यहाँहरुलाई थकाली सेवा समितिको ब्लगमा हार्दिक स्वागत छ । धन्यबाद !

तोरन्ल्ह पर्वको फोटोहरु

Thursday, March 20, 2008
















Read more...

आनसान शहरमा तोरन्ल्ह पर्व सम्पन्न


थकाली सेवा समिति दक्षिण कोरियाको आयोजनामा थकालीहरुको महान् पर्व तोरन्ल्हआनसान शहरमा भब्यताको साथ सम्पन्न भएको छ । मार्च १६ गते आईतबार बिहान १० बजे थकाली सेवा समिति दक्षिण कोरियाका अध्यक्ष भक्त सेरचनले बिधिबट रुपमा पानसमा बत्ती बाली कार्यक्रमको उद्घघाटन गर्नु भएको थियो । कोरियामा कार्यरत थकालीहरुको उल्यख्य उपस्थिति रहेकोउक्त कार्यक्रममा थकाली महिलाहरुको सेल रोटी सहितको मिष्ठान्न परिकार तथा उत्साही थकाली युवाहरु द्ववारा तयार पारिएको त्हुङ (खसीको आन्द्रामा फापरको पिठो भरेर बनाईने थकालीहरुको बिषेश परिकार ) ले मानौं आफ्नै जन्मभूमिमा आफ्नै परिवारहरु संग तोरन्ल मनाईरहेको भान हुन्थ्यो । कार्यक्रमको अन्त्य तिर ड्राईभर दाई मन पर्यो मलाई र वारी जमुना पारी जमुनाको अडियो गितमाकम्मर मर्काई मर्काई नाच्न कस्सिएका थकाली युवा युवतीहरुको लोक डान्सले त झन् कार्यक्रमलाईथप रौनकता प्रदान गरेको थियो । कार्यक्रमको अन्त्यमा अध्यक्ष भक्त सेरचनले कार्यक्रमलाई सफल पार्न बिषेश सहयोग पुरयाउनु हुने महानुभावहरुलाई उपहार प्रदान गर्नु भएको थियो । साथै आगामी दिनहरुमा समेत यस्ता खाले कार्यक्रमहरुको आयोजना गरी बिदेशमा रहे पनि आफ्नो संस्कृतिको जगेर्ना गर्न पछि नपर्ने बचनबद्दता ब्यक्त गर्दे कार्यक्रमको समापन गर्नु भएको थियो । More photos

Read more...
Free counter and web stats
eXTReMe Tracker

  © Blogger template Noblarum by Ourblogtemplates.com 2009

Back to TOP