यहाँहरुलाई थकाली सेवा समितिको ब्लगमा हार्दिक स्वागत छ । धन्यबाद !

प्रथम एनसिसि कप बिजय टीम म्याग्दी समाज समितिले जलपान कार्यक्रमको आयोजना गर्ने ।

Friday, August 29, 2008

अगष्ट २९ सउल कोरिया ।

नेपाल सम्पर्क समिति दक्षिण कोरियाको आयोजनामा सम्पन्न प्रतिस्प्रर्धात्मक भलिबल खेलको एन सि सि भलिबल कप म्याग्दी समाज समिति दक्षिण कोरियाले आफ्नो पोल्टामा पार्न सफल भएपछिबिजयोत्स्व संगै आगामी सेप्टेम्बर १२ तारिख सांझ म्याग्देली बृहत भेलाको साथै जलपान कार्यक्रमको आयोजना गर्ने भएको छ ।सउल तोङदेमुन स्थित नमस्ते रेष्टुरेण्टमा आयोजना गरिने उक्त भेला तथा जलपान कार्यक्रममा कोरियामा कार्यरत सम्पूर्ण म्याग्देलीहरुलाई सेप्टेम्बर १२ तारिख सांझ ८ बजे उपस्थितिको लागि हार्दिक अनुरोध गरिएको छ । स्मरणिय रहोस् गत अगष्ट २४ तारिख आईतबारको दिन सम्पन्न उक्त प्रतियागितामा म्याग्दी समाज समिति,एस के नेपाल डट ओआरजी ,बाग्लुङ सम्पर्क समिति,गुल्मी सम्पर्क समिति,स्याङजा परिवार तथा मुन्जङ प्रवासी क्ल्ब गरि जम्मा ६ टीमले भाग लिएका थिए । फाईनल खेलमा पुगेको एस के नेपाल डट ओआरजीलाई कडा प्रतिस्प्रर्धाका साथ २-१ ले पराजित गर्दै नेपाल सम्पर्क समितिले सम्भवत पहिलो पटक आयोजना गरेको एन सिसि भलिबल कप म्याग्दी समाज समितिले हात पार्न सफल भएको थयो ।

Read more...

अगष्ट २४ आईतबार ।

Tuesday, August 26, 2008












Read more...

एन सिसि कप म्याग्दी समाज समितिको पोल्टामा ।

अगष्ट २४ आईतबार , भरत तुलाचन सउल ।
दक्षिण कोरियाको राजधानी सउल स्थित सादे बुसोक हाई स्कुलको भलिबल खेल मैदानमा कोरियाबासी प्रवासीहरुको छाता संस्था नेपाल सम्पर्क समिति दक्षिण कोरियाको आयोजनामा सम्पन्न प्रतिस्प्रर्धात्मक भलिबल खेलको एन सि सि कप म्याग्दी समाज समिति दक्षिण कोरियाको पोल्टामा परेको छ । अगष्ट २४ तारिख आईतबारको दिन सम्पन्न उक्त प्रतियागितामा म्याग्दी समाज समिति,एस के नेपाल डट कम,बाग्लुङ सम्पर्क समिति,गुल्मी सम्पर्क समिति,स्याङजा परिवार तथा मुन्जङ प्रवासी क्ल्ब गरि जम्मा ६ टीमले भाग लिएका थिए । पहिलो चरणको खेलमा म्याग्दी समाज समितिले गुल्मी सम्पर्क समितिलाई,एस के नेपाल डट कमले स्याङजा परिवारलाई,बाग्लुङ सम्पर्क समितिले मुन्जङ प्रवासी क्ल्बलाई पराजित गर्दै सेमी फाईनल खेलमा प्रवेश गरेका थिए । सेमी फईनल खेलको लागि भएको गोला नतिजा अनुसार म्याग्दी समाज समिति बाईमा परेको थियो ।सेमी फईनल खेलमा एस के नेपाल डट कमले बाग्लुङ सम्पर्क समितिलाई पराजित गर्दै फाईनलमा प्रवेश गरेको थियो । रोमान्चित फाईनल खेलमा म्याग्दी समाज समितिले एस के नेपाल डट कमलाई २-१ ले पराजितगर्दै यसपालीको एन सिसि कप हात पार्न सफल भएको छ । कार्यक्रममा आयोजक नेपाल सम्पर्क समिति दक्षिण कोरियाको भाग्यशाली चिट्ठा समेत खोलिएको थियो । भाग्यशाली चिट्ठामा बिजय हुने महानुभावहरुलाई नेपाल सम्पर्क समिति दक्षिण कोरियाका अध्यक्ष श्री ईश्वर केसीले पुरस्कार प्रदान गर्नु भएको थियो । कार्यक्रममा आयोजकको तर्फबाट सेलरोटी र चट्नी लगायतका मिष्ठान्न परिकारहरुको बिक्रि बितरण गरिएको थयो । उपस्थित सम्पूर्ण महानुभावहरुमा नेपाल सम्पर्क समिति दक्षिण कोरियाको आयोजनामा सम्पन्न प्रतिस्प्रर्धात्मक भलिबल खेलमाकुनै कुरामा कमी नभएको आभास सजिलै पाउन सकिन्थ्यो । अब उप्रान्त एन सिसि कप हरेक चार चार महिनामा आयोजना गरिने भएको छ ।

Read more...

२००८ अगष्ट १७ आईतबार

Tuesday, August 19, 2008









Read more...

जनजाति महासंघ दक्षिण कोरियाको अन्तर्रक्रिया कार्यक्रममा थसेस दक्षिण कोरियाको सहभागिता

---------------------------------थप फोटोहरु------------------------------

चौधौ विश्व जनजाति दिवसको अवसर पारेर जनजाति महासंघ दक्षिण कोरियाको आयोजनामा आयोजित संबिधान सभामा जनजातिहरुको भूमिका बिषयक अन्तर्रक्रिया कार्यक्रममा थकाली सेवा समिति दक्षिण कोरियाले उल्यख्य सहभगिता जनाएको छ । जनजातिहरुका बिभिन्न जातिय संस्थाहरुको पूर्ण सहभगिता रहेको उक्त कार्यक्रममा जनजाति महासंघ दक्षिण कोरिया द्वारा आमन्त्रण गरि यहां आईपुग्नु भएका नेपाल जनजाति महासंघ भुपु महासचिव तथा सल्लाहकार डा ओम गुरुङ, संस्थापक सदस्य तथा नेकपा माओबादीका तर्फबाट सभासद सुरेश आलेमगर , नेपाल जनजाति महासंघका बर्तमान अध्यक्ष तथा सभासद पासाङ शेर्पा लगायतका केन्दिय प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । सउल याङजेदोङ स्थित गुरयुङसा मन्दीरमा दिनको २ बजे देखि सांझ ७ बजे सम्म चलेको यस कार्यक्रममा आ आफ्नो जातिय भेषभूषामा सज्जिएका जनजाति महिलाहरुले खाडा ,ब्याज तथा फुलको गुच्छाहरुले अतिथीहरुको सत्कार गरेका थिए । नेपाली दुतावासबाट महामहिम राजदूत कमल प्रसाद कोईराला, नेपाल सम्पर्क समितिका अध्यक्ष श्री ईश्वर थापा र एनआरएन कोरियाका अध्यक्ष श्री गंगाराज राईलाई लगायत कोरियामा रहेका धार्मिक,क्षेत्रिय,तथा राजनितिक संस्थाहरुकाप्रतिनिधिहरुको समेत कार्यक्रममा उपस्थिति रहेको थियो ।----भरत तुलाचन तोङदेमुन कोरिया ।

Read more...

थकाली पोशाक

Saturday, August 2, 2008





Read more...
Free counter and web stats
eXTReMe Tracker

  © Blogger template Noblarum by Ourblogtemplates.com 2009

Back to TOP