यहाँहरुलाई थकाली सेवा समितिको ब्लगमा हार्दिक स्वागत छ । धन्यबाद !

किन ढिलाई हुंदैछ अपांग संघलाई सहयोग बितरण ?

Saturday, November 28, 2009

कोरियाली भूमिमा रहेका अपाङग प्रवासी नेपालीहरुको सहयोगार्थ गत छुसकमा थसेस दक्षिण कोरियाले आयोजना गरेको थासाङ सांस्कृतिक कार्यक्रमको सम्पूर्ण हिसाबको बिबरणले पुर्णता नपाउंदा नेपाल अपाङग संघ दक्षिण कोरियालाई आर्थिक सहयोग बितरण गर्न ढिलाई भईरहेको जनाईएको छ । कार्यक्रममा टिकट जिम्मेवार ब्यक्तीहरुबाट टिकटको अर्धकट्टी र रकम संकलन हुनमा ढिलाई भईरहेकोले अझै सम्म पनि नबुझाउनु भएका ब्यक्तिहरुमा छिटो बुझाई सहयोग गरि दिनुहुन अनुरोध गरिएको छ । हाल कोरियामा भईरहेको तिब्र धरपकडको कारण समितिको नियमित बैठक समेत बस्न नसकिरहेको परिप्रेक्षमा बांकी अर्धकट्टी र रकम संकलन भएमा छिट्टै कार्य समितिको बैठक बसी आम्दानी र खर्चको सम्पुर्ण बिबरण सार्वजनिक गर्ने कुरा थसेस अध्यक्ष श्री भक्त सेरचनले बताउनु भएको छ । साथै उक्त बैठकबाटै अपाङग संघलाई प्रदान गरिने सहयोग रकमको निश्चित गरिने जानाकारीमा आएको छ ।

Read more...

होशियार ! स्थानिय प्रहरीले समेत पक्रदै छ

Wednesday, November 11, 2009

btulachan,seoul Korea
म स्वयं कोरिया भित्रिएको १८ बर्ष पूरा भयो । यहां आएर डेट ओभर भई सकेका म जस्ता लाखौ जना बिदेशीहरुलाई खोजि खोजि भिषाको बन्दोबस्त मिलाई दियो यहांको सरकारले । त्यो पनि एक पल्ट होईन ३-३ पल्ट । शुरुमा ९२ साल तिर यहां आएर यतै बसेकाहरुलाई कम्पनी मालिकको रोहबरमा छ छ महिनाको भिषा करिब २ बर्ष सम्म लगातार दियो । ९४ सालबाट प्रशिक्षण भिषा प्रणाली शुरु गरेपछि सबै बिदेशीहरुलाई स्वदेश फर्कन उर्दी जारी गर्यो । पचास प्रतिशत बिदेशीहरु स्वदेश फर्के । जस्तो पर्छ तर्छ भन्ने बिचार लिएका बिदेशीहरु यतै बसेर बाजी मारे । २००२ को वल्ड कप ताका पुन: एक बर्षको भिषा थाप्न प्लेन टिकट किनेर आउन भन्यो , करिव ३ लाख अबैध भनिएका बिदेशीहरुले आफूलाई पायक पर्ने अध्यागमण बिभाग मार्फत लहरै भिषा थापे । घर फर्कने फर्के । नफर्कने टिकटको आधा रकम फर्काएर फेरी यतै बसे । उप्रान्त कोरियामा ईपिएस मार्फत बिदेशी कामदार ल्याएर कजाउने नियमलाई संसदबाटै पारित गरे पछि बिदेशीहरुलाई २००३ सालको नोभेम्बर १५ को अन्तिम म्याद दियो । साथै सरकारले बिभिन्न संचार माध्यमहरुबाट हदै सम्मको कडा गरि स्वदेश फर्काउने समाचारहरु लगाता फुक्यो । अटेर बिदेशीहरु बेस्सरी अत्तालिए । प्राय सबै जना ३,४ महिना कामै छोडेर गुप्तवास समेत बसे । पक्रन चाहि बेस्सरी पक्रयो । तैपनि यतै बसेकाहरुले नै जिते ।
म पनि यतै बसेकोमा परेपनि कहिल्यै धरपकड सम्बन्धि साधारण घटनामा समेत परिन । अध्यागमण र कानुन मन्त्रालयको मातहतमा मात्र धरपकड हुने हुनाले खासै आत्तिनु पर्ने अबस्था देखिन । पोहोर साल पनि अक्टुबर देखि डिसेम्बर सम्म हदै कडा र स्थानिय प्रहरीले समेत पक्रने हल्ला चल्यो । तर प्रहरी संग दैनिक जसो भेट हुन्थ्यो । कहिले काही सोधपुछ गरे पनि बिदेशी हुं भनेपछि छोडी हाल्थ्यो । हल्ला, हल्लामै सिमित हुन्थ्यो । आफूले केहि गल्ती नगर्दा सम्म खासै समस्या थिएन । तर हाल कोरियाली सरकारको कडाईले कति सम्म सिमा नाघ्दै छ भन्ने प्रमाण हिजो मेरो घटनाको प्रकृतिले देखाई दियो ।
घटना बिबरण :-
हिजो दिंउसो म दिउसोको खाना पश्चात रेश टाईममा कम्पनी देखि नजिकै रहेको बैकमा बिशेष कामले जांदै थिए । करिब ५० मिटर परैबाट बैकको छेवैमा स्थानिय कोरियनहरुलाई चेकिङ गर्दै गरेको प्रहरीलाई देखें । फर्किउं कि जस्तो नभएको पनि होईन , म बिदेशीलाई किन पो सोध्ला र भन्ने सोचाईले सदाझैं म लुरुलुरु अगाडी बढें । प्रहरीले १० मिटर परैबाट मलाई देखे पछि बोलायो । बिगतमा झैं म बिदेशी हुं भनेता पनि कार्ड माग्यो । जब की अहिले सम्म कहिल्यै कार्ड मागेको थिएन , कार्ड मागे पछि मेरो त होश हवासै उड्यो । र भने, ओहो ! कार्ड त कम्पनी मै छोडेछु त ! अनि उ बोल्यो - तपाई ओभर स्टे त होईन ? मैले भने होईन होईन बकैडा भिषावाला हुं । प्रहरीले भन्यो- कार्ड देखाए पो भिषावाला साथमा कार्डै छैन केको भिषा वाला ! जाउं अफिशमा, ओई ! गाडीमा कोचार यसलाई भन्दै अर्को पुलिसलाई भने पछि म रातो पिरो भएं । मैले बिन्ती गरें कम्पनीमा जाउं नत ! उस्ले सोध्यो , कम्पनी नजिकै हो ? मैले भने अलि टाढा छ । कम्पनी मालिकको फोन नम्बर र मालिकको नाम भन्न भनेपछि कम्पनीको अफिशको फोन नम्बर र मालिकको नाम दिएं । तुरुन्त फोन लगायो धन्न मालिकले नै फोन उठाएछ क्यारे यताबाट प्रहरी बोल्यो - यहां .... नाम गरेको नेपाली चेकिङमा परेकोले यस्ले त्यो कम्पनीमा काम गर्छ? उता बाट मालिकले सायद गर्छ नै भन्यो होला । फेरी सोध्यो- यस्ले कार्ड कम्पनीमा छोडेछु भन्दै छ सांचो हो ? उताबाट के भन्यो थाहा भएन तर प्रहरीले फोनमा अब उप्रान्त सधै कार्ड लिएर मात्र हिंदन भन्नु होला अहिलेलाई पठाई दिन्छु भने पछि मलाई भन्यो - जानुहोस । थप के समेत भन्यो भने अहिले कोरियामा ओभर स्टे बिदेशीलाई पक्रने आदेश भएकोले अब उप्रान्त कार्ड लिएर मात्र हिंदनु होला । पुलिशले भन्दै गर्दा मैले मन मनै भने -- हुंदै नभएको कार्ड .......त्रो देखाउनु..... । अन्तमा हस् चाहि भने ।
साथीहरुहो ! कोरियाको स्थिति हदै खराव छ । यदि केहि कमाउन अबोप्रान्त कोरिया बस्नै परे हदै सम्मको सजकता अपनाउनु पर्ने देखिन्छ ।

Read more...
Free counter and web stats
eXTReMe Tracker

  © Blogger template Noblarum by Ourblogtemplates.com 2009

Back to TOP