यहाँहरुलाई थकाली सेवा समितिको ब्लगमा हार्दिक स्वागत छ । धन्यबाद !

एक पाईला अगाडी

Thursday, August 30, 2007




सविता सेरचन

Fashion Designer Savvy "Fashion Affair"

पोखरामा फेसन शो हुने वित्तिकै झट्ट सविता शेरचनको नाम आउछ । अहिले पोखरामा सविता र फेसन पर्यायवाची नै भइसकेको छ । अहिले पोखरामा चलेको वुटिक पनि उनकै हो । वुटिकमा आउनेहरुको भीड त्यतिकै मात्रमा वढेको छ । फेसनपारखीहरुको भीड त्यतिकै वढेको पक्कै होइन । समयअनुरुप को डिजाइनको निर्माण र उनको आफनै आचरणगत शैली पनि कारक वनेको छ । एक वर्षे फेसन डिजाइनिङको कोर्षपुरा गरेपछि उनि फेसन डिजाइनिङको क्षेत्रमा हुत्तिएकी हुन । २ वर्षअगाडी महेन्द्रपुलको व्यस्त वजारमा खोलिएको सेभी वुटिक हरेक फेसनप्रेमी पोखरेलीहरुको रोजाइ वन्न पुगेको छ । दिदीको प्रेरणाले फेसन डिजाइनमा हुत्तिएकी सविता को सानैदेखिको रुची पनि यस क्षेत्रमा लाग्ने थियो । अहिले आएर रहर पुरा भएको मा उनि हषिर्त छिन् । उनि यस संगै जापनिज भाषाकी शिक्षिका पनि हुन । उनले विगत ३ वर्षदेखि जापानिज भाषा पनि शिक्षण गदै आएकी छिन् उनको फेसन डिजाइनिङ क्षेत्रको वारेमा केन्द्रित भएर गरिएको कुराकानी

१. तपाई फेसन डिजाइनर हुनुहुन्छ, फेसनलाई कसरी परिभाषित गर्नुहुन्छ ?

फेसन समयको डिमान्ड हो । समयको परिवर्तन संगै हरेकको चाहना आफुलाई कसरी स्मार्ट वनाउने भन्ने रहेको छ । स्मार्ट वन्नका लागि सुहाउदो पहिरन आवश्यक छ । समयको माग अनुरुप चल्नु तथा आफुलाई त्यही रुपमा परिवर्तन गर्नु नै फेसन हो ।
२. तर कतिपय ले त अझै पनि फेसनलाई नकारात्मक रुपमा लिन्छन् नि ?
त्यो त फेसनको अर्थ नवुझनेहरुले भन्ने कुरा हो । फेसन भन्नाले उच्छृङखल मात्र हुन्छ भन्ने सोचाई राख्नेहरुले मात्र यसलाई नकारात्मक रुपमा लिन्छन् । समयलाई नवुझनेहरुले मात्र फेसनलाई नकारात्मक रुपमा लिएका हुन ।
३. फेसन डिजाइनिङमा तपाईको प्रवेश कसरी भयो ?
पहिलो कुरा कुनै क्षेत्रमा लाग्न आफनो इच्छा पनि हुनुपर्दछ । मेरो पनि सानै देखि नै यस क्षेत्रमा लाग्ने रुची थियो । यसका साथै ९ वर्षजापान वर्साईवाट स्वदेश आए पछि ममा फेसन डिजाइनिङ सम्वन्धि तालिम लिने उत्कण्ठ जागृत भयो र तािलम पनि लिए । पोखरामा वुटिकको अभाव खडकेको देखे र त्यो अभाव पुरा गराउन वुटिक खोले र यस क्षेत्रमा होमिए ।
४. कति भयो तपाईको यस क्षेत्रमा लागेको समय ?
चार वर्षो अवधि वितिसकेको छ ।
५. यस क्षेत्रमा लागेर के पाउनु भयो ?
त्यस्तो ठुलो उपलब्धि नभए पनि नाम भने कमाए जस्तो लाग्छ । यसका साथै धेरै थोरै दाम पनि । मुल कुरा त आत्मसन्तुष्टि नै हो । सवैले फेसन डिजाइनरको रुपमा आफुलाई चन्दा त्यो भन्दा ठुलो खुशि अरु केही लाग्दैन ।
६. वुटिक प्रतिको धारणा अहिले कस्तो छ ?
पहिला शूरुमा त राम्रो थिएन । वुटिक र टेलरिङलाई एउटै दायरमा रहेर हेर्ने गर्दथे । मलाई पनि यस क्षेत्रमा लाग्दा शुरुमा धेरै झमेला आइपर्‍यो । यस्तो पेशा पनि अंगाल्ने भनेर गाली गर्न थाले ।
तर अहिले त्यो सोचाईमा पुण रुपमा परिवर्तन आएको छ । अहिले सवैले यसको महत्व वुझेका छन् ।
७. कहिले सम्म यो क्षेत्रमा लाग्नुहुन्छ ?
आफुले चाहको क्षेत्रमा लाग्न पाएकी छु । सास र आस रहेसम्म म यस क्षेत्रमा लागिरहने छु । यो नै मेरो अठोट छ ।
८तपाईको विचारमा वुटिक के हो ?
तपाईको वुटिक फेसन डिजाइनहरुको समग्र संक्लन हो । जहा“ डिजाइनरहरुले ग्राहकका डिमान्ड अनूरुपका पहिरनहरु तयार पार्ने गर्छन । अहिले समयको माग नै वुटिक भइसकेको छ ।
९. वुटिकका ग्राहक वढी कस्ता हुने गरेका छन ?
वढी मात्रमा टिनएजर र हाउस वाइभ हुने गरेका छन् । हलिउड वलिउडको देखासिकी गरेर सोही अनुरुपको डिजाइन खोज्दै युवायुवतिहरु आउने गरेका छन् ।
१०. वुटिकलाई टेलरिङ भन्दा दुख लाग्दैन ?
नवुझनेले त्यसो भनेका हुन् । त्यसो भन्दा दुख लाग्नु स्वभाविक हो। तर अहिले धेरैले वुझेका छन् वुटिकको महत्व ।
११. अहिले त पोखरामा धमाधम वुटिक खुलेका छन , धेरै हुदा तपाईको व्यापारमा वाधा पुग्दैन ?
जति धेरै खुल्यो उति राम्रो नि । यसो भए पछि प्रतिस्पर्धा पनि हुन्छ । उत्कृष्ठ सेवा दिने तर्फधेरैको ध्यान पुग्छ । तर रहरमा वुटिक खोल्नु भने त्यति उचित होइन । केही जानेर वुझेर खोल्दा केही फरक पदैन ।
१२. वुटिक संचालन गरेर जीवन निर्वाह गर्न सकिन्छ ?
अवश्य सकिन्छ किन नसक्नु । कुनै पनि व्यवसाय गर्दा त्यसमा लगनशिल र निरन्तर रुपमा गर्नु पर्‍यो । वुटिक सञ्चालन गर्दा मात्र होइन जुनसुकै व्यवसाय गर्दा पनि जीवन निर्वाह गर्न सकिन्छ । हामीले वुटिक सञ्चालन गरेर आफुले मात्र कमाएका छैनौ रोजगारी पनि दिएका छौ नि त ।
१३. तपाईले घरपरिवार वाट कस्तो सर्पौट पाउनु भएको छ ?
घरपरिवारको सहयोगले गर्दा नै म यो पेशामा टिकीरहेकी छु । मालई दिदी पनि त्यतिकै सहयोग गर्नु भएको छ । मलाई यस क्षेत्रमा निरन्तर लाग्नका लागि पुण र्समर्थन छ ।
१४. तपाईको भावी योजनाहरु के के छन् ?
फेसनका सम्वन्धमा अझ नया नया कुराहरु जान्ने र वुझने इच्छा छ । यसका लागि फेसन डिजाइनिङको नया कोर्षो ज्ञान वटुल्न विदेश जाने योजना पनि छ । हेरौ कस्तो हुन्छ ।
१५. अन्त्यमा के भन्न चाहनुहुन्छ ?
फेसनको क्षेत्र विस्तृत छ । फेसनालई सही रुपमा लिएर अनुसरण गरिदिन र्सर्वैलाई अनुरोध गर्दछु । आफुलाई समय अनुसार सवैले परिवर्तन गर्नुपर्छ । यसका लागि फेसन पनि अभिन्न अंग हो । फेसनले नै व्यक्तिको व्यक्तित्व झल्काउछ । ( लभ्ली पोखरा डटकममा प्रकाशित अन्तर्वाता )

Read more...

थसेस जापानको आयोजनामा बनभोज कार्यक्रम सम्पन्न

Friday, August 17, 2007

गत अगष्ट महिनाको ५ तारिखको दिन थकाली सेवा समिति जापानले राजधानी टोक्यो स्थित फुतागोतामागावामा वार्वेक्यु पार्टी अर्थात बनभोज कार्यक्रमको आयोजना भब्यताको साथ सम्पन्न गरेको समाचार छ । बनभोज कार्यक्रम आयोजक थसेस जापानलाई उद्दत गर्दै नेपाल जापान डटकमले प्रेषित गरेको समाचार अनुसार कार्यक्रममा नेपाली ,जापानी लगायत अन्य देशका ब्यक्तिहरुको बाक्लो सहभागिता रहनुको साथै जापान स्थित बिभिन्न संघ संस्थाका पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो । राष्टि्य गानबाट सुरु गरिएको उक्त कार्यक्रमको संचालन थसेस सल्लाहकार शरद कुमार गौचनले गर्नु भएको थियो भने डिजे टंक सेरचनले सहभागिहरुलाई नाचुन्जेल नचाउनु भएको थियो। कार्यक्रममा एनआरएन जापानका अध्यक्ष राजन प्रधानागंले शुभकामना दिनुभएको थियो भने थसेस जापानका अध्यक्ष ध्रुब भट्टचन ले धन्यबाद ज्ञापन गर्दै कार्यक्रमलाई समापन गर्नु भएको थियो । स्मरणिय रहोस् थसेस जापानले प्रत्यक बर्षको गर्मी याममा बनभोज कार्यक्रमको आयोजना गर्दे आईरहेको छ ।

Read more...

अमेरिकामा थकालीहरुको पहिलो पटक भेला

Wednesday, August 15, 2007


अमेरिकामा रहेका थकालीहरु (शेरचन, गौचन, भट्टचन र तुलाचन) को पहिलोपटक बृहत भेला आईतबार न्यूयोर्कमा भब्यताकासाथ सम्पन्न भएको समाचार छ । भेलाको उद्घाटन सत्रमा आयोजकहरुको तर्फबाट उपस्थित समस्त थकाली बन्धुहरुलाई धन्यबाद तथा स्वागत अभिबादन टक्र्याउँदै उपप्रधानमन्त्री अमिक शेरचनका पुत्र श्रमिक शेरचनले स्वागत भाषण गर्नुभएको थियो । अमेरिकाको बिभिन्न राज्यहरुमा छरिएर रहेका थकालीहरु लामो दूरीका यात्रा गरेर भेलामा सहभागी भएका थिए । भेलालाई सम्बोधन गर्दै डा. किशोर शेरचनले थकाली संस्कृतिमा थकाली जातिको आफ़्नो छुट्टै थकाली भाषाको बिकास गर्नका लागि नेपालमा स्थापना गरिएको थकाली रिसर्च सेन्टरको बारेमा प्रकाश पादैं उक्त रिसर्च सेन्टरको प्रकाशन "थसाङ" र थकाली भाषाको शब्दकोष अमेरिकाबासी थकालीहरुलाई बितरण गर्नुभएको थियो । यसैगरी लामो दूरीको यात्रा छिचोल्दै वासिङटन डिसीबाट भेलामा भाग लिन पुग्नुभएका खेम भट्टचनले थकाली रिसर्च सेन्टरको लागि ९ लाख आर्थिक सहयोग उपलब्ध गराउने जापानको थकाली सेवा समितिको बारेमा प्रकाश पार्दै बिदेशमा भईपरी आउने सुख दुख र आपतबिपत टार्नका लागि पनि थकालीहरु संगठित हुन आवश्यक रहेको कुरामा जोड दिनु भएको थियो । यसैगरी महिला सहभागीहरुका तर्फबाट म्याग्दी बेनीकी बिमला शेरचनले बोल्नु भएको थियो । भेलाको दोश्रो सत्रमा अमेरिकामा रहेका ३० हजार नेपाली जनजातिहरुको सम्मेलनको आयोजना र सो सम्मेलनमा प्रमुख अतिथिकारुपमा उपप्रधानमन्त्री अमिक शेरचनलाई आमन्त्रण गर्ने बारे बिस्तृत छलफल भएको थियो भने भेलाले थकालीहरुको अन्तर्राष्ट्रिय नेटवर्कका लागि एउटा होमपेज निर्माण गर्न कम्प्युटर इञ्जिनियरद्वय सुशिल भट्टचन र सुधिर गौचनलाई जिम्मा लगाएको छ । यसैगरी भेलाले थकालीहरुको महान पर्व फागुपूर्णिमा (तोरन्ल) न्यूयोर्कमा मनाउने निर्णयसमेत गरेको छ । अमेरिकामा ३ दिनदेखि परिरहेको अबिरल बर्षाका कारण खुल्ला पार्कमा गर्ने भनिएको सो भेला न्यूयोर्कबासी नेपालीहरुको भोज-भतेर, बिबाह,पार्टी, सभा-सम्मेलन हुने गर्ने नेपाली तथा जापानी रेष्टुरेन्ट यतिको हलमा गर्नुपरेको थियो । भेलामा सहभागीहरुलाई स्वादिष्ट थकाली भोजन लगायत खसीको मासु, सेलरोटी जस्ता मिष्ठान्न परिकारको ब्यवस्था न्यूयोर्कबासी थकाल्नीहरुको अग्रसरतामा तयार पारिएको थियो । सामूहिक परिचयबाट शुरु गरिएको सो भेलामा अमेरिकाका बिभिन्न राज्यहरुमा रहेका ब्यापारी, बुद्धिजीवी, उच्चपदस्थ कर्मचारी, डाक्टर, इञ्जिनियर, बिद्यार्थी लगायत सर्बसाधारण थकालीहरुको उत्साहप्रद उपस्थिति रहेको थियो । तीन चरणमा बिभाजन गरिएको उक्त एक दिवसिय भेलाको सञ्चालन भेला आयोजक समितिका संयोजक बुद्धि शेरचनले गर्नुभएको थियो । अमेरिकामा रहेका थकालीहरुको संगठन खडा गर्ने भेलाको प्रमुख उदेश्यअनुरुप बिभिन्न राज्यहरुबाट प्रतिनिधित्व रहने गरी भेलाद्वारा १३ जना संयोजकहरुको चयन गरिएको छ । अर्को कार्यकारिणी समिति गठन नभएसम्मको लागि तदर्थ समितिकोरुपमा यस समितिले नै अमेरिकामा थकाली सेवा समितिको काम गर्ने अधिकार समेत भेलाले दिएको छ । जसअनुसार समितिमा देहायका ब्यक्तिहरु चयन हुनु भएको छ :- १. श्रमिक शेरचन (न्यूयोर्क)२. डा. किशोर शेरचन (क्यालिफोर्निया)३. खेम भट्टचन (वासिङटन डि.सी.)४. सुशिल भट्टचन (फ़्लोरिडा) ५. बिक्रम शेरचन (बोस्टन) ६. सु श्री ज्ञानु शेरचन (ओहायो) ७. डा. श्याम शेरचन (लसएञ्जलस)८. मनिष गौचन (टेक्सास) ९. खगेन्द्र शेरचन (पेन्सिलभानिया)१०. ओम तुलाचन (मेरिल्याण्ड) ११. सुभाष भट्टचन (न्यूजर्सी) १२. बुद्धि शेरचन (न्यूयोर्क) १३. रवि भट्टचन (कान्सास) औपचारिक कार्यक्रमपछि भेला सांगीतिक माहौलमा परिणत भएको थियो । युवायुवतीहरु डिजेमा झुम्मिएका थिए भने प्रौढहरु रातभर दोहोरीको रौनकतामा जमेका थिए ।

नोट: यो समाचार गत सालको सेप्टेम्बर महिनामा समुद्र पारि डटकममा प्रकाशित भई सकेको भएता पनि जानाकारी बिहिन पाठक वर्गहरुको लागि थसेस ब्लगमा पुन: प्रकाशन गरिएको छ ।

Read more...

Request

Monday, August 6, 2007

Read more...

बिबिध कार्यक्रमको फोटोहरु

Saturday, August 4, 2007





















































Read more...

थसेस दक्षिण कोरिया एक परिचय

देशको बिकराल परिस्थितिले सिर्जित बेरोजगारको कारण लाखौं नेपाली आमाका सन्ततीहरुलाई छातीमा पिडा र ऋणको भार थोपर्दै बिदेशिन बाध्य पारेको छ। आफ्नो देश, आफन्तजन, र परिवारै छाडेर प्रवासिनु आफैमा दु:खदायी हुन्छ । छातीमा पिडा बोकेर बिदेशी भूमिमा बिभिन्न समस्याहरु संग पैंठेजोरी खेल्ने रहर त जो कसैमा पक्कै हुंदैन होला । तर नेपाल आमाका हामी बेरोजगार सन्तानहरु आफ्नो परिवारको सुन्दर भबिष्य निर्माण गर्ने कल्पना संगै आफ्नो जीवनलाई नै बन्धकी राखेर प्रवासी बन्न बाध्य भएका छौं । तर बेरोजगारको कारण प्रवासी बन्नु परेता पनि हरेक प्रवासीले देशको माया, आपसी सहयोग, आ-आफ्नो संस्कार र संस्कृति प्रतिको आस्थालाई भने बिर्सनु हुंदैन।
धौलागिरी अंञ्‍चल मुस्ताङ जिल्ला अन्तर्गत थाकखोला क्षेत्रलाई आफ्नो मुल जन्मथलो मान्ने हामी थकाली जातिहरु बसाइँ सराई पश्चात नेपाल अधिराज्यको विभिन्न जिल्लाहरुमा बसोवास गर्दै आएका छौं। नेपालको कुल जनसंख्याको जिरो पोईन्ट छ प्रतिशत मात्र जनसंख्या रहेको हामी थकाली जातिहरुमा पनि आफ्नो रोजिरोटीको लागि प्रवासिनु पर्ने बाध्यता नौंलो भने होईन । बर्षौं देखि आर्थिक रुपमा सर्वाधिक सम्पन्न राष्ट्र जापान लगायत बिश्वका अन्य बिकसित मुलुकहरुमा गई थकालीहरु रोजगार गरिरहेको कुरा जगजाहेरै छ। तर थकालीहरु जहां जसरी रहेता पनि एकताको भावनाबाट प्रेरित थकाली जातिहरुको सांगठनिक सोंचलाई प्रवासी थकालीहरु रहेका बिश्वका जुनसुकै मुलुकमा होस् प्रशंसा गर्न लायक छ भन्दा अतिशयोक्ति नहोला । यसै क्रममा कोरियाली भूमिमा पनि रोजगारको खोजिमा सन् नब्बेको दशक तिरबाट नै थकालीहरुको आगमन शुरु भएता पनि यस भूमिमा प्रवासी थकालीहरुको संख्या अति न्युन हुनुको अलावा विविध समस्याहरु लगायत बिभिन्न असहज परिस्थितिको कारण थकाली बन्धूहरुको एकताले सांगठनिक रुप पाउन सकिरहेको थिएन । तर कोरियाली भूमिमा रोजगारीको खोजिमा आउने थकाली बन्धूहरुको संख्यात्मक बृद्दि हुन थालेपछि केहि समाज सेवी थकाली बन्धूहरुको सकृयतामा सन् २००२ सेप्टेम्बर १ तारिखको दिन थकाली सेवा समिति नामक संस्थाको स्थापना गरि दक्षिण कोरियामा रहेका सम्पूर्ण प्रवासी थकाली बन्धुहरु विधिवट् रुपमा सांगठनिक एकतामा गोलबद्द भएका थिए । त्यहिं संस्था नै आज अनेकन् उकाली अहो्रालीहरुलाई पार गर्दै यहाँ सम्म आईपुग्न सफल भएको छ ।
खासगरि नेपाल अधिराज्यको विभिन्न जिल्लाहरुबाट रोजगारीको खोजिमा दक्षिण कोरिया आई कार्यरत रहेका सम्पूर्ण प्रवासी थकाली बन्धुहरुलाई एकता बनाई एक आपसमा सहयोगको भावना जागृत बनाउनु नै यस संस्थाको मुख्य उद्देश्यको रुपमा रहि आएको छ । समयानुकुल उपलब्धि मुलक कार्यक्रमहरुको आयोजना तथा चन्दा संकलन आदिबाट आर्जित रकमले यस भूमिमा थकाली बन्धुहरु माथि आईपर्ने कुनैपनि समस्याहरुको समाधान तथा दुखद् अवस्थाबाट स्वदेश फिर्ता हुने बन्धूहरुलाई अवस्था हेरि ५० प्रतिशत देखि १०० प्रतिशत सम्म जहाज भाँडाको ब्यबस्था गरिएको छ । साथै कोरियाली भूमिमा रहेका सम्पूर्ण संघ संस्थाहरु संग संस्थागत एकता गर्दै यहाँ कार्यरत रहेका सम्पूर्ण प्रवासी नेपालीहरुमा सहयोगी भुमिका निर्वाह गर्दै आएको छ । आफ्नो संस्कृतिलाई झल्काउने कार्यक्रमहरुको आयोजना गर्न आवश्यक थकाली पोशाक, बाध्यबादनको सामग्री आदि थकाली सेवा समिति दक्षिण कोरियाको नाममा नेपालबाटआयात गरि सकिएको छ । थकालीहरुको प्रमुख चाड तोरन्ल पर्व प्रत्येक वर्ष दक्षिण कोरियामा रहेका प्रवासी थकाली बन्धुहरुको ठूलो उपस्थितिमा मनाउंदै आईरहेको छ ।
हाल म्याग्दी जिल्ला सिख गाबिस स्थित फलाते निवाशी श्री भक्त सेरचन ज्यूको अध्यक्षतामा चौध जनाको कार्य समितिको टोलीले सकृयताका साथ आफ्नो भूमिका निर्वाह गरिरहेको छ । btulachan2000@yahoo.co.kr

Read more...
Free counter and web stats
eXTReMe Tracker

  © Blogger template Noblarum by Ourblogtemplates.com 2009

Back to TOP