यहाँहरुलाई थकाली सेवा समितिको ब्लगमा हार्दिक स्वागत छ । धन्यबाद !

संस्थापक सदस्य हर्क सेरचन स्वदेश फिर्ता ।

Tuesday, November 25, 2008

अर्थोपार्जनको लागि आकर्षक गन्तब्य स्थल मानिएको कोरियाली भूमिमा नवप्रवेशी थकाली बन्धूहरुको आगमनले तिब्रता पाए पनि सोहि अनुपातमा यहां कार्यरत थकाली बन्धूहरु स्वदेश फर्कने क्रममा पनि बृद्दि भई रहेको छ । यसै बर्ष मात्रै आफू खुशी तथा धरपकडमा गरि करिव ५ जना थकाली बन्धूहरुको स्वदेश फिर्ता भई सकेको छ । एकातिर कोरियाली अर्थतन्त्रमा दिनानुदिन आईरहेको ह्रास र अर्को तिर यहांको सरकारले अबैध बिदेशी मजदूरहरुको धरपकडलाई तिब्रता दिएकै कारण कोरियामा कार्यरत थकाली बन्धूहरु स्वदेश फर्कने क्रम बढेको हो । यसरी क्रमै संगको स्वदेश प्रस्थानले दक्षिण कोरियामा कार्यरत थकाली बन्धूहरुको संख्यामा ह्रास हुदै जाने त होईन चिन्ताको बिषय बनेको छ ।
यसै क्रममा बिगत १७ बर्ष देखि यहां कार्यरत रहि आउनु भएका बाग्लुङ बुर्तिबाङ निवासी हर्क सेरचन गत हप्ता आफूखुशी स्वदेश फिर्ता हुनु भएको छ । उहां थसेस संस्थापक सदस्य तथा बर्तमान बरिष्ठ सल्लाहकार सदस्य हुनु हुन्थ्यो । उहांको स्वदेशमा उत्तरोत्तर प्रगतिको कामना ।

Read more...

थसेस सह-सचिव बिकास तुलाचन नेपाल फर्कने तयारीमा ।

Sunday, November 2, 2008

नोभेम्बर २ सउल , कोरिया ।

थकाली सेवा समिति दक्षिण कोरियाका सह सचिव श्री बिकास तुलाचन कोरियाली अध्यागमण बिभागका कर्मचारीकोछापामा परि यसै हप्ता स्वदेश फर्कन लाग्नु भएको छ । गत अक्टुबर २७ मंगलबारको दिन दिउंसो ५ बजे तिर ख्योङगिडो मासक स्थित एक कम्पनीमा कार्यरत रहेकै अबस्थामा आफू सहित अर्का एक जना नेपाली सहकर्मीलाई अध्यागमण बिभागका कर्मचारीहरुले चारै तिरबाट घेरा हालेको थियो । हाल ईन्छन शहरमा रहेका उहांलाई छिटो भन्दा छिटो नेपाल पठाउन थकाली सेवा समिति दक्षिण कोरियाको पहलमा आवश्यक कागजात र जहाज भांडाकोब्यबस्था भईरहेकोले यसै हप्ताको अन्त तिर नेपाल जान सक्ने सम्भावना बढेर आएको छ ।

Read more...
Free counter and web stats
eXTReMe Tracker

  © Blogger template Noblarum by Ourblogtemplates.com 2009

Back to TOP