्नेकुरा तय गरेको कुरा पनि यसै साधारण सभाले निर्णय गरेको छ । बाकि कार्यसमितिको पद पुर्ति र समाजलाई क्रियाशीलका साथ नया ढंगबाट अघी बढाउनको लागि बिभिन्न क्षेत्रका थकाली बिज्ञहरुलाई समाबेश गरि पारदर्शी रुपमा अन्य पदको समेत चयन गरिदै पुर्णरुप दिईने बताईएको छ ।
जापानको बदलिदो परिस्थिति संगै सरल र सहज रुपले समाजलाई अघि बढाउन र केहि बंल्झिएका बाधाहरु फुकाउनलाई बिधान संसोधन समितिका संयोजक र सदस्य क्रमश: शरद शेरचन र शरद कुमार गौचन द्धारा प्रस्तावित बिधान मस्यौदालाई सर्बसहमतिबाट अनुमोदन गरि लगत्तै लागु गरिने गरि उत्त सभा द्धारा पारित गरिएको थियो ।
निर्बाचित लगत्तै नवनिर्बाचित अध्यक्ष शरद कुमार गौचनले आफ्नो मन्त्यब्यको क्रममा थसेस जापानको जापानमा आफ्नो छुट्टै किसिमको अस्तित्व, पहिचान र ईतिहास बोकेको समाज भएको र यस गरिमामय समाजको जिम्मेवारि पद सम्हाल्ने जिम्मा दिनु भएकोमा सबै सदस्यहरुलाई धन्यबाद ज्ञापन गर्नु भएको थियो ।
त्यसैगरि निबर्तमान अध्यक्ष ध्रुब भट्टचनले बितेका तिता,मिठा र समाजको बागडोर संम्हाल्दाका अबिस्मरणीय क्षणहरुको स्मरण गराउदै नया समितिलाई बढाई ज्ञापन गर्नु भएको थियो ।
टोक्यो क्षेत्रका थकालीहरुको उल्लेखनिय उपस्थितीमा पहिलो चरणको कार्यक्रम बिधान संम्सोधन, नया कार्यसमितिको घोषणा महासचिब अनिल भट्टचन र दोस्रो चरणको कार्यक्रम १९ औं शुभकामना सांझ सम्बन्धिका प्रगति बिवरण र निर्णयहरु सहकोषाध्यक्ष दिपक गौचनले संचालन गर्नु भएको थियो । ध्रुब भट्टचनको सभापतित्वता सम्पन्न उत्त कार्यक्रमको स्वागत भाषण राजु शेरचन ले गर्नु भएको थियो ।
आयोजकको प्रयासद्धारा थकालीहरुको उत्कृष्ठ घरेलु खाना फापरको ढिंडो, लोकल कुखुराको झोल र ङयोस्यल (पाङ्नो र टिमुरको छोप मिसाएको अचार) ले सत्कार गरिएको र उत्त परिकार संग आमन्त्रित पाहुनाहरु रमाउदै २,३ पटक थपीथपि हातैले मुछेर खाएको दृष्य पनि निकै रोचकपुर्ण थियो । ढिंडोको लागि फापरको पिठो, एनआरएनका केन्द्रिय सदस्य अरुण कुमार श्रेष्ठले उपलब्ध गराउनु भएकोमा थसेस जापान उहालाई हार्दिक कृतज्ञता प्रकट गर्दर्छौ बंत्यव्यमा भनिएको छ । (थसेस जापान)

Read more...

यसरी निम्तिएको रे दुबई संकट

Monday, December 7, 2009

दुबईका शासक सेख विन रसिद अल मक्तोउम कविता लेख्छन्, घोडचढीमा रमाउँछन् अनि बेलायती महारानी एलिजावेथजस्तो जीवनशैली जिउँछन् । दूरदर्शिताविनाको योजना तथा विलासी जीवन नै दुबई संकटको कारण देखिएको छ । उनको यही कमजोरीका कारण विश्व व्यापारको केन्द्रबिन्दु बन्न सफल दुबई सहरको भविष्य संकटमा परेको विश्लेषकहरूको अनुमान छ ।
विलासी जीवन जिउने मनोकांक्षासहित उनले मरुभूमिमा विकासको बीउ रोपे । तर, भविष्यको पूर्वानुमान एवं अदूरदर्शी निर्णयका कारण समुद्रमाथि बनेको सहर डगमगाउन थालेको छ । पाश्चात्य जीवनशैली र मुस्लिम परम्पराको मिश्रणमा विकासको नयाँ मोडल तयार गरी विकासको अनुपम नमुना प्रस्तुत गर्न सफल सेखको ठूलो कमजोरी ऋण व्यवस्थापन रह्यो । मरुभूमि सहरलाई विश्व व्यापारको केन्द्र बनाउन उनले पाएजतिको ऋण बटुले, तर पछि तिर्नुपर्छ भन्ने कुरा सोच्न भ्याएनन् । एक दशकदेखि थुपिँ्रदै गएको ऋण अहिले आएर विस्फोट भयो ।
विकासका लागि उनले लिएको रणनीति थियो- बारमा गएर बियर पिऊ, समुद्र किनारमा विकनी लगाऊ, डिस्कोमा जाऊ जे गर पैसा कमाऊ, विदेशीलाई अकषिर्त गर । उनले योजना ठूलो बनाए तर केका आधारमा भन्दा-ऋणको आधारमा । उनीसँग यसबाहेक अर्काे विकल्प नै थिएन, अरब क्षेत्रको ठूलो सम्पत्तिको रूपमा तेल रहे पनि दुबईमा तेलको उल्लेख्य भण्डारण छैन । केही वर्षअघिसम्म कुल आयमा मुख्य हिस्सा ओगट्ने तेल व्यापारले अहिले जम्मा ६ प्रतिशत योगदान गर्छ ।
६० वर्षे सेख आपनो राज्यलाई न्युयोर्क वा लन्डनको बराबरीमा ल्याउन चाहन्थे । विकसित सहरका रूपमा चिनिएका अमेरिकी र बेलायतको समकक्षी हुन सहज त पक्कै थिएन् । महत्त्वाकांक्षाी सेख आफ्नो सपना पूरा गर्न कठोरताका साथ लागे । समुद्रमाझमा सहर खडा गर्ने, पाश्चात्य शैलीका होटल, डिस्को र बार सबैमा ठूलो लगानी गरे । लगानीका लागि आवश्यक ऋण विकसित देशका बैंकबाट नै लिए । विदेशी बैंकहरूले पनि खाडी मुलुकको तेल खानीमाथि र्‍याल चुहाउँदै भनेजति ऋण दिए । उनीहरूलाई के थाहा विश्वव्यापी वित्तीय संकट आउला र त्यसले आधुनिक विकासको नुमना बनेको दुबईको सम्पन्नता डगमगाउला ! उनीहरूको नजर तेल बेचेर धनी भएका मुस्लिमहरूको सम्पत्तिमा थियो । विभिन्न सेवा प्रदान गर्ने वाहनामा उनीहरू त्यो सम्पत्ति प्राप्त गर्न चाहन्थे । यता सेख आफ्नो योजनाअनुसार अन्तर्राष्ट्रिय स्कुल, बहुर्राष्ट्रिय कम्पनी, आरामदायी होटल आदिका क्षेत्रमा उल्लेख्य लगानी गर्दै गए । उनको लक्ष्य दुबईलाई विश्वकै सम्पन्न एवं प्रमुख पर्टकीय गन्तव्यका रूपमा स्थापित गर्नुथियो । उनैको प्रयास स्वरूप दुबई विश्वको २० औं तथा अरब क्ष्ाेत्रको दोस्रो महँगो सहरका रूपमा स्थापित भएको थियो ।
पश्चिमा शैलीको सहर निर्माणमा अभ्यस्त भए पनि सेख आफ्नो परम्पराबाट विचलित भएनन् । उनले आफ्नो मुस्लिम संस्कृति अहिले पनि त्यागेका छैनन् । उनलाई ऊँट पाल्न मन लाग्छ भने घोडा उनको पि्रय हो । दुबईका चौडा सडकमा मर्सिडिजमा सयर गर्छन् सेख । एक शासकको हिसाबले उनी आपना जनताको सुझाव तथा गुनासा पनि सुन्छन् । अर्काे रमाइलो पक्ष- उनी कार्यालय तथा घर जहाँ भए पनि फेसबुकमा दैनिकी अपडेट गर्न र टुविटरमा तन्नेरीहरूलाई ट्विट गर्न समय निकाल्छन् ।
सपनाका यी जादुगर अहिले पक्कै बिउँझिए होलान् । उनको सपनाको सहरको भविष्य संकटमा परेको छ । दुबईको ऋण ८० अर्ब अमेरिकी डलर पुगिसकेको छ । जसमा सरकारी स्वामित्वको पूर्वाधार विकास तथा अन्य क्षेत्रमा लगानी गर्ने कम्पनी दुबई वल्र्डको मात्रै ५९ अर्ब जति छ । यही ऋणको डिसेम्बर किस्ता ६ महिना पर सार्ने निर्णय गर्दा विश्व वित्तीय क्षेत्र डगमगाएको छ ।
सम्पन्न सहर बनाउने योजनामा लागेका सेख अहिले युएईको अर्काे राज्य अबुधाबीबाट सहयोग पाउने आशामा छन् । उनको आशा अनुरूप नै खनिज तेल सम्पन्न अबुधाबी र युएई सरकारले दुबईलाई सहयोग गरिरहेको छ । तर, अझै पनि उनी दुबई बल्र्डको ऋण समस्याका बारेमा केही बोलिरहेका छैनन्, न त समस्या समाधानका लागि अघि सरेका छन् । उल्टै कम्पनीले जारी गरेको बोन्डको ग्यारेन्टी दुबई सरकार नबस्ने भन्दै थप अन्योल सिर्जना गरिदिएका छन् ।
सञ्चारमाध्यमबाट परै रहन चाहने सेखलाई दुई महिना अघि बढ्दो ऋणका बारेमा सोधिएका थियो । तर, उनले आत्मविश्वासका साथ भने, 'म यहाँहरूलाई आश्वस्त पार्छु, दुबई राम्रो अवस्थामा छ । हामी चिन्तित छैनौँ ।' नेाभेम्बरको पहिलो साता अन्तर्राष्ट्रिय सेयरधनीहरूसँगको छलफलमा सेख निकै कडा रूपमा प्रस्तुत भए । ऋण समस्याका सम्बन्धमा सोध्ने संवाददाताहरूलाई चुप लाग्न आदेश दिनसमेत उनी पछि परेनन् । बारम्बार ऋणका बारेमा सोध्दा पनि यसतर्फ ध्यान नदिनु नै संकटको कारण बन्यो ।
नयां पत्रिका बाट साभार

Read more...

किन ढिलाई हुंदैछ अपांग संघलाई सहयोग बितरण ?

Saturday, November 28, 2009

कोरियाली भूमिमा रहेका अपाङग प्रवासी नेपालीहरुको सहयोगार्थ गत छुसकमा थसेस दक्षिण कोरियाले आयोजना गरेको थासाङ सांस्कृतिक कार्यक्रमको सम्पूर्ण हिसाबको बिबरणले पुर्णता नपाउंदा नेपाल अपाङग संघ दक्षिण कोरियालाई आर्थिक सहयोग बितरण गर्न ढिलाई भईरहेको जनाईएको छ । कार्यक्रममा टिकट जिम्मेवार ब्यक्तीहरुबाट टिकटको अर्धकट्टी र रकम संकलन हुनमा ढिलाई भईरहेकोले अझै सम्म पनि नबुझाउनु भएका ब्यक्तिहरुमा छिटो बुझाई सहयोग गरि दिनुहुन अनुरोध गरिएको छ । हाल कोरियामा भईरहेको तिब्र धरपकडको कारण समितिको नियमित बैठक समेत बस्न नसकिरहेको परिप्रेक्षमा बांकी अर्धकट्टी र रकम संकलन भएमा छिट्टै कार्य समितिको बैठक बसी आम्दानी र खर्चको सम्पुर्ण बिबरण सार्वजनिक गर्ने कुरा थसेस अध्यक्ष श्री भक्त सेरचनले बताउनु भएको छ । साथै उक्त बैठकबाटै अपाङग संघलाई प्रदान गरिने सहयोग रकमको निश्चित गरिने जानाकारीमा आएको छ ।

Read more...

होशियार ! स्थानिय प्रहरीले समेत पक्रदै छ

Wednesday, November 11, 2009

btulachan,seoul Korea
म स्वयं कोरिया भित्रिएको १८ बर्ष पूरा भयो । यहां आएर डेट ओभर भई सकेका म जस्ता लाखौ जना बिदेशीहरुलाई खोजि खोजि भिषाको बन्दोबस्त मिलाई दियो यहांको सरकारले । त्यो पनि एक पल्ट होईन ३-३ पल्ट । शुरुमा ९२ साल तिर यहां आएर यतै बसेकाहरुलाई कम्पनी मालिकको रोहबरमा छ छ महिनाको भिषा करिब २ बर्ष सम्म लगातार दियो । ९४ सालबाट प्रशिक्षण भिषा प्रणाली शुरु गरेपछि सबै बिदेशीहरुलाई स्वदेश फर्कन उर्दी जारी गर्यो । पचास प्रतिशत बिदेशीहरु स्वदेश फर्के । जस्तो पर्छ तर्छ भन्ने बिचार लिएका बिदेशीहरु यतै बसेर बाजी मारे । २००२ को वल्ड कप ताका पुन: एक बर्षको भिषा थाप्न प्लेन टिकट किनेर आउन भन्यो , करिव ३ लाख अबैध भनिएका बिदेशीहरुले आफूलाई पायक पर्ने अध्यागमण बिभाग मार्फत लहरै भिषा थापे । घर फर्कने फर्के । नफर्कने टिकटको आधा रकम फर्काएर फेरी यतै बसे । उप्रान्त कोरियामा ईपिएस मार्फत बिदेशी कामदार ल्याएर कजाउने नियमलाई संसदबाटै पारित गरे पछि बिदेशीहरुलाई २००३ सालको नोभेम्बर १५ को अन्तिम म्याद दियो । साथै सरकारले बिभिन्न संचार माध्यमहरुबाट हदै सम्मको कडा गरि स्वदेश फर्काउने समाचारहरु लगाता फुक्यो । अटेर बिदेशीहरु बेस्सरी अत्तालिए । प्राय सबै जना ३,४ महिना कामै छोडेर गुप्तवास समेत बसे । पक्रन चाहि बेस्सरी पक्रयो । तैपनि यतै बसेकाहरुले नै जिते ।
म पनि यतै बसेकोमा परेपनि कहिल्यै धरपकड सम्बन्धि साधारण घटनामा समेत परिन । अध्यागमण र कानुन मन्त्रालयको मातहतमा मात्र धरपकड हुने हुनाले खासै आत्तिनु पर्ने अबस्था देखिन । पोहोर साल पनि अक्टुबर देखि डिसेम्बर सम्म हदै कडा र स्थानिय प्रहरीले समेत पक्रने हल्ला चल्यो । तर प्रहरी संग दैनिक जसो भेट हुन्थ्यो । कहिले काही सोधपुछ गरे पनि बिदेशी हुं भनेपछि छोडी हाल्थ्यो । हल्ला, हल्लामै सिमित हुन्थ्यो । आफूले केहि गल्ती नगर्दा सम्म खासै समस्या थिएन । तर हाल कोरियाली सरकारको कडाईले कति सम्म सिमा नाघ्दै छ भन्ने प्रमाण हिजो मेरो घटनाको प्रकृतिले देखाई दियो ।
घटना बिबरण :-
हिजो दिंउसो म दिउसोको खाना पश्चात रेश टाईममा कम्पनी देखि नजिकै रहेको बैकमा बिशेष कामले जांदै थिए । करिब ५० मिटर परैबाट बैकको छेवैमा स्थानिय कोरियनहरुलाई चेकिङ गर्दै गरेको प्रहरीलाई देखें । फर्किउं कि जस्तो नभएको पनि होईन , म बिदेशीलाई किन पो सोध्ला र भन्ने सोचाईले सदाझैं म लुरुलुरु अगाडी बढें । प्रहरीले १० मिटर परैबाट मलाई देखे पछि बोलायो । बिगतमा झैं म बिदेशी हुं भनेता पनि कार्ड माग्यो । जब की अहिले सम्म कहिल्यै कार्ड मागेको थिएन , कार्ड मागे पछि मेरो त होश हवासै उड्यो । र भने, ओहो ! कार्ड त कम्पनी मै छोडेछु त ! अनि उ बोल्यो - तपाई ओभर स्टे त होईन ? मैले भने होईन होईन बकैडा भिषावाला हुं । प्रहरीले भन्यो- कार्ड देखाए पो भिषावाला साथमा कार्डै छैन केको भिषा वाला ! जाउं अफिशमा, ओई ! गाडीमा कोचार यसलाई भन्दै अर्को पुलिसलाई भने पछि म रातो पिरो भएं । मैले बिन्ती गरें कम्पनीमा जाउं नत ! उस्ले सोध्यो , कम्पनी नजिकै हो ? मैले भने अलि टाढा छ । कम्पनी मालिकको फोन नम्बर र मालिकको नाम भन्न भनेपछि कम्पनीको अफिशको फोन नम्बर र मालिकको नाम दिएं । तुरुन्त फोन लगायो धन्न मालिकले नै फोन उठाएछ क्यारे यताबाट प्रहरी बोल्यो - यहां .... नाम गरेको नेपाली चेकिङमा परेकोले यस्ले त्यो कम्पनीमा काम गर्छ? उता बाट मालिकले सायद गर्छ नै भन्यो होला । फेरी सोध्यो- यस्ले कार्ड कम्पनीमा छोडेछु भन्दै छ सांचो हो ? उताबाट के भन्यो थाहा भएन तर प्रहरीले फोनमा अब उप्रान्त सधै कार्ड लिएर मात्र हिंदन भन्नु होला अहिलेलाई पठाई दिन्छु भने पछि मलाई भन्यो - जानुहोस । थप के समेत भन्यो भने अहिले कोरियामा ओभर स्टे बिदेशीलाई पक्रने आदेश भएकोले अब उप्रान्त कार्ड लिएर मात्र हिंदनु होला । पुलिशले भन्दै गर्दा मैले मन मनै भने -- हुंदै नभएको कार्ड .......त्रो देखाउनु..... । अन्तमा हस् चाहि भने ।
साथीहरुहो ! कोरियाको स्थिति हदै खराव छ । यदि केहि कमाउन अबोप्रान्त कोरिया बस्नै परे हदै सम्मको सजकता अपनाउनु पर्ने देखिन्छ ।

Read more...

थकाली सेवा समिति दक्षिण कोरिया द्वारा धन्यबाद ज्ञापन

Thursday, October 29, 2009

कोरियामा रहेका अपांग प्रवासी नेपालीहरुको सहयोगार्थ थसेस कोरियाले गत अक्टुबर ३ तारिखको दिन आयोजना गरेको थासाङ सांस्कृतिक सौगात २००९ लाई पूर्ण रुपमा सफल पार्न सहयोग गर्नु हुने कोरियामा कृयाशिल संघ संस्था, ब्यबसायी, पत्रकार,बिधार्थी, लगायत सम्पूर्ण प्रवासी नेपालीहरुमा हार्दिक धन्यबाद ज्ञापन गरिएको छ । साथै थासाङ सांस्कृतिक सौगात २००९ को टिकटको अर्ध कट्टी जम्मा गर्नमा ढिलाई भएको कारण समस्या आई रहेकोले नबुझाउनु भएका संघ संस्था लगायतका महानुभावहरुमा छिटो भन्दा छिटो बुझाएर सहयोग गरि दिनुहुन समेत हार्दिक अनुरोध गरिएको छ । टिकट अर्ध कट्टी संकलन कार्य समापन हुना साथ आय ब्ययको बिबरण सार्वजनिक गराई नेपाल अपाङग संघ दक्षिण कोरियालाई सहयोग रकम उपलब्ध गराईने कुराको जानाकारी थसेस अध्यक्ष भक्त सेरचनले दिनु भएको छ ।

Read more...

अब कलिउड देखि बलिउड सम्म थकाली खानाको चर्चा

Saturday, January 17, 2009

बिशेष गरि नेपालमा थकाली खाना चर्चित मानिन्छ । बिभिन्न नेपाली पत्र पत्रिकाहरुको अनुसार कलिउडका नायक नायिकाहरु शुटिङको मौका पारेर होस् या निजि रुपमा,नेपालको बिभिन्न स्थानमा जांदा प्राय: थकाली खाना नै रोज्छन् रे । यदाकदा नेपालका छापाहरुमा थकाली खानाले स्थान पाएको हुन्छ । तर बलिउडका चर्चित नायकले थकाली खानाको खुलेरै तारिफ गरेको शायदै पहिलो हुनु पर्दछ । कुरा हालै नेपालको निजी भ्रमणमा आएका बलिउडका चर्चित नायक गोबिन्दाले याक यण्ड यति होटेलमा भनेको कुरालाई नेपाल समाचार पत्रले श्रोट बनाएर प्रकाशन गरेको सामग्रीको हो । नपत्याए हेर्नुस यहां

Read more...

थकाली सेवा समिति दक्षिण कोरिया द्दारा कोशी बाढी पिडितलाई आर्थिक सहयोग ।

Tuesday, December 23, 2008

भरत तुलाचन सउल, कोरिया ।

थकाली सेवा समिति दक्षिण कोरियाले कोशी बाढी पिडितहरुको सहयोगार्थ ५००,००० (पांच लाख वन) हस्तान्तरण गरेको छ । डिसेम्बर २१ तारिख आईतबारको दिन नेपाल कोरिया सांस्कृतिक मन्चको आयोजनामा सम्पन्न सांस्कृतिक कार्यक्रममा प्रमुख अतिथि रहनु भएका महामहिम राजदूत कमल प्रसाद कोईराला ज्युलाई थसेस कोरियाका अध्यक्ष भक्त सेरचनले उक्त रकम हस्तान्तरण गर्नु भएको हो । रकम हस्तान्तरण गर्नु पुर्व अध्यक्ष सेरचनले कोरिया स्थित नेपाली दुतावास मार्फत पठाईएको यस सानो रकमले कोशी बाढी पिडितहरुलाई थोरै भएपनि राहत मिलोस् भन्ने कामना गर्नु भएको थियो । स्मरणिय रहोस, कोरियाको महान पर्व छुसकको एक नेपाली कार्यक्रममा थकाली सेवा समिति दक्षिण कोरियाले कोशी बाढी पिडितसहयोगार्थ सेल रोटी लगायत मिष्ठान्न परिकारहरुको बिक्री बितरण गरेको थियो ।सहयोग बितरण सम्बन्धि थप तस्बिरहरु

Read more...

बुद्दीरत्न सेरचन र स्याऊ खेती

Thursday, December 11, 2008

चिनियाँ दुबो ढपक्कै छ आँगनमा । भीमसेनगोलामा रहेको पक्की घरको आँगनमा उभिएका बुद्धिरत्न शेरचनले चार कुना देखाउँदै भने-'यहाँ चार बोट स्याउ थिए तर, अहिले मासिए ।' उनलाई आफ्नै आँगनको स्याउको रुख ढलेकोमा चिन्ता छैन । उनी जानकार छन्- 'काठमाडौं स्याउका लागि उपयुक्त ठाउँ होइन ।' केही वर्षअघि ढलेको भए पनि स्याउको बखान गरे- 'लटरम्मै फलेका थिए, आधा त बाटो हिँड्नेले चोरेर खान्थे ।' यिनको घर काठमाडौं सहरमै छ, शाखासन्तान यही सहरमा रमाउँछन् । तर, यिनलाई सहरको चमकधमकले छुन सकेको छैन । र, त भन्छन्- 'मलाई त मुस्ताङ नै प्यारो लाग्छ । यो सहरको त पाहुना मात्रै हुँ म ।' उनी मुस्ताङमै बस्छन् । तर, दिमागभरि काठमाडौं हुन्छ । कारण सुनाउँछन्- 'नातिनातिनाको मायाले तान्छ ।' नातिनातिनाको मायाले बेलाबेला काठमाडौं आइपुग्छन् उनी । यिनको परिचय स्याउसँग गाँसिएको छ, यी नेपालका नामुद स्याउखेती गर्न सिकाउने मान्छे हुन् । एउटा थकालीको छोरो । प्रायः व्यापारमा विश्वास गर्छ । कसरी यिनी स्याउखेतीतर्फ आकषिर्त भए ? यसको श्रेय उनले आफ्नै बज्यै (हजुरआमा) लाई दिए । मुस्ताङको बसाइ जोसुकैका लागि सुगम हुँदैन । वर्षको पाँच महिना त तल झर्नै पर्छ । बुद्धिरत्नको परिवारमा पनि त्यही चलन थियो । मुस्ताङमा हिउँको वर्षा सुरु भएपछि हिउँदे-घर म्याग्दी झर्थे स-परिवार । म्याग्दीमा घरमात्रै थियो, बसुन्जेल खानका लागि केही गर्नै पथ्र्यो । पुख्र्यौली चलन थियो पैसाको कारोबार गर्ने । भएको पैसा ब्याजमा लगाउने र त्यसैको आम्दानीले पाँच महिना खाने चलन थियो ।
सही राजस्व बुझाएपछि स्याबासी पाइन्छ भन्नेमा थिए बुद्धिरत्न । तर, परिणाम त्यस्तो भएन । गेहेन्द्रराज भट्टराई सिडिओ थिए, उनले बोलाएर स्पष्टीकरण लिए- 'तपाईं बढी जान्ने हुन नखोज्नूस् ।’तर, बुद्धिरत्नभन्दा अगाडि उनको परिवारमा साँवा अक्षर फुटाउन सक्ने कोही थिएन । पढाइलेखाइ त निकै परको कुरा भयो । आफ्नी हजुरआमालाई निकै कर्मशील सम्झन्छन् यी बाजे । भन्छन्- 'हजुरआमा २९ वर्षमा विधवा हुनुभएको थियो । उहाँले नै मलाई पढ्नका लागि प्रेरणा दिनुभयो ।' बज्यैलाई अक्षर के हो ? थाहा थिएन । बाजेको देहान्तपछि पैसाको कारोबार बज्यैकै जिम्मामा आयो । त्यतिबेला पैसाको कारोबार गर्नेले पैसा लिने र दिने आधार बनाउँथे तमासुकलाई । अक्षर नचिने पनि बज्यै कागज छामेर तमासुक चिन्ने गर्थिन् । उनी सुनाउँछन्- 'हाम्री बज्यै, छामेको भरमा तमासुक चिन्नुहुन्थ्यो र सम्बन्धित मान्छेसँग कारोबार गर्नुहुन्थ्यो ।' त्यही कारणले बज्यैले उनलाई भनिरहिन्- 'पढ नाति, नपढी त केही हुन्न ।'**हिजुरआमाले नपढी हुन्न भनेपछि बुद्धिरत्नका लागि स्कुलको यात्रा टाढाको विषय भएन । लागे- झोला बोकेर कपुरी क..., खरायो ख... घोक्नतिर । उनका पालाको स्कुलका दुःख त कति थिए, कति । तेजिलो दिमाग भएको थकालीको छोरोलाई पढ्न भने गार्‍हो पेरन । ०१६ सालमा एसएलसी गरे । स्कुलेपढाइ सकेपछि कलेज पढ्न पनि समस्या पनि त भएन । भाग्य पनि दह्रै रहेछ नि त ! 'कोलम्बो प्लान' अन्तर्गत छात्रवृत्ति पाए । पढ्न जाने भए, एगि्रकल्चरका लागि बिएस्सी । त्यसपछि सुरु भयो यिनको स्याउखेती । समयमै पढाइ पूरा गरे । नम्बर पनि राम्रै आयो । पढेको मान्छेले अरू काम गर्न सम्भव थिएन । कृषिप्रधान देशमा केही गरौंला भन्ने थियो । नारामा नेपाललाई 'किसानै किसानको देश' भनिए पनि किसानलाई सिकाउने र बुझाउने काममा राज्यपक्षले ध्यान दिएको थिएन । 'सत्तामा जो पुगे पनि कुर्सी टिकाउनमै केन्दि्रत हुन्थे'- बुद्धिरत्नले असन्तुष्टि पोखे । कहिले निस्किन्छ, विज्ञापन ? उनी दरखास्त दिन तयारीसाथ बसे । प्रमाणपत्र भएको मान्छेलाई जागिरका लागि समस्या हुने कुरा पनि भएन । पोखरामा एउटा बागवानी थियो, राम्रै नाम कमाएको । सुरुमा त्यहीँ जागिर पाए । जिम्मेवारी त्यति धेरै थिएन । थर्ड-क्लास अफिसर भएर पोखरा बागवानी छिरेका बुद्धिरत्न ६ महिनाभन्दा बढी पोखरा बसेनन् । त्यतिबेला 'इन्डियन कोअपरेसन मिसन'ले नेपालमा बागवानीका लागि राम्रै सहयोग गर्दै आएको थियो । त्यही सहयोगको आडमा मुस्ताङमा बागवानी खोल्ने योजना बनेको थियो । उनलाई पनि मुस्ताङमा गएर केही गरौंला भन्ने लागेको थियो ।६ महिनाजति पोखरामै हल्लिएका बुद्धिरत्नलाई निर्देशन आयो- 'अब मुस्ताङ जानुपर्‍यो ।' मुस्ताङका बारेमा सम्पूर्ण अध्ययन गर्ने जिम्मा उनकै भागमा परेको थियो । एउटा तन्नेरी ठिटोलाई केही गर्ने जिम्मेवारी पाउँदा मज्जा लागेछ- 'म त निकै दंग थिएँ, नयाँ गर्न पाइयो भन्ने लागेको थियो'- तन्नेरी जोस सुनाए- 'सुरुसुरुमा त आधा रातसम्म काम गरेँ ।' प्रशासनिक कामसमेत आफैंले गर्नपर्ने भएकाले दिउँसो प्राविधिक र राति प्रशासनिक काम गरेको सुनाए ।**पोखराबाट मुस्ताङ जाँदा उनीबाहेक अरू चारजना प्राविधिक थिए । मासिक चार सय पचास तबल पाउँथे भने प्रविधिको रूपमा एक हल गोरु र एउटा घोडा पाएका थिए । बागवानी खनजोतको जिम्मा गोरुले पाएको थियो भने बागवानीका कर्मचारीलाई अफिसियल कामका लागि सदरमुकाम जान-आउन घोडाले सघाउँथ्यो ।मुस्ताङ उक्लिएका बुद्धिरत्नको अध्ययनले भन्यो- 'बागवानीका लागि सबैभन्दा उपयुक्त जग्गा इन्द्रमान शेरचनको छ । पचास रोपनी जग्गा, त्यो पनि मूलबाटोको छेउमै ।' ०२४ सालतिरको कुरा हो । पञ्चायतको जगजगी थियो । ठकुरी खान्दानलाई खुसी पार्नेहरूको हाईहाई हुन्थ्यो । धेरैजसो कर्मचारी काम गर्नेभन्दा ठकुरी खान्दानलाई खुसी पार्नमै व्यस्त हुन्थे । बुद्धिरत्नले आफूले त्यतातिर ध्यान नदिएको कुरा गरे । भन्छन्- 'मलाई त मुस्ताङमा खेती गरेरै जगजगी देखाउनुथियो ।'
हाम्रो सरकारी नीति साह्रै झुर छ, तराईमा जन्मेको मान्छेलाई हिमालको प्राविधिक बनाएर पठाउँछन् । जुन भेगको विकास गर्नुछ, त्यही भेगका प्राविधिक उत्पादन गरे मात्रै सन्तुलित विकास हुन्छ भन्ने लागेको छ उनलाई ।बागवानीका हाकिम बनेर मुस्ताङ पुगेका बुद्धिरत्न त्यसपछि पौरख गर्नमै तल्लीन हुन थाले । उनलाई लाग्थ्यो- 'यहाँ आधुनिक खेती गर्न पाए धेरै किसानको जीवनस्तर सुध्रन्छ र खेती गर्ने नेपाली पनि धनी हुन्छन् ।' त्यहीअनुसार सुरु गरे- स्याउ, आलुबखडा, खुर्पानी, आरु आदि फलफूलखेती । बागवानीमा हुर्केका बिरुवा किसानका बारीमा पुर्‍याउन भने त्यति सजिलो भएन । भन्छन्- 'सुरुमा त किसानलाई स्याउ लगाऊ भनेर सम्झाउन निकै गार्‍हो पर्‍यो ।' स्याउ लगाऊ भन्दा किसानले सोध्दा रहेछन्- 'खेती गर्ने बारीमा बिरुवा लगाएपछि खेती कहाँ गर्ने ?' गुनासा गर्नेहरू गरिरहन्छन्, बुद्धिरत्न आफ्नो कामबाट बिचलित भएनन् । बाली लगाएको चार वर्षपछि त फल्न थालिहाल्यो । मुस्ताङै पुगेजस्तो गरे- 'आहा ! आफ्नै बालीमा स्याउ फलेको देख्दा सार्‍है रमाइलो लाग्यो ।' अध्ययनका क्रममा भारतको हिमाञ्चल प्रदेशमा बोटबाटै स्याउ टिपेर खाएका बुद्धिरत्नले त्यसपछि मुस्ताङमै रुखबाट स्याउ टिपेर खाएको सुनाए ।मुस्ताङमा स्याउ त फल्यो तर, बजार थिएन । केही विदेशी र तीर्थयात्रीलाई स्याउ बेच्थे किसान । 'दुई रुपैयाँ किलो थियो, त्यो पनि घटाएर बेच्नुपथ्र्यो'- मोल सुनाए । अहिले पनि मुस्ताङे स्याउले भाउ नपाएकोमा चिन्तित देखिए यी शेरचन । उनको अनुभवले भन्छ- 'नेपालको पश्चिमी भेगका धेरै जिल्लामा अब्बल दर्जाका स्याउ उत्पादन गर्न सकिन्छ । तर, त्यसको बजार खोज्न सकिएको छैन ।' राज्यको सरोकारवाला निकायमा बस्नेले बेवास्ता गरेकाले यो स्थिति आएको बताए । उनको गुनासो छ- 'सरकारमा बस्नेले कहिल्यै पनि प्राविधिकको महत्त्व बुझेनन् र प्राविधिक जन्माउन राज्यले ध्यान पनि दिएन ।' ०४८ सालमा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएपछि तीन सयभन्दा बढी प्राविधिकको जागिर खोसिएकोमा दुःखेसो व्यक्त गरे- 'नेताहरू राज्यलाई लुट्छन् मात्रै, कोइरालाले आफ्ना मान्छे भर्ती गर्नका लागि तीन सय प्राविधिक निकालेका थिए, अहिलेसम्म पनि त्यो चलन हटेको छैन ।' प्राविधिकमा पनि 'राम्रा मान्छेभन्दा हाम्रा मान्छे' ले स्थान पाएकोमा दुःखेसो पनि व्यक्त गरे । पछिल्लो समय नेताकै नातेदार प्राविधिकका रूपमा उत्पादन भएको अनुमान गरेका रहेछन् र त भन्छन्- 'हाम्रो सरकारी नीति सार्‍है झुर छ, तराईमा जन्मेको मान्छेलाई हिमालको प्राविधिक बनाएर पठाउँछन् ।' जुन भेगको विकास गर्नुछ, त्यही भेगका प्राविधिक उत्पादन गरे मात्रै सन्तुलित विकास हुन्छ भन्ने लागेको छ उनलाई । 'राम्रालाई छाडेर हाम्रालाई स्थान दिने चलन राजनीतिक दलले नै सुरु गरेका हुन्, जो नेताको नजिक छ, उसैले स्कलरसिप पाउँछ अनि कसरी हुन्छ मुलुकको विकास ?'**यिी सोझा थकाली सरकारी तलब खाएपछि धर्म निर्वाह गर्नुपर्ने मान्यता राख्दा रहेछन् । धर्म निर्वाह गरेबापत एकपटक सिडियो सा'पका अगाडि गएर प्रष्टीकरण दिनुपरेछ । के गरे यिनले त्यस्तो नाजायज काम ? सुरुमा मुस्ताङमा काम गरेका बुद्धिरत्न केही वर्ष अन्यत्र सरुवा भए । पछि फेरि पुरानै ठाउँमा जानुपर्ने भयो र ०४८ सालमा पुनः त्यही ठाउँमा पुगे । स्थिति गडबड रहेछ । वाषिर्क ३० टन स्याउ उत्पादन हुन्थ्यो मुस्ताङको मार्फा र्फममा । तर, राजस्व आउँदोरहेछ २० टनको मात्रै । १० टनको राजस्व हराउनुको कारण खोजे । पाँच टन हाकिमको तजबिजले बाँड्दा रहेछन् भने पाँच टन स्टाफका लागि छुट्याएको रहेछ । पुरानो हाकिमले बनाएको नियम मिचेर तीसै टनको राजस्व बुझाउनुपर्ने नियम बनाए । सही राजस्व बुझाएपछि स्याबासी पाइन्छ भन्नेमा थिए बुद्धिरत्न । तर, परिणाम त्यस्तो भएन । गेहेन्द्रराज भट्टराई सिडियो थिए, उनले बोलाएर स्पष्टीकरण लिए- 'तपाई बढी जान्ने हुन नखोज्नूस् । श्रोट : नयां पत्रिका

Read more...

के निर्णय भयो आज थसेस बैठकमा ?

Sunday, December 7, 2008

आज डिसेम्बर ७ तारिख आईतबार । थसेस दक्षिण कोरियाको नियमित बैठक बसेको छ आज । बैठक पूर्ब निर्धारित समय भन्दा करिब २ घण्ट ढिलो गरि सुरु भयो । सुचनामा उल्यखित स्थान प्रभु ईन्टर्नेशनल अफिसमा भएको थसेस दक्षिण कोरियाको नियमित बैठकमा कार्य समितिका सदस्यहरु मध्य ८० प्रतिशतको उपस्थिति रह्यो । बैठकमा केहि महत्वपुर्ण निर्णयहरु पनि भएका छन । बैठकमा भएका सबै निर्णयहरु थसेस ब्लगमा गोपनियताको कारण राख्न नसकिएता पनि धरपकडमा परेका सह सचिव बिकास तुलाचनको हवाई टिकट सहयोगार्थ केहि रकम उपलब्ध गराउनुको अलावा कोरियाको दोश्रो महान पर्व सलनालमा गर्न सक्ने सम्भाबित कार्यक्रम लगायत अन्य बिषयहरु माथि आंशिक छलफल भएका छन । गत छुसकमा कोशी बाढी पिडित सहयोगार्थ सेलरोटी बिक्री बितरणमा मुनाफा भएको रकमलाई कोरिया स्थित नेपाली दुतावास मार्फत बितरण गर्ने गरि अघिल्लो बैठकको निर्णय अनुसार परराष्त्र मन्त्री कोरिया भ्रमणमा रहेको बेला थसेस पदाधिकारीहरु नेपाली दुतावासको कार्यलयमा पुगे पनि कोशी बाढी पिडित तदर्थ समिति दक्षिण कोरियाको अनुरोधमा प्रत्यक्ष बितरण गर्न नसकि रहेको र हाल करिब २ महिना सम्म पनि तदर्थ समिति करिब निश्क्रिय झै देखिएको ले उक्त मुनाफा रकमलाई कोरिया स्थित नेपाली दुतावास मार्फत नै नेपाल पुर्याउने महत्वपुर्ण निर्णय समेत भएको छ ।

Read more...

The Poems

Tuesday, December 2, 2008



------ ----अभागी ---------

फूलको वासना जति नै मिठो भए पनि
त्यस्को आवास नभए के कुरा,
मायां भित्र बांढिएका आडम्बरहरु
जतिनै चुनौती पूर्ण भए पनि
जुन मायालु भित्र निष्ठूरीपना
हराभरा भई जुर्मुराए पछि के कुरा,
सामय सापेक्ष घायल भई बांच्नु पर्ने
अभागी कर्मलाई दोष कसरी दिऊं ?
यदि मेरो बांच्नुको अर्थ नै नभएपछि
बिपनीमा टाढा भएर हूुरीको झोक्का जस्तो
घरी सपनीमा आएर बिउंझाई दुख दिनेको के कुरा ।
बिकास तुलाचन
हाल काठमाण्डौ

Read more...

संस्थापक सदस्य हर्क सेरचन स्वदेश फिर्ता ।

Tuesday, November 25, 2008

अर्थोपार्जनको लागि आकर्षक गन्तब्य स्थल मानिएको कोरियाली भूमिमा नवप्रवेशी थकाली बन्धूहरुको आगमनले तिब्रता पाए पनि सोहि अनुपातमा यहां कार्यरत थकाली बन्धूहरु स्वदेश फर्कने क्रममा पनि बृद्दि भई रहेको छ । यसै बर्ष मात्रै आफू खुशी तथा धरपकडमा गरि करिव ५ जना थकाली बन्धूहरुको स्वदेश फिर्ता भई सकेको छ । एकातिर कोरियाली अर्थतन्त्रमा दिनानुदिन आईरहेको ह्रास र अर्को तिर यहांको सरकारले अबैध बिदेशी मजदूरहरुको धरपकडलाई तिब्रता दिएकै कारण कोरियामा कार्यरत थकाली बन्धूहरु स्वदेश फर्कने क्रम बढेको हो । यसरी क्रमै संगको स्वदेश प्रस्थानले दक्षिण कोरियामा कार्यरत थकाली बन्धूहरुको संख्यामा ह्रास हुदै जाने त होईन चिन्ताको बिषय बनेको छ ।
यसै क्रममा बिगत १७ बर्ष देखि यहां कार्यरत रहि आउनु भएका बाग्लुङ बुर्तिबाङ निवासी हर्क सेरचन गत हप्ता आफूखुशी स्वदेश फिर्ता हुनु भएको छ । उहां थसेस संस्थापक सदस्य तथा बर्तमान बरिष्ठ सल्लाहकार सदस्य हुनु हुन्थ्यो । उहांको स्वदेशमा उत्तरोत्तर प्रगतिको कामना ।

Read more...

थसेस सह-सचिव बिकास तुलाचन नेपाल फर्कने तयारीमा ।

Sunday, November 2, 2008

नोभेम्बर २ सउल , कोरिया ।

थकाली सेवा समिति दक्षिण कोरियाका सह सचिव श्री बिकास तुलाचन कोरियाली अध्यागमण बिभागका कर्मचारीकोछापामा परि यसै हप्ता स्वदेश फर्कन लाग्नु भएको छ । गत अक्टुबर २७ मंगलबारको दिन दिउंसो ५ बजे तिर ख्योङगिडो मासक स्थित एक कम्पनीमा कार्यरत रहेकै अबस्थामा आफू सहित अर्का एक जना नेपाली सहकर्मीलाई अध्यागमण बिभागका कर्मचारीहरुले चारै तिरबाट घेरा हालेको थियो । हाल ईन्छन शहरमा रहेका उहांलाई छिटो भन्दा छिटो नेपाल पठाउन थकाली सेवा समिति दक्षिण कोरियाको पहलमा आवश्यक कागजात र जहाज भांडाकोब्यबस्था भईरहेकोले यसै हप्ताको अन्त तिर नेपाल जान सक्ने सम्भावना बढेर आएको छ ।

Read more...

बिदाई कार्यक्रम, तिहारको रमझम र थकाली बन्धुहरु बीचको आत्मियता ।

Wednesday, October 29, 2008

भरत तुलाचन
सउल, योङडु डोङ .
हुन त समितिको तर्फबाट यदाकदा बिदाई कार्यक्रमको आयोजनाहरु नभएका होईनन । कोरियाली भूमिमा कार्यरत रहेका संस्थामा आबद्द थकाली बन्धुहरु जो कोहि आफूखुशी स्वदेश फर्कंदा समितिले बिदाई गर्ने चलन नै बसेको छ । तर तिहारको रमझममा आयोजित यसपालीको बिदाई कार्यक्रमले छुट्टै खाले रौनक दिन सफल भयो । खासगरि नेपालमा नजिकिएको तिहारको रमझमलेहोला हप्ता भरि कामको बोझले सिथिल बनाए पनि थकाली बन्धुहरुको उल्यख्य उपस्थिति रहयो । कार्यक्रम शुरु हुने समय ९ बजे भनिएता पनि शनिबारको दिनमा पनि ८ साढे ८ बजे सम्म काम गर्नु पर्ने बाध्यताले ठाढाबाट आउने बन्धूहरुको पर्खाईमा भने घडीले साढे दश बजाएरै छोड्यो । राती साढे दश बजे तिर करिव प्राय सबैजनाको उपस्थिति पछि अध्यक्ष ज्युको अनुमति अनुसार कार्यक्रमले औपचारिक रुप पायो . कार्यक्रम थसेस संस्थापक सदस्य तथा बर्तमान बरिष्ठ सल्लाहकार श्री श्याम सेरचनज्यु लामो समय कोरिया बसाई पश्चात स्वदेश फिर्ता हुनै लाग्दा उहांको सम्मानमा आयोजना भएको थियो .समाज सेवीको रुपमा चिनिनु हुने श्री सेरचन हाल गुल्मी सम्पर्क समितिका अध्यक्ष समेत रहनु भएको थियो . प्रवासबाट करिवदश बर्ष पछि तिहारको रमझमको बेला घर परिवार भेट्न पाउन लाग्नु भएका उहांलाई सबैजनाले हृदय देखिनै सफल यात्राको कामना गरे ।
पहिलो चरणको कार्यक्रम करिब १२ बजे समापन भए पश्चातको जलपानकरिब २ घण्ट सम्म चल्यो । मिष्ठान्न परिकारहरु सहित हल्का अल्कोहलको चुस्कीले हप्ता भरि थकित बन्धूहरुको कन्चट तताई दिए पछि त के चाहियो ,कम्मर मर्काई मर्काई , उठ बसको टालमा टाल मिलाएर नाच्ने बन्धूहरुको कमि रहेन । वांसुरी र डम्फू मादलको टालमा थकाली बन्धूहरुले सामुहिक गाएको आधुनिक गीतहरुले दिएको मज्जाको तारिफ त जति गरे पनि कमै होला जे होस उपस्थित सबै जनालाई भरपुर रोमान्स दियो तिहारको रमझममा आयोजित बिदाई कार्यक्रमले । कार्यक्रममा अझ रोचक रह्यो देउसी भैलो कार्यक्रम । थसेस कोरियाको नाममा थकाली बन्धूहरु बीच शुरु गरिएको देउसी भैलो कार्यक्रमले नेपालको गाऊंघरमा भएका तिहारे रमाईलोको तिर्षण मेटाई दियो केहि हद सम्म भएपनि । त्यसैले संजोगले भन्दा राम्रो होला बिगतका तिहारहरुको तुलनामा यसपालीको तिहार कोरियामा कार्यरत थकाली बन्धूहरुको लागिबन्धूहरु बीचको आत्मियता साटासाट गर्न पाउने तिहार बन्यो . प्रवासी जीबन बिर्साई दिने पर्व बन्यो तिहार .........।

Read more...

बिदाई कार्यक्रमका फोटोहरु र साथमा भिडियो पनि

Sunday, October 26, 2008

फोटो / भिडियो टंक सेरचन













साथमा भिडियो :


Read more...

थकाली सेवा समितिको आयोजनामा बिदाई कार्यक्रम सम्पन्न .


भरत तुलाचन सउल,कोरिया ।
हिजो शनिबार सांझ यङदम्फो स्थित प्रभु ईन्टर्नेशनलको सभा कक्षमा थकाली सेवा समिति दक्षिण कोरियाको आयोजनामा एक बिदाई कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ . थसेस संस्थापक सदस्य तथा बर्तमान बरिष्ठ सल्लाहकार श्याम सेरचन स्वदेश फर्कन लाग्नु भएकोले उहांको सम्मानमा थकाली सेवा समिति दक्षिण कोरियाले उक्त कार्यक्रमको आयोजना गरेको हो . दक्षिण कोरियामा कार्यरत करिव ३५ जना भन्दा बढि थकाली बन्धुहरु र अन्य प्रवासी मित्रहरुको समेत उपस्थिति रहेको उक्त कार्यक्रममा थसेस अध्यक्ष भक्त सेरचनको सभापतित्व र प्रमुख अतिथिमा प्रभु ईन्टर्नेशनलका संचालक प्रेम गुरुङ रहनु भएको थियो . सांझ ९ बजे देखि शुरु भएको बिदाई कार्यक्रममा बिभिन्न बक्ताहरुले श्याम सेरचनको सफल यात्राको कामना गर्नु भएको थियो । कार्यक्रममा थसेस अध्यक्ष भक्त सेरचनले समितिको तर्फबाट उपहार प्रदान गर्दै कोरियामा सिकेको शिपलाई नेपालमा प्रयोग गर्नु पर्ने बिचार ब्यक्त गर्नु भएको थियो . साथै उहांले गत छुसकमा थसेस दक्षिण कोरियालेआयोजना गरेको बाढिपिडित सहयोगार्थ सेलरोटी बिक्री बितरणमा सहयोग पुर्याउनु हुने महानुभावहरुलाइ उपहार प्रदान गर्नु भएको थियो .

Read more...

सम्मान तथा जलपान कार्यक्रमका तस्विरहरु

Monday, September 15, 2008


















Read more...

म्याग्देली खलाडीहरुको सम्मानमा आयोजित जलपान कार्यक्रम भब्यताका साथ सम्पन्न .

-------------------------------थप तस्विरहरु------- --------

भरत तुलाचन,सउल
म्याग्दी समाज समिति दक्षिण कोरियाले आयोजना गरेको खेलाडीहरुको सम्मान तथा जलपान कार्यक्रम राजधानी सउलस्थित नमस्ते रेष्टुरेण्टको सभाकक्षमा भब्यताका साथ सम्पन्न भएको छ . सेप्टेम्बर १२ तारिख शनिबार सांझ निर्धारित समय भन्दा करिब एक घण्टा ढिलो गरि अर्थात करिब ९ बजे देखि शुरु भएको कार्यक्रममा कोरियामा कार्यरत म्याग्देलीहरु, बिभिन्न संघ संस्थाहरुका पदाधिकारीहरु,पत्रकारहरु तथा बिधार्थीहरु गरि करिव ८० जनाको उपस्थिति रहेको थियो . म्याग्दी समाज समितिका अध्यक्ष नर बहादुर पुनको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख आतिथिमा हाल कोरिया भ्रमणमा रहनु भएकी राजनितिकर्मी तथा समाजसेवी स्वर्गिय राम गौचनकी धर्मपत्नी तथा समाजसेवी श्रीमती बिमला गौचन रहनु भएको थियो . कार्यक्रममा एनसिसि कप म्याग्दी समाजको पोल्टामा पार्न सफल म्याग्देली टीमका खेलाडीहरुका साथै कोरियामा रहेका सम्पूर्ण म्याग्देली खेलाडीहरुलाई म्याग्दी समाज समितिका अध्यक्ष नर बहादुर पुनले सम्मान पत्र र प्रमुख अतिथि श्रीमती बिमलागौचनले खाडा ओड्याएर सम्मान गर्नु भएको थियो . कार्यक्रममा नेपाल सम्पर्क समितिका अध्यक्ष इश्वर केशी , नेपाली जनसम्पर्कसमिति द कोरियाका सभापति तथा नेपाल बौद्द परिवारका भुपु अध्यक्ष नरेन्द गुरुङ, एनआरएन अन्तर्राष्टि्य समन्वय समितिका सदस्यतेन्जिङ शेर्पा लगायतका अतिथि बक्ताहरुले म्याग्दी समाज समितिले आयोजना गरेको खेलाडी सम्मान कार्यक्रमको सराहना गर्नुहुदै यस कार्यक्रमले खेलाडीहरुको मनोवल उच्च रहने बिचारहरु ब्यक्त गर्नु भएको थियो . साथै सोहि कार्यक्रम मार्फत कार्यकारिणी सदस्य तथा म्याग्देली टीमका भलिबल खेलाडी बसन्त सेरचन कोरिया लामो बसाई पश्चात स्वदेश फिर्ता हुन लागेकोले उहांको बिदाई समेत गरिएको थियो . कार्यकारिणी सदस्य बसन्त सेरचनलाई अध्यक्ष श्री नर बहादुर पुनले समाजको तर्फबाट उपहार प्रदान गर्नु भएपछि उपस्थिति सम्पूर्ण महानुभावहरुले सेरचनको सफल यात्राको कामना गरेका थिए . थसेस अध्यक्ष तथा म्याग्दी समाजका सल्लाहकार भक्त सेरचन, म्याग्दी समाजका भुपु अध्यक्ष तथा बर्तमान बरिष्ठ सल्लाहकार द्दय टेक बहादुर पुन र बिरु रोका तथा खेलाडीहरुको तर्फबाट टीम क्याप्टेन राम खड्का र कुशल खेलाडी रामकृष्ण पुन लगायतका बक्ताहरुले कार्यक्रमको बारेमा प्रकाश पार्नुको भएको थियो . प्रमुख अतिथिको आशनबाट बोल्दै समाजसेवी श्रीमती बिमला गौचनलेबिदेशमा धेरै लामो समय बस्न नहुने र छिटो आफ्नो लक्ष पूरा गरेर स्वदेश फर्कनु पर्ने कुरामा जोड दिनु भएको थियो . उपाध्यक्ष नारायण बरुवालले दोश्रो चरणको जलपान कार्यक्रमको बारेमा जानाकारी दिनु भएपछि अध्यक्ष नर बहादुर पुनलेकार्यक्रममा उपस्थिति सम्पूर्ण महानुभावहरुलाई धन्यबाद दिंदै पहिलो चरणको कार्यक्रमको समापन गर्नु भएको थियो . बिधार्थी तथा खेलाडी जीबन बानियांको स्वागत भाषण र सचिव भरत तुलाचनको संचालन रहेको पहिलो चरण कार्यक्रमको समापनपश्चात दोश्रो चरणको जलपान कार्यक्रम अति रोमान्चित, शौहार्दपूर्ण वातावरणमा करिव २ घण्टा सम्म चलेको थियो .

Read more...

सेलरोटी बिक्री बितरण सम्बन्धि केहि तस्बिरहरु

Sunday, September 14, 2008















Read more...
Free counter and web stats
eXTReMe Tracker

  © Blogger template Noblarum by Ourblogtemplates.com 2009

Back to TOP